खिचडी

यो खिचडी कापीमा आज सूर्यका तेर्सा किरणहरुले सुनौलो रङ्ग भर्न मन लाग्यो । साँझ ५ जति बजेको छ । खेतका कान्लाबाट तल झरिरहेको पानीको खत्लकखत्लक धुनसँगै आकाशमा उडिरहेको जहाजको गुइँय आवाज मिसिँदा पर बाँझो जमिन कोट्याइरहेको ट्याक्टरको घटघटाहट धिमा भएकोझैं लाग्छ ।

म पश्चिमपट्टि फर्केर हरियो घाँसमा पलेंटी कसेर बसेको छु - आफूले चार बर्ष बिताएको काठमाडौं विश्वविद्यालयलाई करिब ४ किलोमिटर टाढाबाट नियाल्दै ।

विश्वविद्यालयको भवन र अस्ताउन लागेको पहेंलो सुनजस्तो सूर्यलाई धनेश्वरको डाँडोले बाँधजस्तै लम्पसार परेर मलाई गिज्याइरहेको छ । सायद मलाई त्यसले चुनौती दिइरहेको छ- "तैले ज्ञानको खोजीमा म जस्ता कयौं पर्खालहरु नाघ्नै बाँकी छ ।"

खेतको बाटो हिँड्न मलाई रमाइलो लाग्छ । विशेषतः म कलेजदेखि घरसम्मको यात्रामा कहिलेकाहीं यही बाटो आउनेजाने गर्छु । खासगरी ३ वटा अवस्थामा म यो  'सटकट रुट' को प्रयोग गर्छुः दिमागमा धेरै तनाव जमेको भए म प्रकृतिको अनुपम स्वरुप हेर्दै आफूलाई भुल्याउन खेतैखेत लाग्छु । मन अत्यन्तै रमाउँदा पनि म खेतैखेत अन्नबालीको बयेलीसँगै  हराउँछु । अनि कहिलेकाही बसलाई दिने ५ रुपैयाँ साथमा नहुँदा पनि मलाई यही बाटोले बोलाउँछ ।

खेतका गराहरु मलाई विशेष मनपर्छ । खोई किन हो आज मन साह्रै चन्चल भइरहेको थियो - मैले फेरि यही बाटो रोजें । खेतबारीबाट आउने आलो माटोको सुगन्धले मलाई वाल्यकालमा खेलेको झझल्को दिन्छ । चराचुरुङ्गीहरु चिरविरचिरविर गर्दै आफ्नो बासस्थानतर्फ लाग्दा म पर चउरमा खेलिरहेको बेला मलाई मेरी आमाले साँझको खाना खान बोलाउनुभएको याद आउँछ ।

मेरै नजिकबाट दुई बालक मलाई जिस्काउँदै भाग्छन् -'कस्तो खेतमा बसेर पनि होमवर्क गरेको !'

सूर्यले आफ्ना किरणहरु आकाशतर्फ मिल्काउँदा गोधुली साँझले चिसो सिरेटो बटुल्न थाल्छ । कताकता चिसो हावा मुटुसम्म पुगेजस्तो लाग्छ । मनका भावनाहरु जमेर दिमागसम्म पुग्न सक्दैनन् । म खेतका गराहरुमा लुकेको त्यो अथाह सौन्दर्यलाई अर्को दिन खोतल्ने अठोट गर्दै आफ्नो कदम अघि बढाउँछु ।
खिचडी कापीः मेरो नोटकापी जुन म सबै विषयको अध्ययनका लागि प्रयोग गर्छु।

1 comment:

Anonymous said...

I ADAMS KEVIN, a representative of Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcom to aiico insurance plc.you can also contact us by email(aiicco_insuranceplc@yahoo.com) we first week can request a balance transfer.

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।