सबै पाएरै पनि केही गुमाएजस्तो

केही गुमाएरै पनि सबैथोक पाएजस्तो । सबै पाएरै पनि केही गुमाएजस्तो । तिम्रो साथ दुःखैदुःखमा पनि सुखको अनुभूति जस्तो ।
लाग्छ तिमी टाढा छौ मबाट धेरै टाढा । तर पनि अतीतले कहींकतै छोएजस्तो मनभित्रका स्पन्दनहरुलाई टाढैबाट तिमीले काउकुती लाएजस्तो ।
तिमीसामू हुँदाका पलहरु किन किन आज मानसपटलमा सल्बलाइरहेका छन् । यी ओठहरुले तिमीलाई सुटुक्क कानेखुसी गरिरहेका छन् ः

तिमीले सोचेजस्तो होइन जीवन
अन्धो र हृदयहीन
मभित्र पनि मन छ स्वतन्त्रता छ
मभित्र पनि माया छ बोली छ…।

तर अब केही बाँकी छैन तिमी र मबीच । सारा जीवन भताभुङ्ग भएजस्तो लाग्छ । मरुभूमिका फूलविहीन क्याक्टसको बुट्यानजस्तो । द्वन्द्वमा क्षेदविक्षेद भएको सहर अनि शिशिरका नाङ्गा वृक्षजस्तो तिमी र मबीचको सम्बन्ध । लाग्छ रुसी कवि त्युत्चेभले कविताका यी हरफहरुमा मेरा भावनालाई समेटेका रहेछन् ः

के छ र अर्थ मेरो नाममा तिमीलाई
उदासी स्वरझै जानेछ विलाई
टाढा टाढा उर्लिजाने लहरझैं
सुनसान वनको रात्रि धुनझैं

हा ! हा ! भित्र मन रोए पनि आखिर बाहिर हाँसेकै छु । मनभित्रका सम्वेदनाहरुलाई शब्दहरुमा गाँसेकै छु । यस्तै त हो नि जीवन बैंस उर्लिँदाको जाँगर जस्तो बुढेशकालको निस्साहर दिनजस्तो तिमी र मबीचको प्रेमजस्तो ।
मेरो असफल पहिलो प्रेम ! जीवन कठीन छ सजिलो छैन । तर जीवन निराश हुँदाहुँदै मानिस बाँचिरहेको हुन्छ । संघर्ष गरिरहेको हुन्छ । जीवनका उतारचढावहरुका केही क्षण पि्रय लाग्छन् केही क्षण निकै कष्टकर बन्छन् । अनि तिनै दुःखद् क्षणहरुमा पनि केही शब्द पि्रय लाग्छन् ः

तिम्रो साथमा हुँदाका मेरा दिनहरु अहिले कथा जस्तै भो सपना देखेजस्तै भो …।sथा जस्तै भो सपना देखेजस्तै भो ।

3 comments:

Anonymous said...

k vayo tyasto, nikkai sahitya jana thalyo ni

Prakrity Rijal said...

dherai ramro chha writing, sabdaharu mileko chha. vawana ra vasa ma santulan chha.

rajankathet said...

chandi, totality maa daami writing.......... 1st paragraph ekdam nai sunadar sanga bageko chha... tara tespachhi ko paragraph haru alik milna nakhoje jasto bhaan hunchha.... tara 2nd last ko paragraph le sab kura laai milaai dinchha.... this paragraph is also best.... so it's a perfect expression in totality.....