अरुले देखेको र लेखेको कथाका आधारमा कर्णाली नेपालको सबैभन्दा विकट क्षेत्र भन्ने लाग्थ्यो । हिँडेरै कर्णाली घुम्नु समयको अभावले सम्भव थिएन । प्लेनबाट घुम्नकै लागि मात्र निस्कन अलिक खर्चिलो हुने । तर जे होस् एकपल्ट कर्णालीको सेरोफेरो घुम्ने अठोट मनमा रहेकै थियो । गुड नेवस्र नामक एक संस्थाको काममा कर्णालीको क्षेत्रकै सबैभन्दा पिछडिएको जिल्ला मुगु पुग्ने अवसर पाउँदा मन चङ्गा थियो ।
गुड नेवस्र्ले कर्णालीका विभिन्न जिल्लामा स्थानीय गाउँलेहरुको जिविकोपार्जनका लागि थालेको अतिस खेतीबारे डकुमेण्ट्री बनाउने जिम्मेवारी हामीले पाएका थियौं । काठमाडौंदेखि सुर्खेत हुँदै मुगु पुग्ने यात्रा तय भयो । काठमाडौंबाट बसमै यात्रा गरी हामी भोलिपल्ट बिहान सुर्खेत पुग्यौं । तर यात्रुहरुको चाप र प्रतिकुल मौसमका कारण हाम्रो उडान दुई दिनपछि धकेलियो ।
हिमाली जिल्लाहरुमा उडान भर्न नै मुस्किल । ठूला जहाज साना एयरपोर्टमा अवतरण गर्नै नसक्दा रहेछन् । ट्वीनअटर र एक पङ्खे जहाज बादलभित्रै हराउने डर । कहिले यता पानी पर्ने कतिखेर उता मौसम बिग्रने त कहिले आकाश बादलले ढपक्कै ढाकिदिने । यस्तो हुँदा त जहाज जानै नमान्दा रहेछन् । त्यसमाथि मनपरी भाडा दर र अव्यवस्थित टिकट विक्री गर्ने कार्यले यात्रूहरु कयौं दिनसम्म विमानस्थलमै अलपत्र पर्दा रहेछन् । कर्णालीको पीडा हामीले त्यहींदेखि बुझ्न थाल्यौं । अनि उनीहरुजस्तै पिरोलिने यात्रूहरुको पीडा हामी आफैंले पनि महसुस गर् यौं ।
पसर्ीपल्ट भाग्यवश हाम्रो ुफ्लाइटु रद्द भएन । फिसफिस उड्ने सेता कुइराका थुप्राहरु चिर्दै हाम्रो विमान आधा घण्टामा ताल्चा विमानस्थल पुग्यो । मैले कर्णाली अाचलमा आफ्नो पहिलो पाइला राखेँ ।
विमानस्थलबाट २ घण्टा तल झरेपछि सदरमुकाम गमगडी पुग्यौं । बजार पुग्नैलाग्दा जथाभावी गरिएको खुल्ला दिसापिसाबले हाम्रो नाक पोल्न थाल्यो । ओहो कस्तो बाटाभरी जताततै…॥ बजारभित्र होस् वा बाहिर जहाँसुकै फोहोर मैलोले साम्राज्य फैलाएको । गाउँघर पनि उस्तै । कसैका घरमा चर्पी नै नहुने । गर्नेलाईभन्दा हेर्नेलाई लाज भनेजस्तै स्थानीयलाई भन्दा बटुवालाई सताउँदो रहेछ यस्तो कुराले । मैले मनमनै मुगुको शाब्दिक अर्थ पहिल्याएँ - जताततै ुमुतै मुतु र ुगु नै गु भएर मुगु भएको होला ।
त्यो रात गमगडी बजारमै बित्यो । भोलिपल्ट सूर्योदयसँगै हामी जिमा गाविसतिर हान्नियौं । ुमुगु-कर्णालीुको तिरैतिर थियो हाम्रो यात्रा । मेरो जिम्मेवारी छायाँकन भएकाले मेरो हातमा एउटा गह्रुङ्गो क्यामेरा थियो । ट्राइपड र क्यामेराको झोला भरियालाई बोकाएर म बेलाबेला रमाइला दृश्यहरु कैद गर्दै थिएँ । कर्णालीको गति हेर्दा मलाई लाग्यो हामीलाई भन्दा यसलाई बढी हतार हुँदोरहेछ । हामी बेलाबेला थकाई मार्न बस्थ्यौं । यो अबिरल दौडिरहन्थ्यो । कहिले चट्टानमा ठोक्किँदै । कहिले पहिरोले पुरिँदै यसले आफ्नो बाटो निरन्तर खोजिरहन्थ्यो । म बेलाबेला कर्णालीलाई हेर्दै सोच्थें ुममा पनि यसमा जस्तै जाँगर बल र साहस भइदिएको भए…।ु
बाटो निकै भिरालिन थाल्यो । मलाई भने त्यस्तै अप्यारो ठाउँ आए क्यामेरा झिकिहाल्नुपर्ने । त्यही भएर म सहयात्रीहरुभन्दा केही पछाडि हुन्थेँ प्रायजसो । एउटा निकै भिरालो ठाउँ आयो । खोलाको छालले बाटो नै भत्काउन लागेको रहेछ । मैले माटो खोलामा खस्दै गरेको देखी क्यामेरा निकाल्दा सबैजना त्यो ठाउँ कटेर मलाई हेर्दै रहेछन् । मैले रेकर्ड थिच्नैलाग्दा पो सम्झें ुबाटो भत्केको खच्ने हुँदा आफू त वारी नै रहन्छु ।ु त्यसैले म दौडेँ । मैले टेकेको माटो खोलामा झर् यो । कटिसकेपछि बल्ल सोचें ुधत् ! धन्नले बाचेँ ।ु
साँझ झमक्क पर्दा हामी जिमा गाउँ पुग्यौं । गाउँलेहरुले पत्रकारको टोली आउँदैछ भन्ने थाहा पाएर राम्रै बन्दोबस्त गरेका रहेछन् । स्वागत पनि राम्रैसँग गरे । खाना खानुअघि केहीबेर उनीहरुसँगै भलाकुसारी गर् यौं । उनीहरु बोल्दा छिन्छिन्मा ुहामी त कुनाका मन्ठा पढ्या नाइँु भन्ने गर्थे । उनीहरुको कुरा सुन्दा लाग्थ्यो विकासका दृष्टिले कर्णाली अझै १७ औं शताब्दीतिरै छ । फरक यत्ति छ ठाउँठाउँमा उपलब्ध मोबाइल प्रविधिले त्यसलाई बाहिरी संसारसँग जोड्न थालेको छ । कुरैकुरामा गाउँलेले आफ्ना पीरमर्का सबै ओकले । उनीहरु भन्दै थिए ुतपाईंहरु हामीलाई एक हेलिकोप्टर चामल वा नुन पठाइदिनु हामी एक हेलिकोप्टर स्याउ भरिदिन्छौं ।ु स्याउले बजार नपाएर बाँदरले खाएर नष्ट भइरहेको उनीहरुको गुनासो सुनेपछि एक पल्ट मैले काठमाडौंमा नुन र स्याउको भाउ दाँज्दै मुगुको जीवनस्तरलाई नियाल्ने प्रयास गरेँ ।
भोलिपल्ट हामी स्याउ फार्म पुग्यौं । मलाई निकै रमाइलो महसुस भयो । बोटबाटै नटिपी मुखैले स्याउ चिथोर्न पाउँदा बल्ल आफूले ताजा फलफूल खान पाएको जस्तो लाग्यो । केही पछि हामी अतिस खेती भएको ठाउँ पुग्यौं र आफ्नो काम सकेर फर्कियौं । राति बास बस्न कर्णाली तीरको एउटा ओडारमा रहेको सानो होटल पायौं । मलाई भने निकैबेर निद्रा लागेन ुकतै यो कोलो ओडार भत्केर हामीलाई त थिच्दैन ु अनि आफैं मन बुझाएँ -ुआजसम्म नभत्केको ओडार हाम्रै पालामा भत्क्यो भने त्यो हाम्रो लागि दुर्भाग्य मात्र हुनेछ ।ु भोलिपल्ट बिहान हामी रोगा गाउँ हुँदै बामातिर लाग्यौं । त्यहुको वातावरण भने केही सभ्य लाग्यो । तर हिलोका कारण सास्ती भने उस्तै । बामाको स्कुल चाहीं चिटिक्क र व्यवस्थित थियो । विद्यार्थीहरु अनुशासित र लगनशील । गुड नेवस्र्अन्तर्गत कार्यरत त्यहुकी शिक्षिका बिमला श्रेष्ठको अथक पहलमा विद्यालयमा ठूलै परिवर्तन आएको पाइयो । हुन पनि बिमला मिस मिजासिली र जाँगरिली । उनले त्यस गाउँमा पुर् याएको योगदानलाई गाउँलेहरु ठूलै गुन ठान्दा रहेछन् । उनीजस्तै विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पनि जीवनको दुई महिना कर्णालीका लागि अर्पण गर्न सके त्यहाँ चेतना बाँड्न सके परिवर्तन असम्भ लाग्ने थिएन होला ।
पाँचौ दिन हामी फेरि गमगडी बजार फर्कियौं र त्यसको भोलिपल्ट त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई भेटेर केहीबेर बजारकै अध्ययन र रिपोर्टिङमा व्यस्त भयौं । त्यसपछि सबैसँग बिदा भई ३ घण्टा लामो उकालो चढेर रारा राष्ट्रिय निकुाजतर्फ लाग्यौं । हाम्रा लागि कर्णाली यात्राको रमाइलो पाटो थियो रारा ।
राराको प्रसंशा गरेर कोही अघाउँदैन । यसको अथाह सौन्दर्यलाई हेरेर स्व। राजा महेन्द्र पनि मोहित बनेका थिए रे । ताल्चा विमानस्थलबाट घण्टौंसम्म उकालो चढेपछि निकुाज क्षेत्र पुग्ने जोकोही पहिले त रारासँग लुटपुटिँदै त्यसैमा हराउन चाहन्छन् । मैले पनि यस्तो रमणीय ठाउँमा पहिलोपल्ट पाइला टेक्दा आफूलाई भाग्यमानी ठानेँ । अनि मनमनै सोचें ुवाह रारा ! तिम्रो यो जादूमय रुपलाई म कुन शब्दमा बयान गरुँ ु
यस ठाउँमा आएपछि महेन्द्रले एउटा कविता लेखेका रहेछन् । त्यसैले पनि होला यस ताललाई महेन्द्र दह भनिएको । उनको दुई हरफ कविता पढेपछि त मलाई पनि कविता लेखूँजस्तो लाग्यो । म पनि के कम । भोलिपल्ट ब्युँझनासाथ म तालनजिकको फलैचाँतिर दगुरेँ । झुल्के घामको किरणले राराको गहिराई ननाप्दै मैले आफ्नो कमल डायरीमा गुडाइसकेको थिएँ ।
चङ्खेलीले जिस्काउँदा रारा मुस्कुराई
सफा निलो आकाश पनि धर्तिमुनि छाई
काचन पानी यौवनको धैर्यतामा कसी
लजाउँदै रारा परी बादलभित्र पसी
मुगालीहरुले जीवनमा दुइटा कुरा कहिल्यै नबिस्रने रहेछन् । एउटा सधैंजसो बादलभित्र लुकिरहने चङ्खेली हिमाल अनि अर्को हेर्दै मनमोहक रारा ताल । विमानस्थलबाट केही फड्को तल झर्नेबित्तिकै एक सहयात्रीले चङ्खेली हिमालतिर देखाउँदै खल्तीबाट एक रुपैयाँको नोट झिकेका थिए । ुयी हेर्नुस् त यहाँ छापिएको हिमाल ऊ त्यही होु- उनले एकै स्वासमा यति जानकारी दिइहाले ुराजा बिरेन्द्र सिकार खेल्न आउँदा त्यसैमुन्तिर बास बसेका रे ।ु
मलाई पनि अचम्म लाग्यो जतिखेरै चङ्खेलीले टाउको भने बादलभित्र लुकाइराख्ने । विवाहका बेला बेहुलीले घुम्टो ओढेझैं । अनि कहिलेकाहीं चङ्गा भएर यसले दक्षिणतिर पुलुक्क हेर्दा रारा पनि आफ्नो जवानी फिँजाएर हाँसिरहेकी स्वर्गकी परीजस्तै भइदिने । यस्तै अथाह सौन्दर्यका कारण होला आफ्नो दुःख र वेदनाले भरिएका देउडामा पनि मुगालीहरुले यी दुई आश्चर्यलाई नभुलेका ।
हुन त रारा र चङ्खेली मात्र यहाँका मनमोहक दृश्य होइनन् । कर्णाली किनारका भीर पाखा र नागबेली गोरेटाहरु हरियो घाँसले छोपिँदा जति हेरे पनि हेरिरहुँ लाग्ने । टाउको सिधै ठाडो गरेर हेर्दा आफैंलाई थिच्लान् जस्ता अग्ला र भिराला डाँडाहरु । तिनलाई हेरिरहँदा आफैंलाई रिङ्गटा लागेर ढलुँला जस्तो हुन्छ । मलाई भने ती डाँडालाई केही छिन् गिज्याइरहूँजस्तो लाग्यो । कर्णालीका चट्टानसँग जुधेर जीवनलाई कर्णालीकै गहिराईसँग दाज्न सिपालु कृष्ण रावत मलाई सतर्क गराउँदै थिए - ुसर यहाँ धेरै बेर बस्नु हुन्न । माथिबाट ढुङ्गा झर्छ ।ु त्यति सुनेपछि त पुगिहाल्यो । म त्यहाँबाट सास नफेरी कुदेँ ।
तर यत्तिको सुन्दरता र मनोरम वातावरण हुँदाहुँदै पनि सरकारले किन कर्णालीलाई पर्यटीय गन्तव्यका रुपमा विकास गर्न नसकेको किन त्यसका लागि आवश्यक पूर्वाधार विकासमा ध्यान नदिएको के यहाँको सौन्दर्य मुगाली देउडाहरुमै सीमित राख्ने मनभरी यस्ता प्रश्न धेरै उब्जिए । अनि निकुाज क्षेत्रमा पर्यटकहरुको नाम दर्ता गर्न खटाइएका एक सैनिकलाई सोधिहालें ुबर्षमा कति जनाको नाम टिप्नुहुन्छ ु उनले पानामा हेरेजस्तो गरी भने ुस्वदेशी र विदेशी दुवै गरी त्यस्तै ६ सय जति आउँछन् ।ु हुन पनि यस क्षेत्रमा पर्यटकका लागि भनी खोलिएको एउटा होटलसमेत नभएर होला पर्यटकहरुको उपस्थिति यता खासै देखिएन ।
ताल्चा विमानस्थल पुगेर ३ दिनसम्म पर्खदा पनि उडान नभएपछि हामी जुम्लातिर लाग्यौं । सिजा खोलाको किनारमा पुग्दा राति ८ बजेको थियो । सबैतिर सुनसान र चकमन्न थियो । होटल पाइने आशमा निकै अगाडि बढ्यौं । बल्ल एउटा घरजस्तो देखियो । होटलै रहेछ । निकै मिजासिला दम्पत्ति रहेछन् । स्वागत सत्कार नै मीठो लाग्यो । थाकेको शरीरलाई उनीहरुको मुस्कानले आधा घटाइदियो । त्यहाँबाट डाँडापारी सिँजा उपत्यका रहेछ । हाम्रो नेपाली भाषाको उद्गमस्थल । तर आज त्यही भाषा बोल्नेहरुलाई यताको परिस्कृत भाषाले असभ्य र पिछडीएको सँस्कृति भन्छ । यो कस्तो अन्याय हो मैले बुझ्न सकिन । आफ्नो अनुकुल परिवर्तन गर्ने अनि वास्तविकतालाई पछाडि धकेल्ने यो कस्तो परिमार्जन हो
डाँफे लेकबाट जुम्ला बजार देखेपछि बल्ल आइपुगियो भन्ने भो । बजारै पुगेपछि लाग्यो ुकर्णाली घुम्ने नाउँमा कसैले जुम्ला जिल्ला पहिले नटेकोस् । कर्णाली बुझ्न मुगुलाई बुझे पुग्छ । जुम्ला त अन्य सहरजस्तै भइसकेछ । बाटो पानी र बत्ति सहजै उपलब्ध हुने । भरपर्दो विमानस्थल र सरसफाईका लागि हरेक घरमा चर्पी । गाउँगाउँमा टिनका छाना टिलिक्क टल्कने ।
काठमाडौंका लागि विमान उडिसकेपछि मैले माथिबाट जुम्ला बजार हेर्दै मनमनै भने ुमुगालीहरुले पनि जुम्लाबाट केही सिक्नुपर्छ । स्थानीयबासीको पहल र सकि्रयतामा भएको विकास दिगो र प्रभावकारी हुन्छ । आफ्ना प्रतिनिधिलाई जवाफदेही बनाउन जनताले आफ्नो र समाजको सरोकारका विषयमा आवाज उठाउनैपर्छ । आफ्नो लागि आफैं सोच्ने बानी बसाउनुपर्छ । अनि मात्र कर्णालीको प्राकृतिक स्रोत र सम्पदाको सदुपयोग हुन्छ । सम्बृद्धि सम्भव हुन्छ ।