छम्या

आज बसबाट झर्नैलाग्दा एउटी राम्री छम्या भित्र चढी । पाँच सेकेण्डजति लभ पर्यो । म चुपचाप ओर्लेर आफ्नो बाटो लागें । उसले निकै परसम्म मलाई झ्यालबाट हेरिरही । म वास्तै नगरी अर्को माइक्रो चढें । रुपले त निकै राम्री हो । तर, विहेभियर त के था ? तर पनि सोचें, ‘लेखेकै रैछ भने अर्कोपल्ट पनि भेट होला । अनि म भन्नेछु – डिड वि मिट समवेयर विफोर ? यदी ऊ कुनै केटासँग छैन भने ।

माइक्रोमा एउटा दाह्रीवाल केटा थियो । फत्फताइरहेको । मन नलागे पनि सुनिरहेझैं गरी उसको साथी बीचबीचमा ‘हो त नि’ थपिरहन्थ्यो । उसकै छेउमा रहेकाले मेरा कानमा ती वियोगी शब्दहरु जबरजस्ती छिरिरहे ।
‘तर आज टाउको दुखिरा‘छ । मन निकै गरुङ्गो छ । टुक्रिएको मुटुको दुखाई त उल्लेखै नरुम । साला! कसैको लागि म मेरो सबै परिचय किन बदलौं ? मेरा पनि आफन्त छन् । मेरा पनि आफ्नै मूल्य मान्यताहरु छन् । उसलाई माया गर्छु भन्दैमा केवल उसको लागि हलुँडो भएर पूरै जीवन बिताउन त सक्तिनँ नि । मेरो चलिरहेको पढाइ चटक्कै छोडी त्योसँग डिपेन्डण्ट भिजामा म किन लुसुक्क अष्ट्रेलिया जाऊँ ?’

उसका त्यति कुरा सुनिसक्दा मैले पनि आफूलाई मूख्य पात्र बनाई अनेकथरी सोच्न थालिसकेको थिएँ । हामी नयाँ जेनेरेसनको वैवाहिक जीवन कस्तो होला ? हिजोको भन्दा आजको अवस्था बदलिएको छ । हिजो बुढो जागिर खान जाँदा बुढी रोटी बेलेर गृहस्थी जीवन बिताउँथी । कमाएको केही पैसाले गला र कानभरी सुनका गहना झुण्डाइदिए पुग्ने । आज दुबैलाई आफ्नो करिअर प्यारो छ । दुवैका आ–आफ्नै सपनाहरु छन् । एउटालाई अमेरिका जानुपर्ला । अर्कोलाई वेलायत वा जापान । एउटाको ड्युटी राति पर्ला, अर्कोको दिउँसो । सम्झँदा पनि उदेकलाग्दो अवस्था । बरु आफ्नै फिल्डको पार्टनर रोजे लन्ठै साफ । तर, भनेजस्तो कहाँ हुन्छ र ? मनले रोजिसकेपछि भोलिको बारेमा कसले पो सोच्ला र ?

फेरि अघि बसमा भेटिएकी छम्यालाई सम्झें, ‘माँकसम ! त्यस्ति जल्दीबल्दी छम्या पाए त संसारै उज्यालो हुन्थ्यो होला ।’

मेरो तालु

मेरो तालुसँग किन कसैलाई रिस उढ्नु ?

मेरो तालु देख्दा किन कसैलाई हाँस उठ्नु ?

म त एक सफा चरित्रको मान्छे

मेरो तालुबारे किन कसैले कान फुक्नु ?

जति चिप्लो भयो उति कल्कलाउँदो

जति ठूलो भयो उति ढल्कन्छ यो

देख्नेलाई के थाहा कति प्यारो हुन्छ ?

जति स्याहार गर्‍यो उति टल्कन्छ यो ।

मेरो तालु पोलेको आलु होइन

मेरो तालु पाकेको फर्सी होइन

कसैलाई इश्र्या जागे भन्छु यत्रैसित्ति !

मेरो तालु तबला पनि हुँदै होइन ।

मात्रै एउटा दोधार मनमा राख्नुपर्ने

मुख धुँदा कहाँसम्म भनी सोच्नुपर्ने

न त कोर्नुपर्ने, न त बाँध्नुपर्ने

मेरो तालुमा किन कसैले गुलेली ताक्नुपर्ने ?

निबन्ध भावहरु

यो खिचडी कापी * मा आज सूर्यका तेर्सा किरणहरुले सुनौलो रङ्ग भर्न मन लाग्यो । साँझ ५ जति बजेको छ । खेतका कान्लाबाट तल झरिरहेको पानीको खत्लकखत्लक धुनसँगै आकाशमा उडिरहेको जहाजको गँुइँय आवाज मिसिँदा पर बाँझो जमिन कोट्याइरहेको ट्याक्टरको घटघटाहट धिमा भएकोझैं लाग्छ । म पश्चिमपट्टि फर्केर हरियो घाँसमा पलेंटी कसेर बसेको छु – आफूले साढे तीन बर्ष बिताएको काठमाडौं विश्वविद्यालयलाई करिब १ किलोमिटर टाढाबाट नियाल्दै ।

विश्वविद्यालयको भवन र अस्ताउन लागेको पहेंलो सुनजस्तो सूर्यबिच बाँधजस्तै लम्पसार परेर तेर्सिएको धनेश्वरको डाँडोले मलाई गिज्याइरहेको छ । सायद, मलाई त्यसले चुनौती दिइरहेको छ– ‘तैले ज्ञानको खोजीमा म जस्ता कयौं पर्खालहरु नाघ्नै बाँकी छ ।’

खेतको बाटो हिँड्न मलाई रमाइलो लाग्छ । विशेषतः म कलेजदेखि घरसम्मको यात्रामा कहिलेकाहीं यही बाटो आउनेजाने गर्छु । खासगरी ३ वटा अवस्थामा म यो ‘सटकट रुट’को प्रयोग गर्छुः दिमागमा धेरै तनाव जमेको भए म प्रकृतिको अनुपम स्वरुप हेर्दै आफूलाई भुल्याउन खेतैखेत लाग्छु । मन अत्यन्तै रमाउँदा पनि म खेतैखेत अन्नबालीको बयेलीसँगै हराउँछु । अनि आफूसँग बसलाई दिने ५ रुपैयाँ साथमा नहुँदा पनि मलाई यही बाटोले बोलाउँछ ।
खेतका गराहरु मलाई विशेष मनपर्छ । खोई किन हो आज मन साह्रै चञ्चल भइरहेको थियो – मैले फेरि यही बाटो रोजें । खेतबारीबाट आउने आलो माटोको सुगन्धले मलाई वाल्यकालमा खेलेको झझल्को दिन्छ । चराचुरुङ्गीहरु चिरविरचिरविर गर्दै आफ्नो बासस्थानतर्फ लाग्दा म पर चउरमा खेलिरहेको बेला मलाई मेरी आमाले साँझको खाना खान बोलाउनुभएको याद आउँछ ।

मेरै नजिकबाट दुई बालक मलाई जिस्काउँदै भाग्छन् –‘कस्तो खेतमा बसेर पनि होमवर्क गरेको ?’

सूर्यले आफ्ना किरणहरु आकाशतर्फ मिल्काउँदा गोधुली साँझले चिसो सिरेटो बटुल्न थाल्छ । कताकता चिसो हावा मुटुसम्म पुगेजस्तो लाग्छ । मनका भावनाहरु जमेर दिमागसम्म पुग्न सक्दैनन् । म खेतका गराहरुमा लुकेको त्यो अथाह सौन्दर्यलाई अर्को दिन खोतल्ने अठोट गर्दै आफ्नो कदम अघि बढाउँछु ।
*(खिचडी कापीः मेरो नोटकापी जुन म सबै विषयको अध्ययनका लागि प्रयोग गर्छु।)

i love you

Just imagine, there's no one

Just feel this and think of me

Just for you

You and me

The world revolves around.


I say this and keep on saying it

My feelings are always with you

And everything belongs to you

Whatever miles I run away

I m always close to you


See the world, see the rain

Don't forget to think of me again

I m behind you, on your path, remember.

Ever my sweetheart, ever, forever

Any time I wanna be with you.


I know there it is

In the core of your heart

Something remains in my name

And that I m proud of you

Yeah honey! That's what "I love you."

मेरो जीवन, मेरो यात्रा


विभुति विद्या मन्दिरको मेरो विद्यार्थी जीवन निकै रमाइलो थियो । सायद मिठा कुरा थोरै प्राप्त भएजस्तै विभुति पढ्दाको रमाइलो पल पनि मलाई छोटो लाग्यो । कक्षा ९ र १० मैले बनेपाको विद्या सागरमा पढें । झापाबाट एकाएक म काभ्रे पुगें । काभ्रेमा ६ बर्ष बस्दा ममा केही परिपक्वता व्यवहारिकता र आत्मनिर्भर बन्ने प्रेरणा जस्ता कुराहरु थपिए । यसैबीच मेरो एसएलसी प्लस टु र थोरै व्यवसायिक यात्राको थालनीबारे केही प्रसंगहरु बटुल्नेछु । तर त्यसभन्दा पहिले केही पारिवारिक कुराहरु नै उल्लेख गरौं । read more

अब त बिहे गर्ने बेला पनि भएछ

साथीको बिहेको निम्तोले आफैंलाई झस्काइदियो । एकछिन सोच्न बाध्य बनायो, "ए अब त बिहे गर्ने बेला पनि भएछ ।" झापामा स्कुल पढ्दाकी साथीले काठमाडौं आएर आफ्नो बिहेमा बोलाउँदा मैलेझैं अरु साथीहरुले पनि यस्तै सोचे होलान् । अनि धेरै समयदेखि साथीहरु एकै ठाउँमा भेटेर गफगाफ गर्ने हाम्रो योजना अब त्यहि निम्तोले साकार पार्ने भयो भन्दै हामी सबैले बिहेको भोजमा जाने निधो गर्यौं ।

दिउँसो १ बजे भेला हुने सल्लाह भए पनि म पुग्दा २ बज्नै लागेको थियो । प्रभात, प्रपन्न र लक्ष्मण पहिल्यै त्यहाँ आइपुगेछन् । केही बेरमा सन्जय पनि मुस्कुराउँदै सामेल भयो । उसको मुस्कानले के प्रतिविम्वित गथ्र्यो त्यो त हामीले थाहा पाएनौं । तर हामीसँग हात मिलाउँदासम्म केहीबेर अगाडि उसले मिनभवन क्याम्पसमा फूटबल खेल्दा चालेको चालको बयान गरिसकेको थियो । ढिलै हुँदा पनि सबै साथीहरु भेला भइनसकेकाले हामीलाई चाहीं चाँडै भएको जस्तो भान भइरहेको थियो । त्यसैले हामी चिया खाने बहानामा एउटा पसलतिर लाग्यौं ।

केही छिन् पछि सृजाको मिस्डकल आयो । कलब्याक गर्न लाग्दा उसैको फोन ब्यस्त । आफ्नोमा ब्यालेन्स् नभएको जनाउन उसले ५ पल्टसम्म मिस्डकल फाल्दा म कलब्याक गर्न खोजिरहेको थिएँ । केहीछिनमा फोन लाग्यो । मैले मिनभवन उत्र भने । गाडीबाट उत्रेपछि घण्टौं लगाएर सजिएकी आफूलाई ऐना अगाडि तेस्र्याएजस्तै गरी सोधीहाली, "कस्ती देखिएकीछु ?" मैले भनें, "एकदम राम्री छौ ।" हुन त उसको रुपको प्रशंसा गर्नु त्यतिले काफी थिएन । तर पनि मैले आफूलाई केही अप्ठ्यारो महसुस गर्दै त्यति नै व्यक्त गरें । त्यतिमै पनि ऊ मख्ख परी भन्ने मलाई लाग्यो ।

कमल चाहीं होस्टल पुगेर आउँछु भन्दै हिडेको थियो । अलिक ढिलै गर्यो । त्यसैले हामी टेम्पू चढेर लगनखेलतर्फ लाग्यौं । उसलाई पनि त्यतै बोलायौं ।

टेम्पूमा हाम्रो गफ चर्कियो । किनकि त्यहाँ एमबीबीएस, बीबीए, डेभलपमेन्ट स्टडीज, मिडिया स्टडीज र बीफार्मका विद्यार्थीहरु थियौं । सबैले आफ्नो बडोप्पन झिक्न थाले । केयू, टियू र पियूमध्ये कुन राम्रो भन्ने तर्कवितर्कहरु चलिरहे । सबैले आफू पढेको संस्थाको बखान गर्न थाले । त्यस्तैमा निकट भविष्यकी डाक्टर सृजाले आफूले त्यो दिन इण्डोस्कोपीबारे अध्ययन गरेको सुनाई । त्यसपछि त अरु केके प्राविधिक शब्दहरु झिक्न थालिहाली । बीबीए पढ्ने लक्ष्मणलाई उसका कुरा पचेनन् । पारो तताउँदै उसले अर्को शब्द आविस्कार गरिहाल्यो, "बडो फुर्ति लाइस् । लु भन क्रोनोस्कोपी भन्को के हो?" सृजाको स्वर केही छिनलाई सुक्यो । अब पालो सन्जयको थियो । उसले पनि एकाउण्टका शब्दहरु फुत्त फुत्त झिकिहाल्यो । प्रभातले थप्यो,"टीक्यूएम थाहा छ ? म्यानेजमेन्टको परिभाषा आउँछ? लिक्वीडिटी भनेको के हो ?" फार्मेसी पढ्ने प्रपन्न र मेडिकल पढ्ने सृजाका केही पाठ मिल्दाजुल्दा हुँदा रहेछन् । त्यसैले उनीहरु दुई जनाले समय आफ्नो पक्षमा लिन थाले । म मिडिया पढ्ने भएकाले सबै काम लाग्छन् भन्दै, "
हो.. हो" थपिरहेँ ।

लगनखेल पुगेर नवदम्पत्तिका लागि उपहार किन्न हामी तम्सियौं । त्यहाँ पनि चर्काचर्की नै पर्यो । सबैको मत बाझियो । कसैले जुत्ता लगिदिऊँ भन्न थाले । कसैले घडी । कसैको मन डिमलाइटतर्फ नातियो त कसैलाई भाडाकुडातर्फ । एउटाले ठट्टा गर्दै भन्यो, "खड्कुलै लाने हो कि ? कि टेड्डी वियर लाने त ?" सन्जय र लक्ष्मण चाहीं एल्बम लगौं न त भन्दै केही कदम अघि बढिसकेछन् । हामी चाहीं कपसेट र ल्याम्पमै अल्झियौं ।
त्यहीँ ढिलो भइसकेको थियो । फर्कन भ्याइन्न भन्दै सृजा रोउँलाजस्तो गरी । त्यतिन्जेलमा कमल पनि आइपुगेको थियो । तर हामी अझै एक जना साथीलाई कुरिरहेका थियौं । ४ बजे परीक्षा सकेर आउनुपर्ने प्रकृतिले पाँच बज्दासम्म मात्र आफूलाई प्रकट गरी । बसमा गए ढिलो होला भन्दै बुद्धि पुर्याएर केही साथीहरु माइक्रो रिजर्भ गर्न तम्सेछन् । नभन्दै एउटा माइक्रो हामीसामू तेर्सिदियो। सबैजना खाँदिएर बस्यौं ।

ढिलो भइसकेको थियो । हुन त लेले भन्ने ठाउँ त्यति टाढा होइन । तर अप्ठेरो बाटो र सूर्यले त्यस दिनका लागि बिदा मागिसकेको हुँदा हामीलाई केही खटपट सुरु भयो । सबैका लागि त्यो ठाउँ नयाँ भएकाले हामीमा एक प्रकारको कौतुहल थियो । अन्तै पुगिने हो कि भन्ने शंका पनि । बषौंपछि भेट भएका हामी साथीहरु आज एउटै माइक्रोमा कोचिँदा केही साथीहरुलाई सपनाजस्तो महसुस भइरहेको थियो । एक अर्कालाई जिस्काउने, एकअर्कासँग नाम जोडेर बिल्ला हान्ने काममा सानैदेखि पोख्त सन्जयले त्यो अवसर फेरि पनि गुमाएन । फर्मल गेटअपमा सजिएको कमल उसको मुख्य पात्र बन्यो । मैले थपेँ, "तर सन्जयको पनि मुड आज ठिक छैन ।" "सायद रबिनाले बिहेको निम्तो सुनाएदेखि उसलाई त्यस्तो भएको होला" - कमलले त्यहाँ अनुपस्थित दुई जनाको नाम लिँदै पैँचो तिर्यो- "चिन्ता नगर यार तेरा लागि अरु दुई जना अझै पर्खिरहेका छन् ।"

करिब १ घण्टापछि हामी बिहेघर पुग्यौं । त्यहाँ रबिनाका दम्पत्तिले हामीलाई स्वागत गरे । साँच्चिकै राम्री देखिएकी थिई रबिना । प्रकृति र सृजाले उसको रुपको चर्चा गरिरहँदा हामी केटाहरु क्वारक्वार्ती त्यतैतिर हेरिरहेका थियौं । "ह्याप्पी कर्जुगल लाइफ" - भन्दै हामीले उनीहरुलाई उपहारका तीनवटा पहाड थमायौं । हामीलाई ढिलो हुन्छ भन्ने हत्तारोले मनलाई बेलाबेला सजग गराइरहेको थियो । त्यसमा पनि बढी अत्तालिएकी थिई सृजा । त्यसैले हामीले खानपिनतर्फ आँखा डुलाइहाल्यौं । केही साथीहरु आज क्याम्पफायर गरी यतै रात बिताउने भन्न थालें । मैले नयाँ ठाउँमा आएर एक्कासी त्यस्तो योजना बनाउनु ठिक हुन्न भनें । अनि सबैजना पहिलेकै माइक्रोमा पस्यौं ।
आधा बाटो काटिसकेपछि माइक्रो रोकियो । अगाडिको टायर पंचड भएछ । चालकदाइ उत्रेर टायर फेर्न थाले । केटाकेटीहरु बाहिर निस्केर भर्खर कुरकुरे बैंश लागेझैं कम्मर हल्लाउन थालिहाले । त्यहाँ खासै धेरै समय बस्नुपरेन । हामी फेरि अर्कोपल्ट पिकनिक जाने योजना बनाउन थाल्यौं । डिसेम्बर २५ लाई सन्जयले उपयुक्त ठान्यो । सुन्दरीजल सृजाले रोजी । आफू कहिल्यै त्यहाँ नपुगेकाले मैले फेरि "हो हो" मात्र थपें । सातदोबाटो आइपुग्दा केही अघिसम्म आत्तिएका प्रकृति र सृजाले ढुक्कको सास फेरे । ट्याक्सी रिजर्भ गरी कमल र म उनीहरुसँगै सिनामंगलतर्फ हुत्तियौं । अरु साथीहरु पनि आफ्नो बाटो तताउन थाले । सबैबाट बिदा माग्दै म फेरि बानेश्वर फर्कें । ट्याक्सीबाट बाहिर निस्केर आफ्नो कोठासम्म हिँड्दा चिसो सिरेटोले दिमाग ठण्डा पारिदियो । म बितेका ७ घण्टालाई दिमागमा फेरि केलाउन थालें ।

Lets us travel around the world

The world once belonged to me, the plain land, the hills and the mountains all were mine. A monster came and asked me something instead it would eat me, then I said "the mountains are yours". Then it went back. Another day a serpent nearly knocked at me and told, "will you be my lunch for today" I couldn't say yes but pointed to the hills,"See those hills are yours, you can leave me". Then I had only Plain Land left with me. I worked all my life there and made it fertile. But again, "an elephant danced at my yard at the early dawn and I woke up with no words to avoid the situation. I gave it the plain land as well. Now I have nothing with me. I travel around the globe since I have nothing to look after in a place. I have become a visitor. Now again I feel like I have owned my real world which I have been enjoying. So...don't spend your life in a place...make the world your own. Come on get out, leave your home, leave your belongings and wander around the beautiful places; the gift of nature. "Lets start for a World Tour" the way I dream for, everyday.

A story

"What the hell you sleep like...just move little... yeahhh go little away"- he shakes the almost dead body of Sabin and yells, "If only it wasn't this hot. See, there is no enough space for me."

"There is no enough space. Hehe. What the fuck you need?"- Sabin replies back in a drowsy faded tone, "Can't you manage a bed on your own? I'm of course not a gay to creep upon you. You would better leave me alone in my bed."
Pradip doesn't have appropriate words to convince Sabin who has recently been in relationship with a showy affluent girl. Sabin himself, however, is not a well-off guy to handle all his needs on his own. But his wallet doesn't look empty these days.


With almost broken, Pradip holds himself up and looks around the room. There, apart from the bed, he sees nothing than a chlorined bottle of water on the stool of a size which can just adjust an ash of a fat man. He then walks some steps and lingers aside the door that leads to the corridor, thinking where he has to go at that mid night.
Knowing his sentiment, Sabin, without his eyes open, calls him back, "come back my friend. Why do you leave at this dark when you have nowhere to go?"
Pradip drags himself back, and with his head little tilted, lays his ash on the bed supporting his back with an elbow almost penetrating the soft pillow. "Seems you met her today as well", after knowing Sabin was drunk that day too, Pradip made a guess.


***
It has been months Sabin getting messed up with a girl. Mostly, he meets her every alternate day. The day he meets her turns like a real day and when it seems she is not appearing to him, the day brings him no light. He finds the real virtues in her. She is no more a girl but an angel on earth. He finds no words to praise her beauty. And she never anticipates any sorts of compliments from him. She just wants is his company for she is in misery. In fact she had a broken heart. Since her parents stay in the US she is almost alone in this big city. She has no dearth of money but what she actually lacks is a stronger bond. She even doesn't find that true relationship with Pradip. Neither she finds pure spirit of relation in her other two boyfriends whom she pretends to be in love with. Pradip had once received her phone call in Sabin's cell when he delayed in bathroom. And that was probably the first time she made a call for her new boy friend. The soft sweet voice of her even sounds these days in Pradip's ears. "Hello isn't it Sabin? This is Bruna Speaking."
***

(To be continued...)

चङ्खेलीले रारालाई जिस्काउँदा

अरुले देखेको र लेखेको कथाका आधारमा कर्णाली नेपालको सबैभन्दा विकट क्षेत्र भन्ने लाग्थ्यो । हिँडेरै कर्णाली घुम्नु समयको अभावले सम्भव थिएन । प्लेनबाट घुम्नकै लागि मात्र निस्कन अलिक खर्चिलो हुने । तर जे होस् एकपल्ट कर्णालीको सेरोफेरो घुम्ने अठोट मनमा रहेकै थियो । गुड नेवस्र नामक एक संस्थाको काममा कर्णालीको क्षेत्रकै सबैभन्दा पिछडिएको जिल्ला मुगु पुग्ने अवसर पाउँदा मन चङ्गा थियो ।
गुड नेवस्र्ले कर्णालीका विभिन्न जिल्लामा स्थानीय गाउँलेहरुको जिविकोपार्जनका लागि थालेको अतिस खेतीबारे डकुमेण्ट्री बनाउने जिम्मेवारी हामीले पाएका थियौं । काठमाडौंदेखि सुर्खेत हुँदै मुगु पुग्ने यात्रा तय भयो । काठमाडौंबाट बसमै यात्रा गरी हामी भोलिपल्ट बिहान सुर्खेत पुग्यौं । तर यात्रुहरुको चाप र प्रतिकुल मौसमका कारण हाम्रो उडान दुई दिनपछि धकेलियो ।
हिमाली जिल्लाहरुमा उडान भर्न नै मुस्किल । ठूला जहाज साना एयरपोर्टमा अवतरण गर्नै नसक्दा रहेछन् । ट्वीनअटर र एक पङ्खे जहाज बादलभित्रै हराउने डर । कहिले यता पानी पर्ने कतिखेर उता मौसम बिग्रने त कहिले आकाश बादलले ढपक्कै ढाकिदिने । यस्तो हुँदा त जहाज जानै नमान्दा रहेछन् । त्यसमाथि मनपरी भाडा दर र अव्यवस्थित टिकट विक्री गर्ने कार्यले यात्रूहरु कयौं दिनसम्म विमानस्थलमै अलपत्र पर्दा रहेछन् । कर्णालीको पीडा हामीले त्यहींदेखि बुझ्न थाल्यौं । अनि उनीहरुजस्तै पिरोलिने यात्रूहरुको पीडा हामी आफैंले पनि महसुस गर् यौं ।
पसर्ीपल्ट भाग्यवश हाम्रो ुफ्लाइटु रद्द भएन । फिसफिस उड्ने सेता कुइराका थुप्राहरु चिर्दै हाम्रो विमान आधा घण्टामा ताल्चा विमानस्थल पुग्यो । मैले कर्णाली अाचलमा आफ्नो पहिलो पाइला राखेँ ।
विमानस्थलबाट २ घण्टा तल झरेपछि सदरमुकाम गमगडी पुग्यौं । बजार पुग्नैलाग्दा जथाभावी गरिएको खुल्ला दिसापिसाबले हाम्रो नाक पोल्न थाल्यो । ओहो कस्तो बाटाभरी जताततै…॥ बजारभित्र होस् वा बाहिर जहाँसुकै फोहोर मैलोले साम्राज्य फैलाएको । गाउँघर पनि उस्तै । कसैका घरमा चर्पी नै नहुने । गर्नेलाईभन्दा हेर्नेलाई लाज भनेजस्तै स्थानीयलाई भन्दा बटुवालाई सताउँदो रहेछ यस्तो कुराले । मैले मनमनै मुगुको शाब्दिक अर्थ पहिल्याएँ - जताततै ुमुतै मुतु र ुगु नै गु भएर मुगु भएको होला ।
त्यो रात गमगडी बजारमै बित्यो । भोलिपल्ट सूर्योदयसँगै हामी जिमा गाविसतिर हान्नियौं । ुमुगु-कर्णालीुको तिरैतिर थियो हाम्रो यात्रा । मेरो जिम्मेवारी छायाँकन भएकाले मेरो हातमा एउटा गह्रुङ्गो क्यामेरा थियो । ट्राइपड र क्यामेराको झोला भरियालाई बोकाएर म बेलाबेला रमाइला दृश्यहरु कैद गर्दै थिएँ । कर्णालीको गति हेर्दा मलाई लाग्यो हामीलाई भन्दा यसलाई बढी हतार हुँदोरहेछ । हामी बेलाबेला थकाई मार्न बस्थ्यौं । यो अबिरल दौडिरहन्थ्यो । कहिले चट्टानमा ठोक्किँदै । कहिले पहिरोले पुरिँदै यसले आफ्नो बाटो निरन्तर खोजिरहन्थ्यो । म बेलाबेला कर्णालीलाई हेर्दै सोच्थें ुममा पनि यसमा जस्तै जाँगर बल र साहस भइदिएको भए…।ु
बाटो निकै भिरालिन थाल्यो । मलाई भने त्यस्तै अप्यारो ठाउँ आए क्यामेरा झिकिहाल्नुपर्ने । त्यही भएर म सहयात्रीहरुभन्दा केही पछाडि हुन्थेँ प्रायजसो । एउटा निकै भिरालो ठाउँ आयो । खोलाको छालले बाटो नै भत्काउन लागेको रहेछ । मैले माटो खोलामा खस्दै गरेको देखी क्यामेरा निकाल्दा सबैजना त्यो ठाउँ कटेर मलाई हेर्दै रहेछन् । मैले रेकर्ड थिच्नैलाग्दा पो सम्झें ुबाटो भत्केको खच्ने हुँदा आफू त वारी नै रहन्छु ।ु त्यसैले म दौडेँ । मैले टेकेको माटो खोलामा झर् यो । कटिसकेपछि बल्ल सोचें ुधत् ! धन्नले बाचेँ ।ु
साँझ झमक्क पर्दा हामी जिमा गाउँ पुग्यौं । गाउँलेहरुले पत्रकारको टोली आउँदैछ भन्ने थाहा पाएर राम्रै बन्दोबस्त गरेका रहेछन् । स्वागत पनि राम्रैसँग गरे । खाना खानुअघि केहीबेर उनीहरुसँगै भलाकुसारी गर् यौं । उनीहरु बोल्दा छिन्छिन्मा ुहामी त कुनाका मन्ठा पढ्या नाइँु भन्ने गर्थे । उनीहरुको कुरा सुन्दा लाग्थ्यो विकासका दृष्टिले कर्णाली अझै १७ औं शताब्दीतिरै छ । फरक यत्ति छ ठाउँठाउँमा उपलब्ध मोबाइल प्रविधिले त्यसलाई बाहिरी संसारसँग जोड्न थालेको छ । कुरैकुरामा गाउँलेले आफ्ना पीरमर्का सबै ओकले । उनीहरु भन्दै थिए ुतपाईंहरु हामीलाई एक हेलिकोप्टर चामल वा नुन पठाइदिनु हामी एक हेलिकोप्टर स्याउ भरिदिन्छौं ।ु स्याउले बजार नपाएर बाँदरले खाएर नष्ट भइरहेको उनीहरुको गुनासो सुनेपछि एक पल्ट मैले काठमाडौंमा नुन र स्याउको भाउ दाँज्दै मुगुको जीवनस्तरलाई नियाल्ने प्रयास गरेँ ।
भोलिपल्ट हामी स्याउ फार्म पुग्यौं । मलाई निकै रमाइलो महसुस भयो । बोटबाटै नटिपी मुखैले स्याउ चिथोर्न पाउँदा बल्ल आफूले ताजा फलफूल खान पाएको जस्तो लाग्यो । केही पछि हामी अतिस खेती भएको ठाउँ पुग्यौं र आफ्नो काम सकेर फर्कियौं । राति बास बस्न कर्णाली तीरको एउटा ओडारमा रहेको सानो होटल पायौं । मलाई भने निकैबेर निद्रा लागेन ुकतै यो कोलो ओडार भत्केर हामीलाई त थिच्दैन ु अनि आफैं मन बुझाएँ -ुआजसम्म नभत्केको ओडार हाम्रै पालामा भत्क्यो भने त्यो हाम्रो लागि दुर्भाग्य मात्र हुनेछ ।ु भोलिपल्ट बिहान हामी रोगा गाउँ हुँदै बामातिर लाग्यौं । त्यहुको वातावरण भने केही सभ्य लाग्यो । तर हिलोका कारण सास्ती भने उस्तै । बामाको स्कुल चाहीं चिटिक्क र व्यवस्थित थियो । विद्यार्थीहरु अनुशासित र लगनशील । गुड नेवस्र्अन्तर्गत कार्यरत त्यहुकी शिक्षिका बिमला श्रेष्ठको अथक पहलमा विद्यालयमा ठूलै परिवर्तन आएको पाइयो । हुन पनि बिमला मिस मिजासिली र जाँगरिली । उनले त्यस गाउँमा पुर् याएको योगदानलाई गाउँलेहरु ठूलै गुन ठान्दा रहेछन् । उनीजस्तै विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पनि जीवनको दुई महिना कर्णालीका लागि अर्पण गर्न सके त्यहाँ चेतना बाँड्न सके परिवर्तन असम्भ लाग्ने थिएन होला ।
पाँचौ दिन हामी फेरि गमगडी बजार फर्कियौं र त्यसको भोलिपल्ट त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई भेटेर केहीबेर बजारकै अध्ययन र रिपोर्टिङमा व्यस्त भयौं । त्यसपछि सबैसँग बिदा भई ३ घण्टा लामो उकालो चढेर रारा राष्ट्रिय निकुाजतर्फ लाग्यौं । हाम्रा लागि कर्णाली यात्राको रमाइलो पाटो थियो रारा ।
राराको प्रसंशा गरेर कोही अघाउँदैन । यसको अथाह सौन्दर्यलाई हेरेर स्व। राजा महेन्द्र पनि मोहित बनेका थिए रे । ताल्चा विमानस्थलबाट घण्टौंसम्म उकालो चढेपछि निकुाज क्षेत्र पुग्ने जोकोही पहिले त रारासँग लुटपुटिँदै त्यसैमा हराउन चाहन्छन् । मैले पनि यस्तो रमणीय ठाउँमा पहिलोपल्ट पाइला टेक्दा आफूलाई भाग्यमानी ठानेँ । अनि मनमनै सोचें ुवाह रारा ! तिम्रो यो जादूमय रुपलाई म कुन शब्दमा बयान गरुँ ु
यस ठाउँमा आएपछि महेन्द्रले एउटा कविता लेखेका रहेछन् । त्यसैले पनि होला यस ताललाई महेन्द्र दह भनिएको । उनको दुई हरफ कविता पढेपछि त मलाई पनि कविता लेखूँजस्तो लाग्यो । म पनि के कम । भोलिपल्ट ब्युँझनासाथ म तालनजिकको फलैचाँतिर दगुरेँ । झुल्के घामको किरणले राराको गहिराई ननाप्दै मैले आफ्नो कमल डायरीमा गुडाइसकेको थिएँ ।

चङ्खेलीले जिस्काउँदा रारा मुस्कुराई
सफा निलो आकाश पनि धर्तिमुनि छाई
काचन पानी यौवनको धैर्यतामा कसी
लजाउँदै रारा परी बादलभित्र पसी

मुगालीहरुले जीवनमा दुइटा कुरा कहिल्यै नबिस्रने रहेछन् । एउटा सधैंजसो बादलभित्र लुकिरहने चङ्खेली हिमाल अनि अर्को हेर्दै मनमोहक रारा ताल । विमानस्थलबाट केही फड्को तल झर्नेबित्तिकै एक सहयात्रीले चङ्खेली हिमालतिर देखाउँदै खल्तीबाट एक रुपैयाँको नोट झिकेका थिए । ुयी हेर्नुस् त यहाँ छापिएको हिमाल ऊ त्यही होु- उनले एकै स्वासमा यति जानकारी दिइहाले ुराजा बिरेन्द्र सिकार खेल्न आउँदा त्यसैमुन्तिर बास बसेका रे ।ु
मलाई पनि अचम्म लाग्यो जतिखेरै चङ्खेलीले टाउको भने बादलभित्र लुकाइराख्ने । विवाहका बेला बेहुलीले घुम्टो ओढेझैं । अनि कहिलेकाहीं चङ्गा भएर यसले दक्षिणतिर पुलुक्क हेर्दा रारा पनि आफ्नो जवानी फिँजाएर हाँसिरहेकी स्वर्गकी परीजस्तै भइदिने । यस्तै अथाह सौन्दर्यका कारण होला आफ्नो दुःख र वेदनाले भरिएका देउडामा पनि मुगालीहरुले यी दुई आश्चर्यलाई नभुलेका ।
हुन त रारा र चङ्खेली मात्र यहाँका मनमोहक दृश्य होइनन् । कर्णाली किनारका भीर पाखा र नागबेली गोरेटाहरु हरियो घाँसले छोपिँदा जति हेरे पनि हेरिरहुँ लाग्ने । टाउको सिधै ठाडो गरेर हेर्दा आफैंलाई थिच्लान् जस्ता अग्ला र भिराला डाँडाहरु । तिनलाई हेरिरहँदा आफैंलाई रिङ्गटा लागेर ढलुँला जस्तो हुन्छ । मलाई भने ती डाँडालाई केही छिन् गिज्याइरहूँजस्तो लाग्यो । कर्णालीका चट्टानसँग जुधेर जीवनलाई कर्णालीकै गहिराईसँग दाज्न सिपालु कृष्ण रावत मलाई सतर्क गराउँदै थिए - ुसर यहाँ धेरै बेर बस्नु हुन्न । माथिबाट ढुङ्गा झर्छ ।ु त्यति सुनेपछि त पुगिहाल्यो । म त्यहाँबाट सास नफेरी कुदेँ ।
तर यत्तिको सुन्दरता र मनोरम वातावरण हुँदाहुँदै पनि सरकारले किन कर्णालीलाई पर्यटीय गन्तव्यका रुपमा विकास गर्न नसकेको किन त्यसका लागि आवश्यक पूर्वाधार विकासमा ध्यान नदिएको के यहाँको सौन्दर्य मुगाली देउडाहरुमै सीमित राख्ने मनभरी यस्ता प्रश्न धेरै उब्जिए । अनि निकुाज क्षेत्रमा पर्यटकहरुको नाम दर्ता गर्न खटाइएका एक सैनिकलाई सोधिहालें ुबर्षमा कति जनाको नाम टिप्नुहुन्छ ु उनले पानामा हेरेजस्तो गरी भने ुस्वदेशी र विदेशी दुवै गरी त्यस्तै ६ सय जति आउँछन् ।ु हुन पनि यस क्षेत्रमा पर्यटकका लागि भनी खोलिएको एउटा होटलसमेत नभएर होला पर्यटकहरुको उपस्थिति यता खासै देखिएन ।
ताल्चा विमानस्थल पुगेर ३ दिनसम्म पर्खदा पनि उडान नभएपछि हामी जुम्लातिर लाग्यौं । सिजा खोलाको किनारमा पुग्दा राति ८ बजेको थियो । सबैतिर सुनसान र चकमन्न थियो । होटल पाइने आशमा निकै अगाडि बढ्यौं । बल्ल एउटा घरजस्तो देखियो । होटलै रहेछ । निकै मिजासिला दम्पत्ति रहेछन् । स्वागत सत्कार नै मीठो लाग्यो । थाकेको शरीरलाई उनीहरुको मुस्कानले आधा घटाइदियो । त्यहाँबाट डाँडापारी सिँजा उपत्यका रहेछ । हाम्रो नेपाली भाषाको उद्गमस्थल । तर आज त्यही भाषा बोल्नेहरुलाई यताको परिस्कृत भाषाले असभ्य र पिछडीएको सँस्कृति भन्छ । यो कस्तो अन्याय हो मैले बुझ्न सकिन । आफ्नो अनुकुल परिवर्तन गर्ने अनि वास्तविकतालाई पछाडि धकेल्ने यो कस्तो परिमार्जन हो
डाँफे लेकबाट जुम्ला बजार देखेपछि बल्ल आइपुगियो भन्ने भो । बजारै पुगेपछि लाग्यो ुकर्णाली घुम्ने नाउँमा कसैले जुम्ला जिल्ला पहिले नटेकोस् । कर्णाली बुझ्न मुगुलाई बुझे पुग्छ । जुम्ला त अन्य सहरजस्तै भइसकेछ । बाटो पानी र बत्ति सहजै उपलब्ध हुने । भरपर्दो विमानस्थल र सरसफाईका लागि हरेक घरमा चर्पी । गाउँगाउँमा टिनका छाना टिलिक्क टल्कने ।
काठमाडौंका लागि विमान उडिसकेपछि मैले माथिबाट जुम्ला बजार हेर्दै मनमनै भने ुमुगालीहरुले पनि जुम्लाबाट केही सिक्नुपर्छ । स्थानीयबासीको पहल र सकि्रयतामा भएको विकास दिगो र प्रभावकारी हुन्छ । आफ्ना प्रतिनिधिलाई जवाफदेही बनाउन जनताले आफ्नो र समाजको सरोकारका विषयमा आवाज उठाउनैपर्छ । आफ्नो लागि आफैं सोच्ने बानी बसाउनुपर्छ । अनि मात्र कर्णालीको प्राकृतिक स्रोत र सम्पदाको सदुपयोग हुन्छ । सम्बृद्धि सम्भव हुन्छ ।

"Your company is no less"

I am not that late, I am not that swift

I just follow you, on the path you creep.


Ecstasies bloom in red, like the red of your lips

See the horizon far away, what a smile it gives!


Valleys are fertile if stunning are the hills

Like the charm your undulating voice peals.


What a beauty, what a grace of your face

Oh dear! your company, for me, is no less

Principle of Self Determination


Self determination is an idea of positive freedom for actions that are up to us. Such actions constitute the essence of free will. Self determination is concerned with individual freedom. And in ethics it is concerned with one's self realization of his/her ultimate freedom with respect to accepting the fact that there are other individual enjoying their own areas of freedom. Becoming self determining is being moral and making rightful decision.


The word Determinism is associated with the theory that everything in the universe is totally ruled by causal laws. That means every event has a prior condition, and all events, if their prior conditions are known, can be at least theoretically predicted.

For example: We can predict rainfall if there is heavy cloud in the sky. This principle is commonly used in various social sciences like psychology, sociology etc to study, interpret or analyze human behavior.


In Media, editorial independence fits as an example to

principle of self determination where editors are provided adequate freedoms but at the same time they are guided by the principle that they shouldn't harm others.


The concept of Self determination evolves from the doctrine of determinism that nothing can happen without a cause. In the case of human conduct, humans themselves are the cause of their act. And self- determinist implies someone who makes his or her own choices. Thus, individual's choices are the cause of their own acts. While it is true that we are strongly influenced by motives and must deliberate between them, in the final analysis we are not necessitated by them either way. In the end, we choose for ourselves. Hence, self-determination is the free choice of one’s own acts without external compulsion.

Self Determination - Rational deliberation - Acting Authoritatively (final decision)

Western Perspective

Kant's Metaphysics of Morals provides his final views on the relation between morality and right:

1. Our essence as humans is to be self-determining beings

2. Self-determination entails rational deliberation about how to act

3. Rational deliberation entails treating oneself as self-authoritative (as an ‘end’)

4. Rationally this entails that we must treat other humans as self-authoritative too (this is the essential content of morality)

5. Self-determination also entails that we may coerce each other so as to guarantee each a sphere of freedom, in the sense of external unconstraint, for their own choices, for such a sphere is necessary for self-determination

6. But in doing so we must all treat each other in the same way for we are all equally self-determining beings

7. So this coercion must conform to the principle of guaranteeing individual freedom under universal rules (the principle of right)

8. Finally, self-determination entails that we must establish a common authority to implement the principle of right in positive laws, for without this we will be unable to coerce each other in a consistent way

9. These laws must be must be such that all can support them while being true to their essence as self-determining and self-authoritative beings (a ‘principle of public right’, though he never uses that phrase)

For Rousseau humans are free in that they are:

(1) self-determining, or capable of self-determination, rather than driven by their desires or instincts,

and therefore (2) self-authoritative or ‘sovereign’, i.e. having ultimate authority over themselves.

Kant believes that when we act on morally then we are actually acting on our own true will, and in carrying out those actions we realize our own freedom which is self determination. In choosing a moral life-style, we are really defining a large part of ourselves. Any moral code we follow must be our own, not in the sense that we alone follow it, but in the sense that we have arrived at it through our powers of reason and reflection on our experience.

Eastern Perspective

For six different orthodox schools of thought in Hindu Philosophy the concept of free will entirely do not agree with each other.

Samkhya: Matter is without any freedom and soul lacks ability to control the unfolding of matter. The only real freedom consists in realizing the ultimate separateness of matter and self.

Yoga: Only Ishvara is truely free, and its freedom is also distinct from all feelings, thoughts, actions or wills and is thus not at all a freedom of will.

Nyaya and Vaisheshika: It strongly suggests a belief in determinism but doesn't seem to make explicit claims about determinism or free will.

According to Swami Vivekananda, "there cannot be any such things as free will, the very words are a contradiction, because will is what we know and everything that we know is within universe, and everything within our universe is moduled by conditions of time, space and causality... to acquire freedom we have to get beyond the limitations of this universe; it cannot be found here."

What Vivekananda actually meant by lack of free will was that the will was not free because it was heavily influenced by the law of cause-effect. But everyone is free to make such wills.

Vivekananda's Teacher Ramkrishna Paramhansha using an analogy said that man is like a cow tied in a pole with a rope. (Amount of freedom the rope provides - spiritual progress)

Mimansha, Vedanta and more theistic versions of Hinduism such as Shaivism and Vaishnavism have often emphasized on the importance of free will. The doctrine of karma requires both that we pay for our actions in the past and that our cations in the present be free enough to allow us to deserve the future reward of punishment those we will receive for our present actions.

  • Self determination Vs Incompetence

However, there are different believes which rest on the principles of self determination. "Nabiraunu Nadaraunu" a saying in Nepali context can best equate the essence of self determination. Self determination provides us the privilege to author ourselves. Such freedom will place heavy emphasis on self-growth, especially on increasing our knowledge and awareness of self. Self determination is concerned with the motivation behind the choices that people make. Self determination is about remaining ethical to the inbuilt purpose of ourselves.

Reference

Cline, A. (n.d.). About.com. Retrieved 04 25, 2011, from atheism.about.com: http://atheism.about.com/od/secularismseparation/a/SelfDetermin.htm

Nerney, T. (n.d.). ilru. Retrieved 04 25, 2011, from ilru.org: http://www.ilru.org/html/training/webcasts/handouts/2003/01-22-TN/challenging.html

Suber, P. (n.d.). Earlham College. Retrieved 04 26, 2011, from earlham.edu: http://www.earlham.edu/~peters/writing/emerson.htm

Wikipedia the free encyclopedia. (n.d.). Retrieved 04 24, 2011, from wikipedia.org: http://en.wikipedia.org/wiki/Dilemma_of_determinism#Free_will_is_generally_impossible

बायोग्यासका पिताको आत्मकथा


"डा. कार्कीले आफ्नो आत्मकथामा कृषि र बायोग्यास निर्माणको सन्दर्भलाई पहिलो पानादेखि अन्तिमसम्मै डोर् याउनुभएको छ । तथापि यो एउटा कृषि विशेषज्ञको जीवनको पुनरावलोकन जस्तो मात्र लाग्दैन । यसमा लेखक आफैं नायकको रुपमा प्रस्तुत भई आफ्नो स्फूरणबाट उतारिएका औपन्यासिक जीवनको छायाचित्र पाइन्छ ।"



साहित्य जीवनको भोगाइ हो । संघर्ष गर्दा मनमा उत्रेका भावनालाई कथात्मक रुपमा चित्रण गर्ने कला हो । अनि जीवनका अनौठा क्षणकहरुलाई पाठकसमक्ष समर्पण गर्ने सोचबाट उम्रने कल्पवृक्ष हो साहित्य । हरेक मानिसको भोगाइ र अनुभवलाई सँगालेर कलात्मक रुपमा प्रस्तुत गन सके त्यो साहित्य बन्दछ । यसअर्थमा प्रत्येक मानिसको जीवनमा साहित्य हुन्छ । त्यहाँ पात्र हुन्छ कथानक हुन्छ देश काल र परिस्थिति हुन्छ । यी सबै कुराको सुसंयोजनबाट एउटा साहित्यको स्वरुप निर्माण गर्न सकिन्छ । पात्रका तीतामीठा अनुभूतिले चाहीं त्यसमा रस भर्दछ । यहाँ त्यस्तै एउटा रसिलो साहित्यको चर्चा गर्न खोजिएको छ । कृषि क्षेत्रमा प्रशस्तै ख्याति कमाएका प्राज्ञ प्रा।डा। अमृतबहादुर कार्कीले आफ्नो आत्मकथाका माध्यमबाट नेपाली साहित्यमा अर्पण गर्नुभएको एउटा स्वादिलो कोसेलीको यहाँ संक्षिप्त परिचय दिन खोजिएको छ ।

ुमेरा कथाका तीतामीठा कुराहरु नामक यो आत्मकथा १५ अध्यायमा श्रृंखलित छ । ८९ पृष्ठ रहेको यस पुस्तकको बाहिरी आवरण हेर्दा कलात्मक विम्वहरुले कथाका तीतामीठा क्षणलाई दसा्रउन खोजेको जस्तो भान हुन्छ । यसै बर्ष पुष्पलता कार्कीद्वारा प्रकाशित यस पुस्तकमा सरल र सहज भाषाको प्रयोग भएको छ । सानो आकारमा भए पनि यसमा भएका रोचक प्रसङ्गहरुले पाठकको मन जित्ने प्रायः निश्चित छ । पुस्तकको भूमिकामा काठमाडौं विश्वविद्यालय भाषा तथा आमसाचार विभागका प्रमुख प्रा। डा। जङ्गब चौहानले नेपालमा वैकल्पिक ऊर्जा व्यवस्थापनका लागि बायोग्यासको महत्वलाई कोट्याउँदै लेखकको योगदानबारे संक्षिप्त चर्चा गर्नुभएको छ ।

आत्मकथामा लेखकले आफूलाई एक सफल कृषि वैज्ञानिकका रुपमा उभ्याउन सफल भएको देखिन्छ । बायोग्यासका पिता भनेर चिनिने डा। कार्कीको यो कृतिलाई उहाँले कृषि क्षेत्रमा पुर् याउनुभएको योगदानको चर्चाका रुपमा मात्र हेर्न मिल्दैन । नेताहरुलाई देशको राजनीतिक निकास र आर्थिक रुपान्तरणतर्फ ध्यानाकर्षण गराउने कडिको रुपमा समेत हेर्न सकिन्छ । बालबालिकाहरुका लागि यो पुस्तक प्रेरणाको स्रोत बन्न सक्छ जहाँ लेखक आफू भोजपुरको विकट ठाउँमा जन्मेर पनि विश्वका विभिन्न कुनामा पुगेको यथार्थ चित्रित छ । यसमा लेखकका केही आदर्श विचार संघर्षशील पाठकहरुका लागि अझ पि्रय बन्न सक्छन्- 'जीवन संघर्ष हो । हरुवा भएर बस्नु हुँदैन तर बुझ्नुपर्छ- सधैं सघर्ष गरेर जितिदैन । सितिमिति हरेस खाएर बस्नु पनि हुँदैन ।'

साहित्य लेखकको रुचिको विषय हो । आत्मकथामा प्रयोग भएको आत्मपरक भाषाशैली शब्दचयन र अर्को अध्यायसम्म केही रहस्यमै रहन बाध्य गराइ पाठकलाई आफ्नो बशमा राख्ने खुबीबाट लेखकको लेखनप्रतिको इच्छाशक्तिमात्र होइन साहित्यप्रतिको चेतनासमेत झल्काउँछ । भर्चुअल रियालिटीले घेरिसकेको साहित्यको उत्तर आधुनिक युगमा रचिएको भए पनि डा। गोविन्दराज भट्टराईले चर्चा गरेजस्तो यो कृतिमा भने अवास्तविक संसार देखिदैन । कलेज पढ्दादेखिको उहाँको प्रेम प्रसङ्ग कम्प्युटरको किबोर्डमा होइन मुटुको संवेदनाले भरिएको पत्रमा चित्रण हुन्छ । महाकवि लक्ष्मिप्रसाद देवकोटा लेखनाथ पौड्याल माधवप्रसाद घिमिरे धर्मराज थापा मोहन हिमांशु थापा जस्ता साहित्यकारहरु यस संस्मरणमा चरित्र बनेका छन् । विद्यार्थी जीवनमा देवकोटाका कविताप्रति लोभिएर रचिएको छन्दोबद्ध कविताले लेखकको साहित्ययात्राको झल्को दिन्छः

उज्यालो भयो हे उषाको भवनमा !

गजबको लालीमा छायो गगनमा ! !

विलाइ पो गइन् कि अँधेरी ती रात !

हँसिली खुसीली थिइन् क्या प्रभात ! !

नेपालमा बायोग्यासले कृषिमा ल्याएको परिवर्तनलाई यो कृतिले न्याय दिएको छ । यस्ता परिवर्तन र सफलतालाई सिर्जना र कलामा परिभाषित गर्न सक्नुलाई लेखकको अनुकरणीय क्षमता हो भन्नु अत्युक्ति नहोला । यसैगरी राजनीतिक साँस्कृतिक तथा अन्य क्षेत्रमा भएका आमूल परिवर्तनलाई साहित्यमा प्रवेश गराई जीवन्तता दिनतर्फ यो कृति उदाहरणीय नुमना बनेको छ ।

पाकिस्तान सरकारबाट प्राप्त छात्रवृत्ति अन्तर्गत कृषि विज्ञानमा बीएस्सी र एमएस्सी तथा प्रुान्सको सुविख्यात पाश्चर इ_िन्स्टच्युटबाट पिएचडी गर्नुभएका डा. कार्कीले आफ्नो आत्मकथामा कृषि र बायोग्यास निर्माणको सन्दर्भलाई पहिलो पानादेखि अन्तिमसम्मै डोर् याउनुभएको छ । तथापि यो एउटा कृषि विशेषज्ञको जीवनको पुनरावलोकन जस्तो मात्र लाग्दैन । यसमा लेखक आफैं नायकको रुपमा प्रस्तुत भई आफ्नो स्फूरणबाट उतारिएका औपन्यासिक जीवनको छायाचित्र पाइन्छ । यो लामो अतीतलाई धैर्यपूर्वक स्मरण गरी विस्तृत रुपमा लेखिएको कृति होइन । रेडियो कुराकानीलाई लिपिबद्ध गरी तयार पारिएको भए तापनि लेखकले यसलाई साहित्यिक कृतिका रुपमा चिनाउन सफल भएको पाइन्छ ।

जीवन यात्रा हो । अध्ययनका क्रममा होस् वा जागिरका कारण देश विदेशका विभिन्न ठाउँहरुमा विचरण गर्नुले लेखकको स्वच्छन्दतावादी चरित्र झल्काउँछ । पढाइको सिलसिलामा भोजपुरदेखि काठमाडौं र त्यहबाट पाकिस्तान प्रुान्स लगायतका ठाउँहरुको भ्रमणको सन्दर्भ केही अध्यायहरुमा मुख्य विषयवस्तु बनेका छन् । उहाँले एसिया अपि्रुका र ल्याटिन अमेरिकाका २० वटा भन्दा बढी मुलुकमा पाइला टेक्दा वायोग्यास प्लान्ट निर्माणको काम मात्र गर्नुभएको छैन त्यहाँको सामाजिक साँस्कृतिक र राजनीतिक पृष्ठभूमिबारे जान्ने मौका समेत पाउनुभएको छ । त्यसो त अरुको भाषा सिक्न विशेष रुचि देखाउने उहाँले संकलन गरेका केही उर्दू सायरीको प्रसंग पनि निकै घतलाग्दा छन् । भाषा सिकेर आफैं सायरी रच्न थालेपछि त उहाँले ुछुपे रुस्तमुको उपाधि समेत पाउनुहुन्छ ।

बहुआयामिक व्यक्तित्वका धनी भएकाले पनि लेखकले आफ्नो जीवन यात्रामा कृषिबाहेक साहित्य राजनीतिक भ्रमण लगायतका विषयलाई समेट्ने जमर्को गरेको देखिन्छ । अध्ययनका क्रममा छात्रवाणी साहित्यिक पत्रिकाको सम्पादन पाकिस्तानमा नेपाली विद्यार्थी समितिको अध्यक्ष लोयलपुर होस्टलमा मेस मास्टर बनेका प्रसङ्गले लेखकको नेतृत्वदायी भूमिकामा विशेष अभिरुचि भएको पुष्टि हुन्छ । अर्कातिर सन् १९९४ मा रुवाण्डामा भएको नरसंहारलाई संक्षिप्तमै भए पनि कथात्मक तवरमा प्रस्तुत गरिएको छ । नेपालको सशस्त्र द्वन्द्वसँग मेल खाने यो राजनीतिक द्वन्द्वमा ३ महिनाभित्र १० लाख मानिसले ज्यान गुमाए । पछि द्वन्द्वरत पक्षहरु आफैं मिलेर देशको आर्थिक रुपान्तरण र शान्ति स्थापनामा जुटेको उदाहरणले नेपालका राजनीतिक दलहरुलाई समेत घच्घच्याउन सक्छ ।

नेपाली साहित्यमा आत्मकथा लेखनको परम्परा पृथ्वीनारायण शाहको दिव्योपदेशबाटै सुरु भएको मानिन्छ । पछि चिराजीवी शर्माले लेखे । बालकृष्ण समले लेखे शंकर लामिछानेले लेखे । चन्द्रकान्ता मल्ल पारिजात विश्वेश्वरप्रसाद कोइरालाले लेखे । अरु पनि धेरैले लेखे । नेपालबाहिरका विश्वचर्चित आत्मकथाहरुले पनि नेपाली भाषामा प्रवेश पाएका छन् । साहित्य समाज राजनीति धर्म कला संगीत विज्ञान आदिका क्षेत्रमा केही विशेष योगदान भएमा मानिसले आत्मकथा लेखेको पाइन्छ । त्यसो त एउटा तीक्ष्ण ऐतिहासिक चेतनाले निर्देशित भई कुनै पनि लेखकले आफ्नो वृत्तान्त लेखेको हुन्छ । ुमेरा कथाका तीतामीठा कुराहरु पनि एउटा त्यस्तै कृति हो जहाँ भविष्यका पाठकलाई सम्झेर लेखकको जीवनका महत्वपूर्ण पक्षहरु उद्घाटन गरिएका छन् ।



वैशेषिक दर्शन र परमाणुवादको प्रागकल्पना

हिन्दू धर्मशास्त्र अनुसार प्रमुख ६ वटा दर्शनहरुमध्ये वैशेषिक दर्शन पनि एक महत्वपूर्ण वैदिक दर्शन मानिन्छ । अणुवादका प्रवर्तक कर्णाद अर्थात अक्षपादद्वारा प्रवर्तित वैशेषिक दर्शनले जीवन र जगतका बारेमा प्रस्तुत गरेको व्याख्या धेरैजसो हिन्दू धर्मवालम्वीहरुको जीवन पद्दतिमा एउटा महत्वपूर्ण नीतिशास्त्रकै रुपमा स्थापित भएको छ ।
परमाणु वा अणुवादलाई आफ्नो मूख्य विषय बनाएको यो दर्शनले मूलतः वास्तविक जीवनका उतारचढावहरुलाई बुझ्न आत्मज्ञान प्राप्ति आवश्यक हुने कुरामा जोड दिएको छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ईश्वरीय शक्तिको चर्चा गरेको पाइन्छ ।
स्कन्दपुराणका अनुसार शीवका भक्त अक्षपाद वा कर्णादद्वारा रचित वैशेषिक सुत्रको प्रशस्तपादभाष्य वा पदार्थधर्मसङ्ग्रह भन्ने प्रशस्तपादद्वारा लिखित चर्चित ग्रन्थ हालसम्म पनि उपलब्ध छ । निबन्धात्मक शैलीमा लेखिएको यो कृति बि।स।sाे पाचौं शताब्दीतिर रचिएको भए पनि वैशेषिक सुत्रको चर्चा गर्ने यस शुत्रग्रन्थको शंकर मिश्रले बनाएको शुत्रको व्याख्या सरलिकृत गरिएर लेखिएको हुनाले वर्तमान अवस्थामा पनि यो एउटा चर्चाको विषय बन्दै आएको छ । ुवैशेषिकसूत्रोपस्कारु भन्ने उक्त व्याख्या भने विक्रमको १५ औं सतकतिरको मानिन्छ । विशेषगरी यस वैशेषिक दर्शनले द्रव्यहरुमा परस्पर भेद गराउने र ुविशेषु भन्ने छुट्टै पद मान्ने हुनाले यस दर्शनलाई वैशेषिक दर्शन भनिएको हो ।
वैशेषिक दर्शनको निर्माण न्याय दर्शनभन्दा पहिले नै भएको हो । त्यसैले तर्कशास्त्रका आलोचक तथा सुधारकका रुपमा आएका कतिपय दार्शनिकहरुको न्याय दर्शन वैशेषिक दर्शनभन्दा पहिले नै निर्मित भएको हो भन्ने भनाइलाई खासै महत्व दिइँदैन । त्यसो त यो दर्शन बौद्ध तथा जैन दर्शनभन्दा पनि अघिको मानिन्छ । न्यायशास्त्रले कर्णादको पदार्थधर्मग्रन्थसंग्रहमाथि कुनै पनि प्रभाव नपारेको बरु गौतमको न्याय शुत्र तथा वात्श्यायनको भाष्य वैशेषिक मतबाट प्रशस्त मात्रामा प्रभावित भएको तथ्यले वैशेषिक दर्शनलाई अन्य दर्शनहरुमध्ये जेठो दर्शनका रुपमा स्थापित गरेको पाइँन्छ ।
हुन त वैशेषिक दर्शन अरु दर्शनहरुभन्दा जति भिन्न देखिन्छ ती दर्शनहरुबीच त्यत्तिकै समानता पनि पाइन्छ । बौद्ध दर्शनमा उल्लेख भएको ुनिर्वाणुको प्रागकल्पना प्रागकल्पनाको विकास वैशेषिक दर्शनको असत्कार्यवादको प्रागकल्पनासँग मिल्दोजुल्दो भएको कुरा पुष्टि हुन्छ । जैनहरुका ुआस्थिकायु तथा उनीहरुको परमाणुवाद प्रागकल्पना पनि वैशेषिक दर्शनमै आधारित भएको पाइन्छ । लङ्कावतारसुत्रमा पनि परमाणुवादको संकेत पाउन सकिन्छ । जैनहरुको एउटा परवर्ती ग्रन्थ ुआवश्यकु रोहगुणको वैशेषिक दर्शनको रचयिता मानिन्छ जसलाई जैन धर्मको छैठौं विभेदको धर्मगुरु मानिन्छ । यद्यपि उक्त ग्रन्थको वैशेषिक विचार सम्बन्धको आख्यान कर्णादकै योजनाको अनुकुल छ । तर यस दावीलाई वैशेषिक दर्शन जैन दर्शनको नै एउटा शाखा हो भनेर प्रमाणित गर्न ज्यादै कठीन हुन्छ । जैन र वैशेषिक दर्शन दुवैमा एउटै प्रकारको परमाणुवादको प्रागकल्पनाको चिन्तन पाइने भएकाले यी दुई दर्शनबीचको परस्पर सम्बन्धलाई वर्तमानका दार्शनिकहरुले आफू-अनुकुल नै व्याख्या गर्दै आएको पाइन्छ । किनकि यी दुवैको विचारमा मौलिक भिन्नता पाइन्छ । जनमतको अनुसार गुणको दृष्टिबाट परमाणु एक समान छ । प्रत्येक परमाणुमा रङ रस गन्ध पर्श तथा शब्दको उत्पादनको क्षमता विद्यमान रहिरहन्छ । तर पनि त्यो निशब्दः छ । वैशेषिक शब्दको मतमा गुणको दृष्टिबाट परमाणुमा भेद छ । वैशेषिकवादीहरु वायू जल पानी अग्नी र पृथ्वी यी आदिहरुको पनि परमाणुको सत्ता छ । उसको हिसाबमा १ २ ३ अथवा ४ सामान्य गुण राखिएको छ शब्दको साथ त्यसको कुनै सम्बन्ध छैन । परमाणुवादको प्रागकल्पना द्रव्यहरुमा वर्गिकरण र ज्ञानको साधनको स्वीकृति बलपूर्वक यस्ता संकेत प्रशस्तै रुपमा गरिएको देखिन्छ । वैशेषिक दर्शनका विभिन्न भाष्यहरुमा पाइने यिनै प्रमाणलाई आधार मानेर हेर्दा वैशेषिक दर्शनको रचना बुद्ध र महावीरको समय अर्थात इ।सा। पूर्वको पाचौं वा छैटौं शताब्दीतिर भएको पाइन्छ ।
वैशेषिक दर्शनमा प्रत्यक्ष र अनुमान गरी २ प्रमाण मात्रै स्वीकार गरिएको छ । यहाँ द्रव्यलाई पृथ्वी जल तेज वायू आकाश काल दिशा आत्मा मन आदिलाई द्रव्यका रुपमा स्वीकार गरिएको छ भने गन्ध रस रुप पर्श शब्द ज्ञान इत्यादिलाई गुण मानिएको छ । त्यसैगरी जातिविशेष र समवाय यी पदार्थको तत्वज्ञान भई संसारलाई दोषपूर्ण देखेर विरक्त भएपछि मनुष्य आत्मज्ञान प्राप्त गरी सुख दुःख इच्छा द्वेष आदि सबै आत्माविशेष गुणहरुको निमूल हुँदा मुक्त हुन्छ भन्ने सिद्धान्तलाई यस दर्शनले प्रतिपादन गरेको छ । वैशेषिक मतानुसार शरीर इन्द्रियहरु र भोग्य विषयहरु पृथ्वी जल तेज वायू र आकाश गरी पाँच महाभूतबाट बन्दछन् । यस दर्शनले प्रतिपादन गरेका विषयहरु वेदले जीवन र जगतका बारेमा ल्याएका कतिपय प्रमाणहरुभन्दा भिन्न देखिए पनि वा यस दर्शनले वेदलाई स्वतन्त्र रुपमा प्रमाण नमान्ने भए पनि यसलाई वेदविरोधी भने मानिदैन ।
यस दर्शनका अनुसार सबैभन्दा सुक्ष्म वस्तु परमाणु हो जुन न त उत्पादन गर्न सकिन्छ न त विनाश नै गर्न सकिन्छ । प्रत्येक परमाणुमा आफ्नो छुट्टै विशेषता हुने भएकाले यी परमाणुहरुको मिलनबाट बनेका नयाँ वस्तुहरुमा पनि भिन्नता पाइन्छ । तिनै परमाणुहरुको विशेषताबाट यी वस्तुहरुको विशेषता निर्धारण हुन्छ । यस दर्शनले प्रत्यक्ष र अनुमान गरी दुईवटा माध्यमबाट सर्वमान्य ज्ञान हासिल गर्ने कुरालाई मुख्य आधार बनाएको छ जुन आधुनिक समयमा पनि सान्दर्भिक हुन आउँछ । विज्ञान र भौतिक संसारलाई मान्यता दिनेहरुका लागि ुप्रत्यक्षु माध्यम प्रभावकारी देखिन्छ भने ुअनुमानुले अदृश्य वा भावनात्मक संसारका मूल्य मान्यताहरुलाई सत्य प्रमाणित गर्न सही कारणको खोजी गर्दछ । यी दुवै माध्यमबाट मानिसले आफ्नो आध्यात्मिक चिन्तनलाई अङ्गाल्दै भौतिक संसारमा जीवन गुजार्न सक्षम हुन्छ भन्ने प्रमाणलाई यस दर्शनले व्याख्या गरेको छ । यसरी हेर्दा वैशेषिक दर्शनले गरेको परमाणुवादको प्रागकल्पनाले वैज्ञानिक धरातललाई समेत एउटा बलियो आधारस्तम्भ निर्माण गरिदिएको छ । तसर्थ यसले आध्यामिक तथा भौतिक रुपमा मानव समाजलाई विकास सभ्यताको मार्गतर्फ उन्मुख गराएको पाइन्छ ।

मेरो जीवन मेरो यात्रा

म सानो छँदा

पहाडजस्तो जताततै पर्खाल हुँदैन तराईमा । आँखाले भ्याएसम्म टाढा हेर्न सकिने समथल जमिनमा
अन्नबालीको बयेलीसँगै मनभित्रका स्पन्दनहरु समुन्द्रका छालझैं बग्दछन् । तराईको अथाह सौन्दर्य चिया गान र अन्नबालीलॆ झल्काउँछ । सुन्दर युवतीले फरिया बेरेझैं नागबेली खोलाको बगरले तराई बेरिएको हुन्छ । सुनसावनजङ्गलमा किराफट्याङ्ग्रा र चराचुरुङ्गीको किरकिर र चुरचुर आवाज प्राकृतिक धुन बनेर गुन्जिरहेको हुन्छ । तराई यस्तै हुन्छ । मेरो मानसपटलमा तराईको आकृति यस्तै चित्रित छ । म हुर्केको ठाउँ । मैले खेलेको ठाउँ । भोजपुर जिल्लाको कुनै विकट गाउँमा म जन्मेको भए पनि मलाई आफू जन्मेको ठाउँ थाहा छैन । मेरो स्मृतिले भ्याएसम्म म आफू तराईमै हुर्केको सम्झन्छु । मेरा लागि पहाडभन्दा बढी तराई नै रमणीय छ । स्वर्गतुल्य छ । सहरी जीवनको गन्ध नमिसिएकाले पनि मेरा लागि यो धेरै प्राकृतिक र सुगन्धित छ ।

तराईको एउटा जिल्ला झापा । झापाको हल्दिबारी गाविस वडा नं ३ मा रहेको भेलागुडी जङ्गलको शीर मेरो गाउँ । म त्यहीं हुकें । मलाई थाहा छ । श्री सरस्वती प्राथमिक विद्यालयको कक्षा १ मा पढ्दा मेरी आमाले भन्नुभए अनुसार म ५ बर्षको थिएँ । खेतका गरैगरा हुँदै घर पुग्दा म सयौं आली नाघ्ने गर्थें । प्रत्येक आली नाघ्दा मैले दुई एकान दुई दुई दुना चार भन्दै नौ दशन नब्ने सम्म पुर् याउँथे । कहिलेकाही स्कुलबाट भाग्दा मज्जा आउँथ्यो । अनि साथीसँग मिलेर खोलामा
पौडी खेल्नुको मज्जै बेग्लै । बर्षाको भेलमा हामी निडर भएर पस्थ्यौं । पौडनु हाम्रो कला थियो । खोला जतिसुकै गहिरो भएपनि हामी पानीमा तैरिएकै हुन्थ्यौं ।

दिदी र भान्दाजुले पछि कर गरेर मलाई बोर्डिङ स्कुलमा पढाउन बुबालाई सहमत गराउनुभयो । त्यतिबेला मैले सरकारी स्कुलको कक्षा २ पढिसकेको थिएँ । त्यही साल म आदर्श इङ्गलिस बोर्डिङ स्कुलमा एलकेजीमा भर्ना भएँ । ७ बर्षको उमेरमा म घरबाट ५ किलोमिटर टाढा रहेको बोर्डिङ स्कुल धाउन थालेँ । गाउँबाट बोर्डिङ स्कुल पढ्ने पहिलो व्यक्ति म नै भएँ । साथमा भान्दाजूको छोरो मेरो भतिज - सुमन थियो । सरकारी स्कुल पढेकाले एबीसीडी गाह्रो होला भन्ने लागेको थियो । बोर्डिङमा भर्ना हुन जाने दिन मेरो माइलो दाजूले मलाई डर देखाउनुभएको थियो 'बोर्डिङमा त सरले बेल्टले पिट्छन् रे ।' मलाई निकै डर लागेको थियो । तर मेरो लगनशीलता र मिहेनतले मलाई प्रायजसो जहिल्यै सजायबाट मुक्त गराउँथ्यो । म मनिटर हुन्थें धेरैजसो कक्षामा फस्ट भएकाले । हल्ला गरे भने बरु अरुलाई पिट्न पाइन्थ्यो । पहिलो बर्षको परीक्षामा म प्रथम भएँ । अनि एउटा कक्षा फड्किएर मैले पुनः १ कक्षामा पाइला टेकेँ ।

आदर्श इङ्लिस बोर्डिङ स्कुल म पढ्ने विद्यालय । साथीभाइसँग स्कुलमा खेल्दा निकै रमाइलो हुन्थ्यो । मन परेको विषय पढ्न पनि आनन्दै आउँथ्यो । अझ पढाउने मान्छे पनि रमाइलो स्वभावको गल्ती भए पनि खासै सजाय नदिने खालको भए त झन् राम्रो । म कविता लेख्थें कक्षा ३ मा पढ्दादेखि नै । कक्षा ६ मा पढ्दासम्म पनि स्कुलको शुक्रबारे कार्यक्रममा मेरा कविता सुन्न रुचाउनेहरु धेरै हुन्थे । मेरा कविताहरु धेरैजसो हसाउने खालका हुन्थेः

भेलागुडी जङ्गलमा बाँदर फर्क्याकफुक्रुक
कु्र्सि दिने चलन छैन बस टक्र्याकटुक्रुक
चुँई चुँई चुँई चुँई चुँइकिने जुत्ता
फाटेको जुत्ता देखिन्छ खुट्टा
न एता न उता

सानैदेखि साहित्यप्रतिको रुचि पछिसम्म रहिरह्यो । कविता वाचन निबन्ध लेखन जस्ता प्रतियोगितामा भाग लिएका केही प्रसंगहरु पछि पनि कोट्याउनेछु । तर अहिले एउटा कुरा भनिहाल्न मन लाग्यो । म बोर्डिङ स्कुलको कक्षा तीनमा पढ्दा एक जना नयाँ शिक्षक आउनुभयो । सबैको परिचयसँगै आ-आफ्नो लक्ष्य पनि सोध्नुभयो । कसैले डाक्टर बन्छु भने । कसैले ईाजनियर । मेरो पालो आयो । मैले पनि आफ्नो लक्ष्य केही अघिदेखि नै तय गरिसकेको थिएँ । मैले भनें- 'म त भविष्यमा ठूलो कवि बन्छु ।' सबैले मेरा कविताको प्रसंशा गरेकाले पनि ममा साहित्यकार बन्ने रहर पलाएको हुनुपर्छ । मेरो कुरा सुनेपछि हाँस्दै शिक्षकले भन्नुभयो- 'कवि बनेर के गर्छौ कविले त धेरै पैसा कमाउन सक्दैनन् ।' त्यसै दिनदेखि मैले पनि मेरो लक्ष्य कविबाट डाक्टर बन्नेतिर सारेँ ।

मेरो चकचक

सानामा मलाई सबैले सोझो भन्थे । म पनि मानिसहरुसँग बोल्न वा गफ गर्न खासै मन पराउँदैनथेँ । अरुका कुरा नै बढी सुन्थें । अरुका अगाडि म निकै भलाद्मी र अनुशासित हुने प्रयास गर्थें । त्यसैले कसैले मलाई चकचके होला भन्ने शंका गर्दैनथे । साच्चिकै म अरुका अगाडि निकै भलाद्मी नै देखिन्थें । वास्तविकतामा म निकै चकचके थिएँ । तर अरुभन्दा फरक खालको भन्दा फरक नपर्ला ।

एकदिन बुबाले नया रेडियो ल्याउनुभयो । ल्याएकै दिनदेखि ममा उत्सुकता जाग्न थाल्यो । त्यसभित्र कस्ता कस्ता सामान होलान् भन्ने जान्न मन लाग्यो । भोलिपल्ट रेडियो लिएर म आफ्नो कोठाभित्र पसें । हँसियाको प्रयोगले सबै पेच खोलें । भित्र रहेको चुम्बकले मेरो हँसिया तान्यो । मेरो ध्यान पनि त्यही चुम्बकतर्फ तानियो । केहीछिन पछि बुबा आउनुभएको थाहा पाएर हत्तारहत्तार रेडियोको सबै पेच कसें र पहिलाकै ठाउँमा झुण्डाइदिएँ । बेलुका बुबाले समाचार सुन्न खोज्दा रेडियो बजेन । मनमा निकै डर लागिरहेको थियो । भोलिपल्ट बुबाले भन्नुभयो 'ए कान्छा रेडियो बजेन के भएछ हेर हेर ।' मैले थाहा नपाएझैं गरी भने- 'भित्र कतै तार खुस्क्यो होला ।' अनि बुबाले मलाई नै रेडियो खोल्न लगाउनुभयो । मैले फेरि अर्कोपल्ट रेडियो खोल्ने मौका पाएँ । हत्तार गर्दा आफैंले स्पिकरको तार काटेको रहेछु । तार जोडेर रेडियो बजाइदिएँ । अनि त बुबाको अगाडि म रेडियो बनाउन जान्ने पो भएँ ।

स्कुल जाँदा पनि बाटोमा धेरै खालका चकचक गरें । तर घरमा कसैले थाहा पाउँदैनथे । न त स्कुलमै कसैलाई पत्तो हुन्थ्यो । एकदिन म र मेरो भतिज हिँडेर स्कुल जाँदै थियौं । नालीमा ४-५ वटा हाँस खेलिरहेका थिए । भतिजले सानो ढुंगा टिपेर हाँसलाई हान्यो । हाँसलाई छोएन । अनि म अघि सरें । 'हेर म लगाउँछु' भन्दै मैले अर्को ढंुगा टिपेँ । हाँसलाई ताकेर हानेको टाउकामा लागेर पर्लक्कै ढल्यो । हाँस त उत्तानो परेर छट्पटाउन थाल्यो । पछि थाहा पाएँ । मैले ठूलो ढुंगा टिपेको रहेछु । नजिकै राजवंशी गाउँ थियो । नभन्दै एकजना मान्छे हाँस कसले मार् यो भन्दै आयो । मैले १०० मिटर पर हिँडिरहेको अर्को साथीतिर देखाउँदै भनें 'ऊ त्यसले हो ।' त्यो मान्छे कुदेर ऊतिर लाग्यो । हामी बाटो परिवर्तन गरेर खेतैखेत लाग्यौं । खेतको बाटो जानु अर्को मजा थियो । बारीमा फलेका काँक्रा र बोडी टिप्न पाइन्थ्यो । कहिलेकाहीं त स्कुलबाट फर्कदा भोक मेटाउने उपाय नै त्यही हुन्थ्यो । म बेला बेलामा बुबाको कोटको खल्ती पनि छाम्थें । अलिक बाक्लो भए एउटा नोट निकाल्दा थाहा हुँदैन भन्ने लाग्थ्यो । पातलो भए त्यसै मन बुझाउँथे । तर मेरो जीवनमा पैसा चोर्नु एउटा अविस्मरणीय क्षण बनेको छ । त्यो चाहीं पछि अर्को प्रसंगमा जोडौंला । अहिलेलाई मेरो चकचक यत्ति नै ।

म जेहेन्दार विद्यार्थी

स्कुलमा म सधैं जेहेनदार विद्यार्थीका रुपमा चिनिन्थें । कक्षामा प्रश्न सोध्ने र पढाइतर्फ ध्यान दिने गर्थें । कक्षा ८ तिर विज्ञान विषय मलाई निकै मन पर्न थाल्यो । विभिन्न विरुवाका वैज्ञानिक नाम पढ्न घरछेउको जंगल र खोलाको किनारमा रहेको घाँसे मैदान मेरा लागि निकै सहयोगी बने जहाँ बसेर म दिनभर अध्ययन गरिरहन्थें । गणीत विषय पनि म अभ्यास गरिरहन्थे । सरले भोलि पढाउने हिसाब म आजै विभिन्न तरिकाबाट गर्ने प्रयास गर्थें । पढाइबाहेक अतिरिक्त कि्रयाकलापमा म प्रायजसो सहभागी भएकै हुन्थें । मैले कक्षा ४ मा पढ्दा जिल्ला खानेपानी कार्यालयले गरेको हाजिरी जवाफमा तृतीय पुरस्कारस्वरुप पाएको अंग्रजी शब्दकोश म अचेल पनि कहिलेकाहीं प्रयोग गर्छु । कक्षा ६ पछि मैले फेरि स्कुल परिवर्तन गरी विभूति विद्या मन्दिरमा नाम लेखाएको थिएँ । यो स्कुल म दुई बर्ष पढें र सबैभन्दा धेरै प्रतियोगितामा सहभागी भई पुरस्कार तथा प्रमाणपत्र पनि यसैबेला बटुलें ।

यही प्रसंगमा दुई वटा कुरा भन्न मन लाग्यो । एउटा चाहीं निबन्ध लेखनको जुन मैले माथि पछि भनौला भनेको थिएँ । म आठ कक्षामा पढ्थें । प्रधानाद्यापकले मलाई तेइसौं विश्व खाद्य दिवसको अवसरमा आयोजित माध्यामिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा पठाउने निर्णय गर्नुभयो । प्रत्येक स्कुलबाट दुई जना सहभागी हुनेमा विभूति विद्या मन्दिरका लागि म एक थिएँ भने अर्की सहभागी कक्षा ९ की छात्रा थिइन् । म प्रतियोगिताका लागि जान सहमत हुँदासम्म निबन्धको शीर्षक मलाई थाहा थिएन । सरले शीर्षक भन्नुभयो 'अन्तराष्ट्रिय सहकार्य र एकता भोकमरि बिरुद्धको आवश्यता' । मलाई शीर्षक नै बुझ्न गाह्रो लाग्यो । अनि सरले सहकार्यको अर्थ बुझाउनुभयो र महत्वपूर्ण केही बुँदाहरु पनि भन्नुभयो । बाटोमा जाँदा सरले मलाई भन्नुभो 'तिमीले चाहीं कक्षा १० दस लेख्नु है ।' प्रतियोगिता हुन केही समय छँदै हामी विरेन्द्र मावि पुग्यौं जहाँ उक्त प्रतियोगिता हुन लागेको थियो । त्यहु पुग्दा अरु विद्यालयका सहभागीहरु कापीमा लेखेर ल्याएको निबन्ध घोकिरहेका थिए । त्यसैबखत मैले एउटी छात्राको कापीमा च्याएँ र केही तथ्यांक दिमागमा छिराइहालें । निर्धारित समयभित्रै मैले फुलिस्केपको ४ पाना भरें । केही दिनपछि नतिजा आयो । म दोस्रो भएछु । अनि मेरै विद्यालयकी कक्षा ९ की अर्की छात्रा चौथो भइछिन् । प्रमाणपत्रसहित मैले ६ सय रुपैयाँ पुरस्कार पाएँ र आफूलाई आवश्यक 'साइन्टिफिक क्यालकुलेर' पनि त्यसैदिन किनिहालें ।

अर्को रोचक कुरा चाहीं खेलकुद सप्ताहको हो । फुटबलमा म सधैं 'ब्याक्की' बस्थें । कसैले बल लिएर आयो भने लडाइहाल्थें । तर कि्रकेटमा रुचि भएपनि पहिले धेरै नखेलेकाले त्यति आउँदैनथ्यो । तर पनि सहभागी हुन मन लाग्यो र आफ्नो सदनमा कि्रकेटका लागि नाम लेखाइहालें । सबैको पालो सकियो । ८० रन जोड्दै सबै ब्याट्समेन आउट भएपछि मेरो पालो अन्तिममा आयो । १ ओभर बाँकी थियो । मैले आँखा चिम्लेर ब्याट चलाउँदा पहिलै बलमा चौका भएछ । अब त म झन् हौसिएँ । अफतिरको बाउण्ड्री लेगको भन्दा नजिकजस्तो लाग्यो । अनि यतै हान्नुपर् यो भनेर लेगको बल पनि अफतिर हिर्काएँ । 'छक्का !' भन्दै साथीहरु चिच्याउन थाले । बाँकी बलमा अर्को चौकासहित ८ रन जोडेर मैले मात्र १८ रनको योगदान दिएँ । दोस्रो इनिङस्मा टार्जेड पूरा गर्न एक रन बाँकी छँदै अलआउट भए र जित पनि हाम्रै भयो ।

विभुति विद्या मन्दिरको मेरो विद्यार्थी जीवन निकै रमाइलो थियो । सायद मिठा कुरा थोरै प्राप्त भएजस्तै विभुति पढ्दाको रमाइलो पल पनि मलाई छोटो लाग्यो । कक्षा ९ र १० मैले बनेपाको विद्या सागरमा पढें । झापाबाट एकाएक म काभ्रे पुगें । काभ्रेमा ६ बर्ष बस्दा ममा केही परिपक्वता व्यवहारिकता र आत्मनिर्भर बन्ने प्रेरणा जस्ता कुराहरु थपिए । यसैबीच मेरो एसएलसी प्लस टु र थोरै व्यवसायिक यात्राको थालनीबारे केही प्रसंगहरु बटुल्नेछु । तर त्यसभन्दा पहिले केही पारिवारिक कुराहरु नै उल्लेख गरौं ।

म 'सानोकान्छो'

मेरी आमा निरक्षर हुनुहुन्छ । तर उहाँले गाउने 'चरीको बिहे' मलाई विशेष मनपर्छ । बुबाको पेसा किसानी । खेती गरेरै ठूलो परिवार पाल्नु र त्यसैबाट सबैका आवश्यकता पूरा गर्नु उहुका लागि त्यति सहज थिएन । मेरा ३ दिदीहरु गोमा रमा र रिमा । गोमा मेरी ठूली दिदी । मैले थाहा पाउँदासम्म उहाँको बिहे भइसकेको थियो । कहिलेकाही उहाँ माइत आउँदा हामी 'पहाडबाट ठूल्दिदी आउनुभयो' भन्थ्यौं । आफूले पढ्न नपाए पनि भाइबहिनी पढाउन पाइन्छ भनेर उहाँले नै बुबालाई पहाडबाट तराई झर्न कर गर्नुभएको रे । तर तराई आएकै बर्ष उहाँको बिहे भएछ । अनि फेरि उहाँ ताप्लेजुङ पुग्नुभएछ । मेरो ठूलो दाजू रमेश । उहाँलाई बुबाले विशेष माया गर्नुहुन्थ्यो । त्यही भएर पनि होला उहाँले एसएलसी पास गर्न सक्नुभएन । म सानो छँदै उहुले पनि बिहे गर्नुभयो र अहिले छुट्टै घरजम गर्नुहुन्छ । अरु दुई दिदीमध्ये रमा दिदी एसएलसी पास गर्ने गाउँकै पहिलो व्यक्ति हुनुभयो । काम पनि उहाँ नै धेरै गर्ने । घरका सबै काम भ्याएर पढ्न जानुपर्ने । माइलो सन्तान भएर होला माइलो दाजू नारायणले जति हलो जोत्ने काम अरुले गर्नुपरेन । क्याम्पस पढ्ने अवसर पाएरै पनि उहाँले त्यता ध्यान दिनुभएन । मेरी सानी दिदी रिमालाई म धेरै हेप्थें । कतिपल्ट त कुस्ती नै खल्थ्यौं । रीस उठेको बेला मैले उहुलाई गाली गरेका शब्द सम्झँदा अहिले पश्चाताप हुन्छ । उहाँ प्राय मेरो 'गेटअप'को आलोचना गर्नुहुन्थ्यो । अहिले बुझ्दा भाइ अलिक 'फेसनेबल' नै होस् भन्ने उहाँको अभिप्राय रहेछ भन्ने लाग्छ । म नजन्मदै मेरो माइलो दाजूले 'कान्छो' उपाधि पाइसक्नुभएको रहेछ । म जन्मेपछि उहाँ 'ठूलोकान्छो' हुनुभयो । अनि म चाहीं 'सानोकान्छो' । सबैभन्दा कान्छो भएकाले मैले अरुको जति काम गर्नुपरेन । पढेमात्र पनि पुग्थ्यो । कहिलेकाही बाख्रा सार्न जाँदा भने निकै सास्ती भोग्नुपथ्र्यो । बाख्राको घाँटीमा झुण्डाएको डोरीको अर्को छेउमा किला हुन्थ्यो र घाँस भएको ठाउँ खोजेर किला गाडे पुग्थ्यो । तर किला गाड्न ढुंगाले ठोक्नुपथ्र्यो । धेरै वटा बाख्रा हुँदा आपत । चउरमा बाख्रा पुर्याएर ढुंगा खोज्न जाँदा एउटा बाख्रो एकातिर कुद्थ्यो अर्को अर्कातिर । अनि बल्ल बल्ल समातेपछि रीस मरुन्जेल बाख्रालाई कुटेर घर फर्कन्थें । यो बाहेक मैले हलो जोत्ने काम पनि गरेको छु । तर कहिलेकाहीं मात्र । बर्षामा भेल आउँदा खोलाले बगाएर ल्याएका दाउरा तान्न सके ठूलै काम गरेकोजस्तो लाग्थ्यो । एकदिन मेरो ठूलो भान्जो र मैले खोलाले बगाउँदै ल्याएर एउटा सखुवा पारीपट्टी किनारा लाएको देख्यौं । सखुवा देखेर खोलामा हाम फाल्यौं । भेल ठूलै रहेछ । बल्लबल्ल पारी पुगियो । सखुवा तान्न खोज्दा त ठूलो रुखै रहेछ । हामी दुवैले बल गर्दा पनि चटपटाएन । त्यहीबेला बुबाले मलाई घरबाट बोलाइरहनुभएको सुनें । अब भने खोला तर्न पनि डर लाग्यो । पुलबाट जानलाई पनि पुग्नै एक घण्टा लाग्ने । अनि त पौडन करै लाग्यो । पौडदापौडदै हातखुट्टा गलेर खत्रक्क भए । पारी पुग्न अझै आधा थियो । तर पनि हार खाइनँ । भाग्यवश मूल भुल्कोमा पुगेपछि खोलाले नै मलाई किनारतिर हुत्याइदियो । जसोतसो पारी पुगेँ । अनि सोचें - 'धत् धन्नले बाँचे ।'

बुबालाई दमले सताउन थालेको करिब ७ बर्षै भएको थियो । रोगले च्याप्तै ल्याएपछि २०६० सालमा उहाँ परलोक हुनुभयो । त्यसपछि मेरो पढाइका लागि परिस्थिति केही प्रतिकुल बन्न थाल्यो । त्यसैबेला माओवादीले बोडिङ स्कुल सबै बन्द गर्ने हल्ला फिँजायो । मैले पनि आफ्नो बाटो पहिल्याउन थालें जसकारण म झापाबाट काभ्रे जिल्लातर्फ लागें । अहिलेसम्म पनि म आफ्नो पढाइलाई काभ्रेमै निरन्तरता दिइरहेको छु । यहाँचाही मेरो अध्ययनका लागि रमा दिदीले साथ दिइरहनुभएको छ । भिनाजुको पत्रकारिता पेशाका कारण काभ्रे आउनुभएकी उहाँ अहिले आफू पनि सोही पेसामा संलग्न हुनुहुन्छ ।

मेरो काभ्रेली अनुभव

कक्षा ९ र १० पढ्न म बनेपाको विद्यासागर स्कुल जान थालें । यस स्कुलका प्रधानाध्यापकले मेरो ८ कक्षाको नतिजा हेरिसकेपछि सहयोगस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरी ठूलो गुन लगाउनुभयो । पढाइप्रति विशेष ध्यान दिने समय भएकाले यो समय त्यति रमाइलो भने भएन । हुन पनि आफूले चिनका हितैषी साथीहरु मैले झापामै छाडेर आएकाले साथी चिन्न पनि दुई बर्ष पर्याप्त थिएन । एसएलसीमा सोचेजस्तो सफलता हात नपरे पनि राम्रै अंक ल्याएर पास भएँ । यसबेलासम्म मैले धेरै पटक आफ्नो लक्ष्य परिवर्तन गरिसकेको थिएँ । कहिले डाक्टर बन्ने त कहिले ईन्जिनियर । कहिले त वैज्ञानिक बनौं कि जस्तो पनि लाग्थ्यो । चाटर्ड एकाउण्टेन्टले पनि पैसा राम्रै कमाउँछन् रे भनेको सुन्दा कहिले चाहीं त्यतै पो लागौं कि भन्ने सुर चल्थ्यो । तर क्षमता भए पनि एकाउण्टतिर मेरो त्यति रुचि थिएन । एसएलसी परीक्षाको नतिजा आएपछि म थप दोधारमा परें, कुन विषय पढ्ने भनेर । कतै पनि भनेजस्तो नहुने । कहिले के समस्या कहिले के । नभन्दै मैले एउटा नयाँ विषय रोजें - आम साचार र पत्रकारिता । अनि म नजिकै रहेको काभ्रे बहुमुखी क्याम्पस धाउन थालें । त्यहाँ धेरै मिहेनत गर्नुपर्ने देखिनँ । म कक्षामा बस्नुको सट्टा बनेपाको एउटा कम्प्युटर इस्टिच्युट धाउन थालें ग्राफिक्स डिजाइन सिक्नलाई्र । पत्रकारिता विषय पढ्न थालिसकेपछि त्यसको अभ्यास पनि किन नगर्ने भन्ने लाग्यो र म रिपोर्टिङमा जाने भएँ । मैले कुशेऔंशीको दिन एउटा समाचार लेखें । समाचारको शीर्षक थियो - 'दृष्टिविहीनले पनि हेरे बाबुको मुख' । दिनभर पत्रकारिता गर्न थालेपछि क्याम्पस जाने कुराले कम प्राथमिकता पाउन थाल्यो । तर पनि मैले ११ र १२ दुवै कक्षाको परीक्षामा 'क्याम्पस टप' गरें ।

मेरो पत्रकारिता यात्रा

मेरो पत्रकारिता यात्रा भने मैले उक्त विषय पढ्न सुरु गर्नु भन्दा धेरै पहिले सुरु भएको हो । मैले माथि पैसा चोरेको कुरा पछि अर्को प्रसंगमा कोट्याउँछु भनेको थिएँ । त्यही अविस्मरणीय घटनासँग गाँसिएको मेरो पत्रकारिता यात्रा अझै कलिलै छ । सिक्ने, बिक्ने र टिक्ने तीन चरणको यात्रामा म अझै आफूलाई प्रथम श्रेणी म राख्छु ।
आदर्श पढ्दाखेरीकै कुरो हो । त्यतिबेला म ठूल्दाजूसँग डेरामा बस्थें । दाजूले आफू काम गर्ने 'मोमेन्टो अपरेल्स् प्रालि' नजिकै थियो डेरा । हामी बस्ने घरमैमा मलाई स्कुलमा पढाउने ललित सर पनि बस्नुहुन्थ्यो । स्कुलबाट डेरासम्म जानेआउने गर्दा बाटोमा धेरै कुराले मलाई आकर्षित गर्थे । कहिले मोमो, कहिले चाउमिन, कहिले गोलमोल चाउचाउ त कहिले भिडियो गेम अनि हाते घडी । यी सबै कुरा किन्न मसँग पैसा थिएन । दाजूले पनि त्यस्ता कुराका लागि पैसा दिनुहुन्नथ्यो । त्यसैले मैले एकदिन एक्लै भएको बेला दाजूको कन्तुर खोलें र एउटा नोट झिकें । एक हजारको रहेछ । अनि त मसँग धेरै दिनसम्म बजारमा देखेका कुरा किन्न पैसा भइरह्यो । तर करिब १ महिनापछि दाजूले थाहा पाउनुभयो र ललित सरलाई पनि भनिदिनुभयो ।

ललित सर भनेपछि स्कुलमा नडराउने विद्यार्थी कोही थिएन । उहाँको पिटाइ खानु भनेको ठूलै सजाय पाउनु थियो । मलाई चाहीं उहाँले कविता लेख्नका लागि डायरी किनिदिनुहुन्थ्यो । तर मैले पैसा चोरेको थाहा पाएको दिन सरले मलाई आफ्नै साइकलको पछाडि राख्नुभयो । होटलमा लगेर समोसा पनि खुवाउनुभयो । अनि घर पुगेपछि आफ्नो कोठामा बोलाएर बेल्टले पिट्दै गाली गर्नुभयो । त्यसपछि फेरि सम्झाउन थाल्नुभयो । उहाँले भन्नुहुन्थ्यो "गल्ती सबैले गर्छन् । त्यसबाट पनि पाठ सिक्न सक्नुपर्छ । एउटा नराम्रो काम लुकाउन दुई वटा राम्रो काम गर्नुपर्छ ।" मलाई उहाँको कुराले छोयो । मैले पनि मनमनै सोचें - "अब म केही राम्रो काम गरेर सबैलाई खुसी पार्छु ।" त्यसको केही दिनमै मैले साथीसँग मिलेर आफ्नो सम्पादनमा स्कुलमा एउटा बाल भित्तेपत्रिका निकालें । पछि गाउँमा पनि पत्रिका निकालेर रुखमा टाँस्दा गाउँलेहरु सबै खुसी भए । आदर्श छाडेर विभूति जाने बेलामा मैले विभिन्न स्कुलका साथीहरुसँग मिलेर भृकुटी द्वैमासिक साहित्यिक पत्रिका प्रकाशन सुरु गरें । बालपत्रकार भनेर कान्तिपुरको कोपिलाले समेत मैले गरेको कामबारे लेखेको थियो । यसरी नजाँनिदो तरिकाले म पत्रकारितामा प्रवेश गरें । पछि कलेज पढ्दा मैले जागिरको रुपमा सन्जिवनीपत्र दैनिकमा रिपोर्टर तथा ग्राफिक्स डिजाइनरको काम गरें । करिब १ बर्ष काम गरेपछि म त्यही पत्रिकाको सहसम्पादक भएँ भने स्नातकका लागि काठमाडौं विश्वविद्यालयको मिडिया स्टडीज विषय रोजें । त्यसपछिको मेरो समय मिडियाका विविध पक्षबारे अध्ययन गर्नमै व्यस्त रहेको छ । अहिले (यो लेख्दासम्म) म आफ्नो स्नातक तहको तेस्रो बर्षमा छु । मलाई यहाँसम्म साथ दिनुहुने ललित सर, विभुति विद्या मन्दिरका प्रधानाद्यापक गोविन्द लम्साल, विद्या सागर स्कुलका प्रधानाध्यापक हिरा शर्माप्रति मार्गनिर्देशनका लागि आभार प्रकट गर्छु । त्यसैगरी, काठमाडौं विश्वविद्यालयमा अध्ययनका लागि सहयोग गर्नुहुने पत्रकार भोला थापा र भाषा तथा आम साचार विभागका विभागीय प्रमुख प्रा.डा. जङ्गब चौहानले गर्नुभएको सहयोगलाई म कहिल्यै बिर्सने छैन । विश्वविद्यालयमा अनुभव गरेका रमाइला क्षणहरु, त्यसै ताका सुरु भएको प्रेम प्रसंग र यसउप्र्रान्त मैले अनुभव गर्ने बाँकी जीवनबारे अर्को लेखनमा समेट्ने नै छु । मेरो जीवनयात्रा पढ्नुहुने सबैलाई मुरीमुरी धन्यवाद भन्दै अर्को लेखनमा भेट्ने बाचा गर्दछु । तपाईंको जीवन सुखी रहोस् ।
(यो लेखनको मिति : २०६७, पुस)

Stereotypes and gender biases in Advertising

Introduction
With the rise of media industry the business in advertising has also risen up. Today, ads are scattered everywhere and they are multiplying each day. Ads take up more than half the space in successful daily newspapers and consumer magazines. They are inserted into trade books and even textbooks. Internet has become another crucial space for them. Ads are seen in every nook and corner and thus people are being familiar to the message they intend to convey. Despite the intended message the stereotyping meanings carried by the ads create negative impacts upon society at the same time.

Discussion
Over the years, critics and consumers alike have complained about the stereotyping in mainstream advertising (Campbell, 2000). Likewise, stereotypical portrayal of women has generated considerable controversy. Ads offering women as a man's reward for drinking a particular beer, wearing cool jeans or smoking right cigarette have still stereotyped women. Although women today are often portrayed in a variety of social roles many sexist stereotypes still persist in advertising (Campbell, 2000).

Let us look at an ad of Signature a product of MC Dowell Nepal Limited. This ad is widely seen in different mainstream media since years back and even these days. From business point of view the advertiser has successfully attracted many customers by this ad. However, there are still more perspectives which we can view through and thus consider it offensive when talked about gender difference and bias.

Description of the ad
This ad is published in 'The boss' an English monthly magazine that targets its audience to the sector of business. It covers a full page area and is published in four colors. This is an ad of a hard drink product and ultimately aims at attracting more customers towards it. The ad has following components that make the ad more effective in terms of attracting customers:
• Context and visual elements: The ad shows a context of enjoyment or possibly a hangout. It has attractive and romantic scenery of an ocean which helps establish a romantic mood for the characters.
• Image of the product: The Product is placed in the right side of the ad. It has a close up picture of bottle of Signature with a half-filled glass by its side.
• Characters: There are five characters of which three are male. Among them two male characters are sitting at the fence of the ship they are traveling by. Likewise, a male character portrayed centrally is being pulled by two female characters. Those two males are taking photographers for fun.
• Text: The ad also has some text or words. At the top-right side of the ad the words 'Success is very demanding' is written with bold white colored fonts in the dark green background. Likewise, just below the logo of the advertiser 'Success is good fun' is written with golden color which suggests the advertiser's name.
• Logo or brand: At the right middle part of the ad signature's logo is placed with shining golden letters in it. The ad also tries to attract audience by its brand name too.
• Plot or activity: The characters involved in this ad are in a trip to somewhere away from their workplace or hometown. They are traveling by a ship. Their goal seems to be a successful person. And since success lies in fun, signature can help them attain it. This is all about the message conveyed by the plot.

Interpretation
Though the ad looks attractive at a glance, it has stereotypical messages contained in it. The words 'Success is very demanding' is associated 'Success is good fun'. Then, the fun is associated with the beautiful girls shown in the ad which the drink can bring them together. The female characters are presented as sex symbols. Generally stating, the majority of beer drinkers are men. By including attractive women in such advertisements, the underlying message is that if men drink a certain type of beer they will be able to attract a certain type of female.

Sex appeal: We often see ads that feature superficially beautiful or "desirable" models, so it comes as no surprise that sexual imagery is used to sell products. But depicting people this way can also contribute to socially offensive practices. The dress up of the girls with half-down naked shown in the ad suggests that they are sexually attractive. How effective would the ad be if boys shown in the ad were half naked instead of girls? And would the ad draw equal attention if there were no girls? It seems that girls are only as important as the drinks shown in ad for both of them are the means to create fun for the boys.

Gender stereotypes: Two girls are getting it difficult to pull a boy with their entire effort. This depicts that girls are inferior in terms of physical strength. Despite the joint effort of both of the girls, here the man is in the control. "Usually the men are very masculine. They have big muscles or they're very successful. Being shown as sensitive doesn't compromise the masculinity, and that's interesting that the only way you can show a sensitive man is if he's already successful in other ways of being a man" (media-awareness.ca, 2010). The words like success in good fun suggest the stereotypical views that the ultimate goal of any man is to have beautiful girls around him and enjoy with them with all expensive drinks and luxuries. Meanwhile the ad portrays the girls' success lies in satisfying men. In this sense it seems that its not just product that is being advertised, gender difference is often shown in other points of advertising.

Democracy and Cultural in stereotyping: Democracy has provided enough freedom to people for the own way of life. The picture shows maximum freedom in characters that they are free to enjoy the way they like. Though girls are shown enjoying outside they are again in control of men. Their role has changed from households to outside but again have the same job to satisfy men at any cost. Being dressed up as per the men's choice and devoting totally for their enjoyment, their role is still inferior. Likewise, culture plays a vital role in advertising. Since this ad is targeted to high class Nepali people it focuses on luxuries which are new to Nepali Culture. Another way overlapping with Nepali stereotype is that only hard drinks and girls are the source of good fun. Accordingly, the ad says that both girls and drink are demanding fun which are required to achieve success.

Conclusion
Based on above discussion, it is evident that expensive hard drinks or luxury products are directly associated with female body as a source of fun for men in advertisement. This has always contributed in underestimating female. Their representation in the ad is just for catching attention of men towards the product. On the other hand the more closely female are associated with the product the more successful the ads prove to be. In other words these ads like of alcohol present female as the luxury products for men's consumption. Likewise, the cultural dominance is seen like in case of what product a high class people consume and what the poor doesn't. And of course, alcohol should not always be associated with sex as that of the ad suggest.




References
1. Media Awareness Network (2010) Learning Gender Stereotypes Retrieved from http://www.media-awareness.ca/english/resources/educational/lessons/secondary/ gender_portrayal/upload/Learning-Gender-Stereotypes-Lesson-Kit.pd

2. Campbell, Richard. Media and Culture. 2nd ed. 2000. 362-364

3. Photo taken from: The boss. 2007. Jan 15-Feb 14. Page 21.