बिचरा फूल


लाग्छ जीवन फूल हो काँडाहरुबीचको सुन्दर बगैंचामा हुँदा यो निकै सुन्दर देखिन्छ । बगैंचालाई पनि यसले मनोरम बनाउँछ । बगैंचालाई अलिकति आफ्नो सौन्दर्य अर्पेको हुन्छ अनि अलिकति सौन्दर्य बगैंचाबाट पनि सापट लिएको हुन्छ । काँडा कसलाई मनपर्छ र तर पनि फूलको अस्तित्व काँडाले नै बोकेको हुन्छ । फूलको सुरक्षाकवच वा भनौं पहरेदार काँडाबिना फूलले आफ्नो यौवन कसरी बचाउन सक्छ र तर पनि फूल आफूलाई लुटाउनमा नै गर्व गर्छ । आफ्नो यौवनको सही मूल्यांकन कसले गरिदेला भनी पर्खिरहन्छ कसैलाई । कयौंपटक चुसिन्छ भमराबाट अनि कहिले त टिपिन्छ कुनै हातले बिचरा काँडा रित्तिन्छ उसको खोपी जुन जीवनभर उसले आफ्ना नङ्ग्राहरुको सहारामा संरक्षण गरिरहेको हुन्छ । आज काँडा एक्लो छ निरर्थक जीवन बाँचिरहेको छ ।
आखिर जीवन त फूलको पनि निरर्थक छ नि । कठपुतलीझैं कसैको कोठामा मुस्कान छर्नुपर्ने दुर्गन्धित ओठहरु छेऊ अत्तर बनी सुगन्ध भई फैलिइदिनुपर्ने अनि आडम्बरी प्रेमका नाममा कसैबाट बलात्कृत हुनुपर्ने । धर्मका नाममा ढुङ्गाका मूर्तिमाथि पसर्िइनुपर्ने मानवमनका अन्तरङगहरुसँग घुलमिल भई धुजाधुजा च्यातिइनुपर्ने बिचरा फूल ! खोई तिम्रो अस्तित्व आफूले गर्व गर्ने तिम्रो कलिलो जोवनलाई कतै थन्क्याएर यति चाँडै किन ओइलायौ
अब तिमीले काँडाहरुलाई आफ्नो जोवन अर्पनुपर्छ । तिमीले आफ्नै ठाउँमा रमाउनुपर्छ । काँडाहरुबीच मुस्कुराउनुपर्छ अनि निस्वार्थ प्रेमका सुगन्धित बासनाहरु चिसो हावासरी बहनुपर्छ ।

सबै पाएरै पनि केही गुमाएजस्तो

केही गुमाएरै पनि सबैथोक पाएजस्तो । सबै पाएरै पनि केही गुमाएजस्तो । तिम्रो साथ दुःखैदुःखमा पनि सुखको अनुभूति जस्तो ।
लाग्छ तिमी टाढा छौ मबाट धेरै टाढा । तर पनि अतीतले कहींकतै छोएजस्तो मनभित्रका स्पन्दनहरुलाई टाढैबाट तिमीले काउकुती लाएजस्तो ।
तिमीसामू हुँदाका पलहरु किन किन आज मानसपटलमा सल्बलाइरहेका छन् । यी ओठहरुले तिमीलाई सुटुक्क कानेखुसी गरिरहेका छन् ः

तिमीले सोचेजस्तो होइन जीवन
अन्धो र हृदयहीन
मभित्र पनि मन छ स्वतन्त्रता छ
मभित्र पनि माया छ बोली छ…।

तर अब केही बाँकी छैन तिमी र मबीच । सारा जीवन भताभुङ्ग भएजस्तो लाग्छ । मरुभूमिका फूलविहीन क्याक्टसको बुट्यानजस्तो । द्वन्द्वमा क्षेदविक्षेद भएको सहर अनि शिशिरका नाङ्गा वृक्षजस्तो तिमी र मबीचको सम्बन्ध । लाग्छ रुसी कवि त्युत्चेभले कविताका यी हरफहरुमा मेरा भावनालाई समेटेका रहेछन् ः

के छ र अर्थ मेरो नाममा तिमीलाई
उदासी स्वरझै जानेछ विलाई
टाढा टाढा उर्लिजाने लहरझैं
सुनसान वनको रात्रि धुनझैं

हा ! हा ! भित्र मन रोए पनि आखिर बाहिर हाँसेकै छु । मनभित्रका सम्वेदनाहरुलाई शब्दहरुमा गाँसेकै छु । यस्तै त हो नि जीवन बैंस उर्लिँदाको जाँगर जस्तो बुढेशकालको निस्साहर दिनजस्तो तिमी र मबीचको प्रेमजस्तो ।
मेरो असफल पहिलो प्रेम ! जीवन कठीन छ सजिलो छैन । तर जीवन निराश हुँदाहुँदै मानिस बाँचिरहेको हुन्छ । संघर्ष गरिरहेको हुन्छ । जीवनका उतारचढावहरुका केही क्षण पि्रय लाग्छन् केही क्षण निकै कष्टकर बन्छन् । अनि तिनै दुःखद् क्षणहरुमा पनि केही शब्द पि्रय लाग्छन् ः

तिम्रो साथमा हुँदाका मेरा दिनहरु अहिले कथा जस्तै भो सपना देखेजस्तै भो …।sथा जस्तै भो सपना देखेजस्तै भो ।

पानी बिनाको जीवन

गर्व लाग्थ्यो मलाई नेपाली हुनुमा । जलस्रोतको धनी देश सगरमाथाको देश अनि गोर्खालीहरुले बीरता देखाएको देश प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश एक दिन विश्वकै अग्रस्थानमा हुनेछ भन्ने विश्वासले मन निकै उत्साहित हुने गर्दथ्यो ।
तर यी सबै विशेषताहरु आज एकाएक पलायन हुन थाले । हिजो अस्ति मात्र जलविद्युत उत्पादनको सम्भावना अत्याधिक भएकै कारण देश विकासमा सहज हुने कल्पना गर्दा पनि मनमा निकै आनन्द आउँथ्यो । आजकल त पर्यटक घुमेका दृश्यहरु पनि कम देख्न पाइन्छन् । खै कता चर्चमा बम पड्क्यो रे ! आज पनि नेपाल बन्द रे । अनि पसर्िचाहीं देशव्यापी चक्काजाम रे । अब नेपालीहरुले शान्तिको मन्त्र जप्नु पनि व्यर्थ छ । धार्मिक सहिष्णुता भएको देशमा आज धार्मिक स्थलहरु नै सुरक्षित रहेनन् ।
आज धेरै दिनपछि राजधानी सहरमा पाइदा टेक्दा गर्मी निकै बढेको महसुस भयो । नजिकै भएपनि काठमाडौंभन्दा विल्कुल फरक वातावरण भएको धुलिखेललाई सम्झँदै चित्त बुझाउँछु आखिर काठमाडौं प्रदुषित भए पनि धुलिखेलले त नेपालको पहिचान बोकेकै छ नि । तर धुलिखेलबाट नजिकै भएपनि बनेपा सहर निकै कष्टकर छ बाँच्नलाई धुलिखेल र बनेपाको साँधमै बस्ने गरेको हुँदा म यी दुईबीचको मौसम पनि प्रत्यक्ष रुपमा महसुस गरिरहेको हुन्छु । धुलिखेलको चिसो हावा बहन्छ यतातिर । तर पानी छैन । बनेपामा पानीको समस्या । यो समस्या बनेपाको मात्र हो के त न त काठमाडौंकै मात्र हो । यो समस्या पूरै देशको हो । अब त हिँउ पनि घट्न थाल्यो रे हिमालमा । आगामी ३० बर्षभित्र हिमालमा हिउँ देख्न मुस्किल पर्छ रे । ओहो कस्तो बिडम्बना ! हिमालको देशमा पानीको अभाव ! लौ न अब त केही गरौं ।
काठमाडौंबाट फर्कंदा धूलो र धुवाँले शरीर ढाकेको थियो । धुन्छु भनेर थुप्रो लगाएका लुगाले सगरमाथाको रुप धारण गरिसके तर पानीको अभाव आज चौथो दिन पनि कायमै छ । अभावै अभावमा पानीको अभावले थपेको यो अभाव आफैंमा कम चुनौतीपूर्ण थिएन मेरा लागि । अनि जीवनप्रतिको निरर्थकताबोध गर्दै म महिनौंसम्म नधोइएको तन्नामाथि पल्टिन्छु रेडियो ट्युन इन गर्दै । आखिर चित्त बुझाउने ठाउँ यहीं छ । लोडसेडिङको समयबाहेक अरु बेला मेरो पि्रय मित्र बनेको छ रेडियो । न त यसलाई पानी चाहिन्छ न त समयसमयमा धुनु नै पर्छ । अँ ! तर झस्कन्छु । धेरै पूरानो भएका कारण यो पनि राम्रोसँग बज्न छोडेको छ । ुकवाडी देशको थोत्रो पहिचानु एउटा साथीले उक्त रेडियो हेर्दै मलाई कुनैबेला व्यङ्ग्य गर्न भ्याइसकेको थियो । बिचरा अब त यो पनि दोषरहित छैन ।
अँ साँच्चि ! आज काठमाडौं जाँदा बाटामा देखिएकी युवती निकै राम्री थिई । उसको जीउडाल कपाल आँखा ओठ आदि आदि सबै आकर्षक थिए -मेरो सपनाको नयाँ नेपालका सबै विशेषता थिए त्यस युवतीमा । हिमाल पहाड तराई सबैको एउटै सुन्दर स्वरुप थिई । कपालबाट सलल बगिरहने झरना । वक्षस्थलतिर स्थापना गरिएका जलविद्युत आयोजनाहरु । नेपालका हरियाली वनजङ्गल र आरक्षण केन्द्रहरु । राजधानी शहरलाई देशको चारै कुना जोड्ने चार मुख्य रेलमार्गहरु । सबै सम्भावनाहरु प्रतिबिम्वित थिए उसैमा । अझ भनौं मेरो प्यारो नयाँ नेपालजस्तै सुन्दर युवती । त्यसैले मैले केही समय ती दुईबीचको तादम्यतालाई मनन गर्नमै खर्चें ।
घर फर्कंदा साँझ पर्दै थियो । फेरि त्यही स्थानतिर हेरें जहाँ मैले मेरो नयाँ नेपाल देखेको थिएँ । तर अपसोच त्यस ठाउँमा एक कुरुप बुढी महिला थिई । म झस्किएँ । अबको करिब ४० बर्ष बिस्रने हो भने बिहानकी युवती पनि त्यस्तै कुरुप हुनेमा शंका नहोला । अनि अबको ४० बर्षमा मेरो नेपाल कस्तो होला राज्यले केही सन्तान जन्माउने छ- तामाङसालिङ थारुहठ लिम्बुवान आदि । अनि डाक्टर र ईाजनियर बन्ने सपना बोक्दै हुर्कने यिनीहरु पनि विस्तारै कुरुप हुनेछन् । कसैबाट शोषित हुनेछन् आफैंलाई लुटाउँदै आफ्नो अस्तित्व मेटाउने छन् ।