नेपाली हाइकु

किताब बोकी
भैंसीको ढाडमाथि
बालबालिका

पटुकीभरी
तिम्रो मायाको चिनो
धोका रहेछ

कुभलो भयो
देश र जनताको
फोहोरी खेल

सुकुटीजस्तो
पातलो जीउडाल
'फेस अफ द डे'

नेतालाई ताली
धेरै भो अब चाहीं
जुत्ताको माला

पवित्र पानी
बागमति होइन
ढलको निद

बत्ति बलेछ
घरको छानामािथ
भित्र अँध्यारो