वैशेषिक दर्शन र परमाणुवादको प्रागकल्पना


हिन्दू धर्मशास्त्र अनुसार प्रमुख ६ वटा दर्शनहरुमध्ये वैशेषिक दर्शन पनि एक महत्वपूर्ण वैदिक दर्शन मानिन्छ । अणुवादका प्रवर्तक कर्णाद अर्थात अक्षपादद्वारा प्रवर्तित वैशेषिक दर्शनले जीवन र जगतका बारेमा प्रस्तुत गरेको व्याख्या धेरैजसो हिन्दू धर्मवालम्वीहरुको जीवन पद्दतिमा एउटा महत्वपूर्ण नीतिशास्त्रकै रुपमा स्थापित भएको छ ।
परमाणु वा अणुवादलाई आफ्नो मूख्य विषय बनाएको यो दर्शनले मूलतः वास्तविक जीवनका उतारचढावहरुलाई बुझ्न आत्मज्ञान प्राप्ति आवश्यक हुने कुरामा जोड दिएको छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ईश्वरीय शक्तिको चर्चा गरेको पाइन्छ ।
स्कन्दपुराणका अनुसार शीवका भक्त अक्षपाद वा कर्णादद्वारा रचित वैशेषिक सुत्रको प्रशस्तपादभाष्य वा पदार्थधर्मसङ्ग्रह भन्ने प्रशस्तपादद्वारा लिखित चर्चित ग्रन्थ हालसम्म पनि उपलब्ध छ । निबन्धात्मक शैलीमा लेखिएको यो कृति बि।स।sाे पाचौं शताब्दीतिर रचिएको भए पनि वैशेषिक सुत्रको चर्चा गर्ने यस शुत्रग्रन्थको शंकर मिश्रले बनाएको शुत्रको व्याख्या सरलिकृत गरिएर लेखिएको हुनाले वर्तमान अवस्थामा पनि यो एउटा चर्चाको विषय बन्दै आएको छ । ुवैशेषिकसूत्रोपस्कारु भन्ने उक्त व्याख्या भने विक्रमको १५ औं सतकतिरको मानिन्छ । विशेषगरी यस वैशेषिक दर्शनले द्रव्यहरुमा परस्पर भेद गराउने र ुविशेषु भन्ने छुट्टै पद मान्ने हुनाले यस दर्शनलाई वैशेषिक दर्शन भनिएको हो ।
वैशेषिक दर्शनको निर्माण न्याय दर्शनभन्दा पहिले नै भएको हो । त्यसैले तर्कशास्त्रका आलोचक तथा सुधारकका रुपमा आएका कतिपय दार्शनिकहरुको न्याय दर्शन वैशेषिक दर्शनभन्दा पहिले नै निर्मित भएको हो भन्ने भनाइलाई खासै महत्व दिइँदैन । त्यसो त यो दर्शन बौद्ध तथा जैन दर्शनभन्दा पनि अघिको मानिन्छ । न्यायशास्त्रले कर्णादको पदार्थधर्मग्रन्थसंग्रहमाथि कुनै पनि प्रभाव नपारेको बरु गौतमको न्याय शुत्र तथा वात्श्यायनको भाष्य वैशेषिक मतबाट प्रशस्त मात्रामा प्रभावित भएको तथ्यले वैशेषिक दर्शनलाई अन्य दर्शनहरुमध्ये जेठो दर्शनका रुपमा स्थापित गरेको पाइँन्छ ।
हुन त वैशेषिक दर्शन अरु दर्शनहरुभन्दा जति भिन्न देखिन्छ ती दर्शनहरुबीच त्यत्तिकै समानता पनि पाइन्छ । बौद्ध दर्शनमा उल्लेख भएको ुनिर्वाणुको प्रागकल्पना प्रागकल्पनाको विकास वैशेषिक दर्शनको असत्कार्यवादको प्रागकल्पनासँग मिल्दोजुल्दो भएको कुरा पुष्टि हुन्छ । जैनहरुका ुआस्थिकायु तथा उनीहरुको परमाणुवाद प्रागकल्पना पनि वैशेषिक दर्शनमै आधारित भएको पाइन्छ । लङ्कावतारसुत्रमा पनि परमाणुवादको संकेत पाउन सकिन्छ । जैनहरुको एउटा परवर्ती ग्रन्थ ुआवश्यकु रोहगुणको वैशेषिक दर्शनको रचयिता मानिन्छ जसलाई जैन धर्मको छैठौं विभेदको धर्मगुरु मानिन्छ । यद्यपि उक्त ग्रन्थको वैशेषिक विचार सम्बन्धको आख्यान कर्णादकै योजनाको अनुकुल छ । तर यस दावीलाई वैशेषिक दर्शन जैन दर्शनको नै एउटा शाखा हो भनेर प्रमाणित गर्न ज्यादै कठीन हुन्छ । जैन र वैशेषिक दर्शन दुवैमा एउटै प्रकारको परमाणुवादको प्रागकल्पनाको चिन्तन पाइने भएकाले यी दुई दर्शनबीचको परस्पर सम्बन्धलाई वर्तमानका दार्शनिकहरुले आफू-अनुकुल नै व्याख्या गर्दै आएको पाइन्छ । किनकि यी दुवैको विचारमा मौलिक भिन्नता पाइन्छ । जनमतको अनुसार गुणको दृष्टिबाट परमाणु एक समान छ । प्रत्येक परमाणुमा रङ रस गन्ध पर्श तथा शब्दको उत्पादनको क्षमता विद्यमान रहिरहन्छ । तर पनि त्यो निशब्दः छ । वैशेषिक शब्दको मतमा गुणको दृष्टिबाट परमाणुमा भेद छ । वैशेषिकवादीहरु वायू जल पानी अग्नी र पृथ्वी यी आदिहरुको पनि परमाणुको सत्ता छ । उसको हिसाबमा १ २ ३ अथवा ४ सामान्य गुण राखिएको छ शब्दको साथ त्यसको कुनै सम्बन्ध छैन । परमाणुवादको प्रागकल्पना द्रव्यहरुमा वर्गिकरण र ज्ञानको साधनको स्वीकृति बलपूर्वक यस्ता संकेत प्रशस्तै रुपमा गरिएको देखिन्छ । वैशेषिक दर्शनका विभिन्न भाष्यहरुमा पाइने यिनै प्रमाणलाई आधार मानेर हेर्दा वैशेषिक दर्शनको रचना बुद्ध र महावीरको समय अर्थात इ।सा। पूर्वको पाचौं वा छैटौं शताब्दीतिर भएको पाइन्छ ।
वैशेषिक दर्शनमा प्रत्यक्ष र अनुमान गरी २ प्रमाण मात्रै स्वीकार गरिएको छ । यहाँ द्रव्यलाई पृथ्वी जल तेज वायू आकाश काल दिशा आत्मा मन आदिलाई द्रव्यका रुपमा स्वीकार गरिएको छ भने गन्ध रस रुप पर्श शब्द ज्ञान इत्यादिलाई गुण मानिएको छ । त्यसैगरी जातिविशेष र समवाय यी पदार्थको तत्वज्ञान भई संसारलाई दोषपूर्ण देखेर विरक्त भएपछि मनुष्य आत्मज्ञान प्राप्त गरी सुख दुःख इच्छा द्वेष आदि सबै आत्माविशेष गुणहरुको निमूल हुँदा मुक्त हुन्छ भन्ने सिद्धान्तलाई यस दर्शनले प्रतिपादन गरेको छ । वैशेषिक मतानुसार शरीर इन्द्रियहरु र भोग्य विषयहरु पृथ्वी जल तेज वायू र आकाश गरी पाँच महाभूतबाट बन्दछन् । यस दर्शनले प्रतिपादन गरेका विषयहरु वेदले जीवन र जगतका बारेमा ल्याएका कतिपय प्रमाणहरुभन्दा भिन्न देखिए पनि वा यस दर्शनले वेदलाई स्वतन्त्र रुपमा प्रमाण नमान्ने भए पनि यसलाई वेदविरोधी भने मानिदैन ।
यस दर्शनका अनुसार सबैभन्दा सुक्ष्म वस्तु परमाणु हो जुन न त उत्पादन गर्न सकिन्छ न त विनाश नै गर्न सकिन्छ । प्रत्येक परमाणुमा आफ्नो छुट्टै विशेषता हुने भएकाले यी परमाणुहरुको मिलनबाट बनेका नयाँ वस्तुहरुमा पनि भिन्नता पाइन्छ । तिनै परमाणुहरुको विशेषताबाट यी वस्तुहरुको विशेषता निर्धारण हुन्छ । यस दर्शनले प्रत्यक्ष र अनुमान गरी दुईवटा माध्यमबाट सर्वमान्य ज्ञान हासिल गर्ने कुरालाई मुख्य आधार बनाएको छ जुन आधुनिक समयमा पनि सान्दर्भिक हुन आउँछ । विज्ञान र भौतिक संसारलाई मान्यता दिनेहरुका लागि ुप्रत्यक्षु माध्यम प्रभावकारी देखिन्छ भने ुअनुमानुले अदृश्य वा भावनात्मक संसारका मूल्य मान्यताहरुलाई सत्य प्रमाणित गर्न सही कारणको खोजी गर्दछ । यी दुवै माध्यमबाट मानिसले आफ्नो आध्यात्मिक चिन्तनलाई अङ्गाल्दै भौतिक संसारमा जीवन गुजार्न सक्षम हुन्छ भन्ने प्रमाणलाई यस दर्शनले व्याख्या गरेको छ । यसरी हेर्दा वैशेषिक दर्शनले गरेको परमाणुवादको प्रागकल्पनाले वैज्ञानिक धरातललाई समेत एउटा बलियो आधारस्तम्भ निर्माण गरिदिएको छ । तसर्थ यसले आध्यामिक तथा भौतिक रुपमा मानव समाजलाई विकास सभ्यताको मार्गतर्फ उन्मुख गराएको पाइन्छ ।