फूल


फूलहरुको बगैंचामा लुकामारी खॆल्थ्यौं हामी । खोज्ने पालो मेरै थियो तिमी लुक्यौ फूलहरुबीच ।

आजसम्म खोजिरहेछु तिमीलाई भेट्न सक्या छैन । तिम्रो आकृतिलाई फूलहरुसँग दाँजिरहेको छु । त्यो सयपत्री, त्यो गोदावरी, त्यो शिरिष अनि त्यो गुलाफ । सबैमा तिम्रै सुगन्ध पाउँछु । तिम्रै स्वरुप पाउँछु ।

तर आज एकाएक ती फूलहरु झर्न थालेका छन् । जवानीको काँचुली फेर्दै तिनीहरुले मलाई गिज्याइरहेका छन् ।

No comments: