' नमस्कार अनि स्वागत छ । यो हो रेडियो नेपाल र यहाँ उपस्थित छौं काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडीज अध्ययनरत हामी पहिलो र दोस्रो बर्षका विद्यार्थीहरु ' - स्थलगत अध्ययनका लागि केही दिनअघि रेडियो नेपालको कार्यालय पुगेका विद्यार्थीहरु जब स्टुडियोभित्र छिरे तब आफ्नो आवाज रेकर्ड गराउन सबै आतुर देखिए ।
कार्यक्रम साचालन कक्षभित्र पस्नेवित्तिकै केही विद्यार्थीहरु माइक्रोफोन नजिकै गएर बोल्न थालिहाले - ' अहिले तपाईं सुन्दैहुनुहुन्छ युवाहरुकै लागि लक्षित गरी तयार पारिएको सूचनाप्रधान का

वेलायत चीन जापान अमेरिका लगायतको सहयोगमा निर्मित रेडियो नेपाल देशकै पहिलो प्रसारण माध्यम हो । भौगोलिक पर्खालहरु छेड्दै र अशिक्षाको दूरीलाई समेत चुनौती दिई सबै नेपालीको घर आँगनसम्म सूचना पुर् याउने यो रेडियोको प्राविधिक पक्ष निकै सवल रहेको छ ।
पछिल्लो समयमा विभिन्न एफएमहरुको लोकपि्रयताले रेडियो नेपाललाई छायामा पारेको हो कि भन्ने प्रसंगमा साचारविद् निर्मलमणि अधिकारी एफएम रेडियो प्रसारणको विस्तार र विकास अभूतपूर्व भइरहेको यस घडीमा पनि रेडियो नेपालको प्रभावकारिता र महत्व न्यून नभएको बताउँछन् । भन्छन्- 'ऐतिहासिकता, साधन स्रोतको सम्बृद्धि एवं राष्टि्रय कभरेजका कारण यसले कमाएको पहिचानलाई प्रवर्दन गर्न सक्दासम्म रेडियो नेपाल प्रभावकारी एवं महत्वपूर्ण रहिरहने छ ।'
विद्यार्थीहरुले रेडियो नेपालका प्राविधिक अमृतध्वज जोसीसमक्ष विभिन्न प्रश्नहरु पनि तेर्
विद्यार्थीहरु लिएर रेडियो नेपालको कार्यालयमा पुगेका विश्वविद्यालयका नेपाली विषयका शिक्षक रामचन्द्र पौड्यालमा भने संगीतप्रतिको मोह एकाएक बढ्यो । संगीतले मानिसलाई जस्तोसुकै परिस्थितिमा पनि साथ दिन्छ भन्दै उनी पनि रेकर्डिङ स्टुडियोभित्र होर्मोनियम बजाउन थाले । कार्यालयबाट बाहिरिँदा उनी भन्दै थिए - 'संगीत सिक्ने रहर त सानैदेखिको हो । तर, समय र परिस्थितिले यतातिर डोर् यायो । अब बुढेशकालमै भए पनि एउटा हार्मोनियम चाहीं किन्ने सोचमा छु ।'
1 comment:
"meena rana" hoina, "meera rana" hunu parne.
Post a Comment