ऐतिहासिक दस्तावेजहरुको भण्डार : मदन पुरस्कार पुस्तकालय

ऐतिहासिक विषयका सूचना संकलनका लागि भरपर्दो स्रोत मानिने नेपालकै महत्वपूर्ण स्थान हो मदनपुरस्कार पुस्तकालय । विशेषगरी नेपाली भाषा र वाङ्ममयसँग सम्बन्धित रेकर्डहरु संरक्षण तथा भण्डारण गर्नका लागि स्थापित उक्त पुस्तकालयले नेपाली साचार माध्यमको समेत इतिहास बोकेको छ । वि.स. १९५६ सालमा स्थापित उक्त पुस्तकालयमा नेपाली भाषामा प्रकाशित सबैखाले पाठ्य सामग्रीहरु संरक्षित छन् ।
प्रविधिको विकाससँगै पुस्तकालयलाई आधुनिक रुप दिन उक्त पुस्तकालयले हाल माइक्रोफिल्म तथा डिजिटल प्रविधिमा अडियो/भिडियो अनलाइन फोटो जस्ता माध्यमबाट पनि सूचना भण्डारण तथा उपलब्ध गराउँदै आएको छ । पुस्तकालयमा कार्यरत साजन सुवेदी र दीपक अर्यालले दिएको जानकारी अनुसार उक्त पुस्तकालयमा २७ हजार ८ सय ५४ पुस्तक छन् । त्यसैगरी ५ हजार १ सय २५ पत्रपत्रिका १ सय बर्ष पूरानो तस्बिर सहित करिब २ हजार ५ सय वटा तस्बिर १२ हजार इफिमेरा ७ सय अडिया/भिडियोहरु रहेका छन् ।
त्यसैगरी वि.स. १८२० ताका प्रकाशित नेपालको पहिलो पुस्तक पनि उक्त पुस्तकालयमा पाउन सकिन्छ । उक्त पुस्तकालयका अनुसार सुरुका १ सय २२ बर्षमा नेपाली भाषाका ३ हजार ८ सय पाठ्य सामग्रीहरु प्रकाशित भएको पाइन्छ । १८२१ सालमा नेपाली भाषामा प्रकाशित जंगबहादुरको जंगी ऐन द होली बाइबल आदि सबैभन्दा पुराना पुस्तक मानिन्छन् ।

1 comment:

dpak said...

राम्रो जानकारी गराउनु भएको रहेछ, म मदन पुरस्कार को बारेमा गुगल संग सोध खोज गर्दै थिए, तपैंको पेज मा ल्याई पुर्यायो, खुसि लाग्यो यस्तै अरु हरु पनि लेख हरु पस्कदै गर्नु होला है त|