मेरो तालु

मेरो तालुसँग किन कसैलाई रिस उढ्नु ?

मेरो तालु देख्दा किन कसैलाई हाँस उठ्नु ?

म त एक सफा चरित्रको मान्छे

मेरो तालुबारे किन कसैले कान फुक्नु ?

जति चिप्लो भयो उति कल्कलाउँदो

जति ठूलो भयो उति ढल्कन्छ यो

देख्नेलाई के थाहा कति प्यारो हुन्छ ?

जति स्याहार गर्‍यो उति टल्कन्छ यो ।

मेरो तालु पोलेको आलु होइन

मेरो तालु पाकेको फर्सी होइन

कसैलाई इश्र्या जागे भन्छु यत्रैसित्ति !

मेरो तालु तबला पनि हुँदै होइन ।

मात्रै एउटा दोधार मनमा राख्नुपर्ने

मुख धुँदा कहाँसम्म भनी सोच्नुपर्ने

न त कोर्नुपर्ने, न त बाँध्नुपर्ने

मेरो तालुमा किन कसैले गुलेली ताक्नुपर्ने ?