बिचरा फूल


लाग्छ जीवन फूल हो काँडाहरुबीचको सुन्दर बगैंचामा हुँदा यो निकै सुन्दर देखिन्छ । बगैंचालाई पनि यसले मनोरम बनाउँछ । बगैंचालाई अलिकति आफ्नो सौन्दर्य अर्पेको हुन्छ अनि अलिकति सौन्दर्य बगैंचाबाट पनि सापट लिएको हुन्छ । काँडा कसलाई मनपर्छ र तर पनि फूलको अस्तित्व काँडाले नै बोकेको हुन्छ । फूलको सुरक्षाकवच वा भनौं पहरेदार काँडाबिना फूलले आफ्नो यौवन कसरी बचाउन सक्छ र तर पनि फूल आफूलाई लुटाउनमा नै गर्व गर्छ । आफ्नो यौवनको सही मूल्यांकन कसले गरिदेला भनी पर्खिरहन्छ कसैलाई । कयौंपटक चुसिन्छ भमराबाट अनि कहिले त टिपिन्छ कुनै हातले बिचरा काँडा रित्तिन्छ उसको खोपी जुन जीवनभर उसले आफ्ना नङ्ग्राहरुको सहारामा संरक्षण गरिरहेको हुन्छ । आज काँडा एक्लो छ निरर्थक जीवन बाँचिरहेको छ ।
आखिर जीवन त फूलको पनि निरर्थक छ नि । कठपुतलीझैं कसैको कोठामा मुस्कान छर्नुपर्ने दुर्गन्धित ओठहरु छेऊ अत्तर बनी सुगन्ध भई फैलिइदिनुपर्ने अनि आडम्बरी प्रेमका नाममा कसैबाट बलात्कृत हुनुपर्ने । धर्मका नाममा ढुङ्गाका मूर्तिमाथि पसर्िइनुपर्ने मानवमनका अन्तरङगहरुसँग घुलमिल भई धुजाधुजा च्यातिइनुपर्ने बिचरा फूल ! खोई तिम्रो अस्तित्व आफूले गर्व गर्ने तिम्रो कलिलो जोवनलाई कतै थन्क्याएर यति चाँडै किन ओइलायौ
अब तिमीले काँडाहरुलाई आफ्नो जोवन अर्पनुपर्छ । तिमीले आफ्नै ठाउँमा रमाउनुपर्छ । काँडाहरुबीच मुस्कुराउनुपर्छ अनि निस्वार्थ प्रेमका सुगन्धित बासनाहरु चिसो हावासरी बहनुपर्छ ।

2 comments:

Bhuwan Shah said...

Tapaeko yo mitho bhawana ko lagi badhae....!

rajankathet said...

chandi, sundar bhawana ma bageko chhou....