चिनियाँ भासाप्रति बढ्‍यो आकर्सन



'नि खावो नाला !' निकै रमाइलो मान्दै रश्मी अग्रवाल आफ्‍नी सहपाठीलार्इ चिनियाँ भासामा 'हेलो नबिला !' भन्दै थिइन्‍ । भर्खरभर्खर केही नयाँ शब्दहरु सिकेकी नबिलाले पनि तत्काल उत्तर दिइहालिन्‍, 'नि खावो स्मीं । नि माङ्‍ मा ?' प्रतिउत्तरमा उनले अर्को प्रश्न पनि थपिहालिन्‍( 'तिमी अलि व्यस्त छौ कि ?'उनीहरुजस्तै काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडीज अध्ययनरत पहिलो र दोस्रो बर्सका गरी करिब ३५ विद्यार्थीहरुको ध्यान अहिले चिनियाँ भासातफ आकर्सित भएको छ । काठमाडौं विश्वविद्यालय अन्तर्गत स्थापना भएको कन्फ्‍युसियस इन्स्िटच्युटले नि:शुल्क रुपमा सिकाउने भएपछि उनीहरुमा एउटा नयाँ भासा सिक्ने इच्छा जाग्यो । 'चिनियाँ भासा निकै रमाइलो रहेछ'(दोस्रो बर्सका शेखर केसी भन्छन्‍, 'भासासँगै त्यस देशको सँस्क ृति बुभिmने हुँदा हाम्रा लागि चिनियाँ भासा सिक्नु आवश्यक रहेछ ।''पुरुइमु, नि न्यूँ फङियो ना ? नयाँ शब्द उच्चारन गर्न अप्ठ्‍यारो मान्दै दोस्रो बर्सका राजन कठेतले छेउमा बसेका प्रेम शेर्पालार्इ जिस्काइहाले, 'प्रेम तिम्री प्रेमिकाको खबर के छ ?' आफ्‍नो नाम 'पुरुइमु' राखिदिने शिसिकातिर हेर्दै उनी हाँसे र चिनियाँ भासामै उत्तर दिए, 'ता खेन खावो(उनी ठिकै छिन्‍ ।' विश्वविद्यालयमा चिनियाँ भासा अध्यापन गनर्े शिसिका लियोले सबैलार्इ उपनाम दिएपछि विद्यार्थीहरु एक(अर्काको नाम बोलाउँदै हाँस्न थाले । 'आफ्‍नै नाम पनि अरु भासामा सुन्दा हास उठ्‍दोरहेछ'(प्रथम बर्सका रुविन मानन्धरले भने,'अब मिसलार्इ पनि हामी नेपाली नाम दिनुपर्ला ।'चिनियाँ भासा सँगसँगै देशको सँस्क ृतिलार्इ विश्वभर फैल्याउने उद्देश्यले चीनस्थित कन्फ्‍युसियस इन्स्िटच्युटले ६५ देशहरुमा करिब ६ सय वटा शाखाहरुको स्थापना गरेको छ । महान्‍ दार्शनिक कन्फ्‍युसियसको विचार र दर्शनलार्इ आत्मसात्‍ गर्दै नेपालमा पनि काठमाडौं विश्वविद्यालय अन्तर्गत सन्‍ २००७ को जुन महिनामा उत्तm इन्स्िटच्युटको स्थापना भएको हो । इन्स्िटच्युटले 'बेसिक', 'स्पेशल' र 'टिचिङ' गरी तीन तहका कसा सञ्चालन गरिरहेको छ । 'बेसिक कसा अन्तर्गत दैनिक चिनियाँ कार्यहरु, चिनियाँ सँस्क ृति र जनजाति तथा इतिहास, भूगोल र चाडपर्वका बारेमा आधारभूत ज्ञान दिइन्छ ।इन्स्िटच्युटले हाल चिनियाँ भासा अध्ययनरत विद्यार्थीमध्ये सोही भासामा थप अध्ययनका लागि चीन जान चाहने १ हजार विद्यार्थीलार्इ छात्रव ृत्त िप्रदान गनर्ेछ । त्यसो त उत्तm भासा सिकेका विद्यार्थीहरुलार्इ चीन भ्रमनको समेत अवसर दिइनेछ । 'एउटा नयाँ भासा सिक्नु भनेको पुन: अर्को पटक जन्मनु हो । नयाँ भासाले हामीलार्इ नयाँ जीवनशैली र सँस्क ृतिसँग परिचित गराउँछ'( नेपाल र चीनबीचको सम्बन्धलार्इ प्रभावकारी बनाउन चिनियाँ भासा सिक्नु महत्वपूर्न हुने बताउँदै काठमाडौं विश्वविद्यालय भासा तथा आमसञ्चार विभागका प्रमुख डा. जंगब चौहान भन्नुहुन्छ, 'अभm 'मिडिया अध्ययनका विद्यार्थीहरुका लागि त यो निकै महत्वपूर्न हुनसक्छ ।' त्यसो त मिडिया स्टडिजबाहेक काठमाडौं विश्वविद्यालयका अरु संकायका इच्छुक केही विद्यार्थीहरु पनि यो भासा सिक्दैछन्‍ । ग्वार्कोस्थित इन्स्िटच्युटमा यो भासा सिक्नेहरुको संख्या हाल ३ हजार रहेको छ ।

No comments: