तिम्रो निकटमा बसेझैं लाग्छ

प्रकृति तिम्रो निकटमा बसेझैं लाग्छ
जब म कुनै झरना वा खोलाको नजिकै हुन्छु
तिम्रा कन्चन सल्बलाहटहरु
मेरो कन्चटमा आएर ठोक्किँदा
तिमीसँगै आफू पनि बगिरहेझैं लाग्छ ।

तिम्रो मृदुभाषी आवाज
कानमा आई गुन्जिएझैं लाग्छ-
"यी सबै तिम्रै लागि बनेका हुन्"
यो पल तिमीलाई धन्य ठानूँझैं लाग्छ |

जब सूर्यास्त हुन्छ, प्रकृति !
म तिम्रो प्रशंसा गर्न आतुर हुन्छु
तिमी भोलि पनि सफा दिन लिएर आउनेछौ
तिमी परी भएर मलाई जिस्काउँदा
म सारा संसार भुलेर तिमीसँग रमाउने छु ।



Words/Photos: Chandiraj