सपनाहरु धेरै छन्




" दुःखदायी क्षण पनि रमाइलै हुन्छ मन परेको मान्छेसँग रहँदा ।
अझ खुसीका क्षणहरु बढी सार्थक हुन्छन् । "


दिनहुँको पढाई वा भनौं केही दिनअघि देखिको किताबी रटानबाट छुटकारा पाएपछि दिमाग केही ठन्डा भएको छ । ब्लगमा नयाँ कुरा केही राख्न नभ्याएको पनि करिब १ महिना भइसकेछ । त्यसमा पनि असाइन्टेन्ट पोष्ट गर्नुबाहेक सिर्जनात्मक लेखन केही राख्न भ्याइएन । धेरै दिनपछि आफ्नै बारे सोच्ने फुस्रद मिलेको हुँदा आज केही शब्द लेख्न मन लाग्दैछ ।
काठमाडौं विश्वविद्यालयमा व्याचलस्र जोइन गरेको पनि दुई बर्ष बितिसकेछ । हिजो जस्तो लाग्छ साथीहरुबीच पहिलो पटक चिनजान गरेको । आज सम्झँदा मेरो मानसपटलमा धेरै क्षणहरु उर्लेर आउँछन् साउने भेलझैं । नराम्रा र दुःखदायी क्षण त खासै केही भोग्नुपरेन । रमाइलो गरेको अझ भनौं नयाँ कुरा सिक्ने र व्यवहारिक ज्ञान हासिल गर्ने क्रममा साथीहरुसँग बिताएका पल अहिले भर्खरै जस्तो लाग्छ । एमएसजीमा आवद्ध भएर गरेका सामूहिक कामहरुको सम्झना आइरहन्छ र अझै राम्रो र प्रभावकारी रुपमा अगाडि बढ्ने उत्साहले मन भरिन्छ ।


यसपालिको खेलकुद सप्ताह पनि सम्झनयोग्य लाग्यो । यात्रा अझै सकिएको छैन । स्नातक तहको मध्यम विन्दूमा आइपुगेर आफैंलाई नियाल्दा अलिकति बैंस आएजस्तो, अलिकति परिपक्व भएजस्तो ,अनि अलिकति चाचल मन भएजस्तो लाग्छ । सपनाहरु धेरै छन् तर उही छन् । उत्साह थपिएको छ । आत्मविश्वास अलि बढेको छ । अब क्षमता अभिबृद्धि र सीप बढाउने कार्यतर्फ मन हौसिएको छ । सिक्ने, विक्ने र टिक्ने ३ चरणको जीवन-यात्रामा म अझै प्रथम श्रेणीमै राख्छु आफूलाई ।

जीवनका रमाइला क्षणसँग प्राय प्रेम प्रसंग नै जोडिने गर्छन् । सायद प्रेमले मानिसलाई एक प्रकारको आनन्द दिन्छ, आफूलाई सुरक्षित भएको महसुस गराउँछ, अलिकति अरुप्रतिको दायित्वबोध गराउँछ, अलिकति अरुलाई पनि आफ्नोबारे सोच्न बाध्य गराउँछ अनि थोरै इश्र्यालु बनाउँछ, थोरै त्यागी पनि बनाउँछ । दुःखदायी क्षण पनि रमाइलै हुन्छ मन परेको मान्छेसँग रहँदा । अझ खुसीका क्षणहरु बढी सार्थक हुन्छन् । हा हा । सायद परीक्षामा पेमको गुणगान गाउने प्रश्न सोधिएको भए म पनि आफ्नोबारे व्यक्त गर्न केही पटक कापी थप्ने थिएँ होला । अनि बीचमा कतै आफैंलाई हराउने थिएँ होला । कति आफूलाई छटपटाइरहेको पाउँने थिएँ होला । कति शब्दमा चिच्याउने थिएँ होला । कहिले खुसीले । कहिले दुःखले । यस्तै यस्तै आफैंलाई व्यक्त गर्ने थिएँ होला । तर ब्लगमा यी सबै व्यक्त गरिरहँदा आफ्नैबारे महाभारत बुनेजस्तो होला । छोटो लेख्छु भन्दाभन्दै आफैंलाई पढ्दा पट्यारलाग्दो होला । त्यसैले आजलाई यहीं बिट मार्नु उचित देख्छु । यहाँसम्मको साथका लागि तपाईंलाई धेरै धन्यवाद । हाम्रो भेट नयाँ पोष्टहरुमा पक्कै हुनेछ ।

2 comments:

AMOL said...

छोटो र मिठो दुवै रहेछ। त्यसमा पनि के.यू र प्रेमका कुरा मलाई झन रमाईलो लाग्यो। समयको आफ्नै गति हुन्छ; दु:ख पर्दा ढिलो बितेजस्तो लाग्छ अनि सुखमा चाडो बितेको हो कि जस्तो।

प्रेमका करा सधैँ रमाइलो नै हुन्छ। तर तिमिले यो टाँसोमा केवल प्रेम शब्द मात्रको प्रयोग गरेका छौ....अरुपनि कुराहरु लेख अझ रमाईलो हुनेथियो।
समग्रमा, पर्यास उत्कृष्त छ।

Anonymous said...

Good fill someone in on and this fill someone in on helped me alot in my college assignement. Thanks you as your information.