अक्षरको खेतीमा हरिमजुश्री

'लेख्नु आफैंमा चुनौतीपूर्ण कार्य हो । सृजनाप्रतिको सम्मान गर्नु साँच्चिकै कठिनाई हुन्छ'- अरुको जीवनलाई आफ्नो अक्षरको खेतीमा हुर्काउन निकै सिपालु मानिने काभ्रेली साहित्यकार हरिमाजुश्रीको साहित्ययात्राबारे चर्चा गर्दै साचार मन्त्रालयका सल्लाहकार नरेन्द्रराज जंग विक भन्दै थिए- 'कविता जति सुन्दर हुन्छन् कविको जीवन त्यति सुन्दर हुँदैन ।' वास्तवमा भोजपुरमा जन्मेर काभ्रेलाई आफ्नो कार्यभूमि बनाएका कवि माजुश्रीको जीवन दुःख र संघर्षको पयार्य हो भन्दा अतियुक्ति नहोला । काभ्रेका प्रसिद्ध साहित्यकार मोहन दुवाल आफ्ना सहयात्रीको जीवनबारे चर्चा गर्दै थिए । निकै भावुक बनेका दुवाल आफ्ना आँखामा माजुश्रीलाई नियाल्दै थिए, 'हरिमाजुश्री अक्षरको खेतीमा सधैं लागिरहे जीवन घोक्नका लागि भाषा र साहित्यमै लागिरहे ।'
काभ्रेली साहित्यकारहरुमा अक्षरसेवीका रुपमा ख्याती कमाएका साहित्यकार तथा ग्रन्थसम्पादक हरि माजुश्रीको पुस्तक प्रकाशनको रजतबर्षको अवसर पारी धुलिखेलमा हालै 'एकल पुस्तक प्रदर्शनी'को आयोजना गरियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्मा साहित्यकार मोहन दुवाल टीपी शर्मा साचार मन्त्रालयका सल्लाहकार नरेन्द्रजंग लगायतका साहित्यकार तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
एउटा सशक्त साहित्यकार, अब्बल पत्रकार, प्रौढ ग्रन्थकार, सिद्धहस्त सम्पाद, सुबोध्य ब्याकरणकार र सम्पेष्य कविका रुपमा आफ्नो बहुमुखी व्यक्तित्व स्थापित गर्न सफल साहित्यकार हरिमाजुश्री अब काभ्रेली माटोमा सुपरिचित वृक्ष बनेका छन् । साहित्यको रस सबैलाई चखाउँदै उनले पाठकहरुलाई अक्षरको हतिहार प्रदान गरे । त्यसो त हरि माजुश्रीले नेपाली वाङ्मयका विकासमा समेत योगदान पुर्याउदै आएका छन् । नेपाली साहित्यको राम्रो सेवा र साधना गर्ने उनको जागर र उत्साह प्रशंसनीय छ हरिमाजुश्री एकल पुस्तक प्रदर्शनी व्यवस्थापन समिितले आयोजित गरेको उक्त कार्यक्रममा उनले प्रकाशित गरेका कृतिहरु लेख रचना तथा सम्पादित ग्रन्थ आदि सामग्रीहरु प्रदर्शनीका लागि राखिएका थिए ।

No comments: