Kasto Lagyo flyer?



This flyer is just a sample of a flyer which was made as an assignment. Don't make any plans as per it.

ऐतिहासिक दस्तावेजहरुको भण्डार : मदन पुरस्कार पुस्तकालय

ऐतिहासिक विषयका सूचना संकलनका लागि भरपर्दो स्रोत मानिने नेपालकै महत्वपूर्ण स्थान हो मदनपुरस्कार पुस्तकालय । विशेषगरी नेपाली भाषा र वाङ्ममयसँग सम्बन्धित रेकर्डहरु संरक्षण तथा भण्डारण गर्नका लागि स्थापित उक्त पुस्तकालयले नेपाली साचार माध्यमको समेत इतिहास बोकेको छ । वि.स. १९५६ सालमा स्थापित उक्त पुस्तकालयमा नेपाली भाषामा प्रकाशित सबैखाले पाठ्य सामग्रीहरु संरक्षित छन् ।
प्रविधिको विकाससँगै पुस्तकालयलाई आधुनिक रुप दिन उक्त पुस्तकालयले हाल माइक्रोफिल्म तथा डिजिटल प्रविधिमा अडियो/भिडियो अनलाइन फोटो जस्ता माध्यमबाट पनि सूचना भण्डारण तथा उपलब्ध गराउँदै आएको छ । पुस्तकालयमा कार्यरत साजन सुवेदी र दीपक अर्यालले दिएको जानकारी अनुसार उक्त पुस्तकालयमा २७ हजार ८ सय ५४ पुस्तक छन् । त्यसैगरी ५ हजार १ सय २५ पत्रपत्रिका १ सय बर्ष पूरानो तस्बिर सहित करिब २ हजार ५ सय वटा तस्बिर १२ हजार इफिमेरा ७ सय अडिया/भिडियोहरु रहेका छन् ।
त्यसैगरी वि.स. १८२० ताका प्रकाशित नेपालको पहिलो पुस्तक पनि उक्त पुस्तकालयमा पाउन सकिन्छ । उक्त पुस्तकालयका अनुसार सुरुका १ सय २२ बर्षमा नेपाली भाषाका ३ हजार ८ सय पाठ्य सामग्रीहरु प्रकाशित भएको पाइन्छ । १८२१ सालमा नेपाली भाषामा प्रकाशित जंगबहादुरको जंगी ऐन द होली बाइबल आदि सबैभन्दा पुराना पुस्तक मानिन्छन् ।

अक्षरको खेतीमा हरिमजुश्री

'लेख्नु आफैंमा चुनौतीपूर्ण कार्य हो । सृजनाप्रतिको सम्मान गर्नु साँच्चिकै कठिनाई हुन्छ'- अरुको जीवनलाई आफ्नो अक्षरको खेतीमा हुर्काउन निकै सिपालु मानिने काभ्रेली साहित्यकार हरिमाजुश्रीको साहित्ययात्राबारे चर्चा गर्दै साचार मन्त्रालयका सल्लाहकार नरेन्द्रराज जंग विक भन्दै थिए- 'कविता जति सुन्दर हुन्छन् कविको जीवन त्यति सुन्दर हुँदैन ।' वास्तवमा भोजपुरमा जन्मेर काभ्रेलाई आफ्नो कार्यभूमि बनाएका कवि माजुश्रीको जीवन दुःख र संघर्षको पयार्य हो भन्दा अतियुक्ति नहोला । काभ्रेका प्रसिद्ध साहित्यकार मोहन दुवाल आफ्ना सहयात्रीको जीवनबारे चर्चा गर्दै थिए । निकै भावुक बनेका दुवाल आफ्ना आँखामा माजुश्रीलाई नियाल्दै थिए, 'हरिमाजुश्री अक्षरको खेतीमा सधैं लागिरहे जीवन घोक्नका लागि भाषा र साहित्यमै लागिरहे ।'
काभ्रेली साहित्यकारहरुमा अक्षरसेवीका रुपमा ख्याती कमाएका साहित्यकार तथा ग्रन्थसम्पादक हरि माजुश्रीको पुस्तक प्रकाशनको रजतबर्षको अवसर पारी धुलिखेलमा हालै 'एकल पुस्तक प्रदर्शनी'को आयोजना गरियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्मा साहित्यकार मोहन दुवाल टीपी शर्मा साचार मन्त्रालयका सल्लाहकार नरेन्द्रजंग लगायतका साहित्यकार तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
एउटा सशक्त साहित्यकार, अब्बल पत्रकार, प्रौढ ग्रन्थकार, सिद्धहस्त सम्पाद, सुबोध्य ब्याकरणकार र सम्पेष्य कविका रुपमा आफ्नो बहुमुखी व्यक्तित्व स्थापित गर्न सफल साहित्यकार हरिमाजुश्री अब काभ्रेली माटोमा सुपरिचित वृक्ष बनेका छन् । साहित्यको रस सबैलाई चखाउँदै उनले पाठकहरुलाई अक्षरको हतिहार प्रदान गरे । त्यसो त हरि माजुश्रीले नेपाली वाङ्मयका विकासमा समेत योगदान पुर्याउदै आएका छन् । नेपाली साहित्यको राम्रो सेवा र साधना गर्ने उनको जागर र उत्साह प्रशंसनीय छ हरिमाजुश्री एकल पुस्तक प्रदर्शनी व्यवस्थापन समिितले आयोजित गरेको उक्त कार्यक्रममा उनले प्रकाशित गरेका कृतिहरु लेख रचना तथा सम्पादित ग्रन्थ आदि सामग्रीहरु प्रदर्शनीका लागि राखिएका थिए ।

ऐतिहासिक तथा धार्मिक महत्वको धरोहर चाँगुनारायण


२०६६ बैशाख २ गते हामी काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडीज प्रथम र दोस्रो बर्षका विद्यार्थीहरु शैक्षिक भ्रमणका लागि भक्तपुरस्थित नेपालको ऐतिहासिक महत्वको धरोहर मानिने चाँगुनारायण पुग्यौं । भ्रमणमा काठमाडौं विश्वविद्यालय भाषा तथा आमसाचार विभागका प्रमुख डा। जंगब चौहान मानवशास्त्र विषयका प्राध्यापक तेजेश्वरबाबु गोङ्ग तथा मिडिया विषयका निर्मलमणि अधिकारीले हामीलाई निरिक्षण गर्नुभएको थियो । नेपालको आधुनिक इतिहास बोकेको उक्त मन्दिर परिसरमा विभिन्न कलाकौशल र ऐतिहासिक संग्राहालयहरु पाइन्छन् ।

उद्देश्यहरु
मन्दिरको स्थापनाबारे ज्ञान हासिल गर्ने
मन्दिरको एतिहासिक तथा साँस्कृतिक महत्व बुझ्ने
मन्दिरबारे रहेका िकंवदन्ती कथा वा पौराणिक आख्यानबारे थापा पाउने
मन्दिरमा प्रयोग वा व्यक्त गरिएका कला कौशलका बारेमा अध्ययन गर्ने
त्यहाँ रहेका समस्या र समाधानका उपायहरुको खोजी गर्ने

तरिका
शिलालेखहरु पढेर
मन्दिर परिसरमा सम्बन्धित व्यक्तिसँग सूचना मागेर
उक्त परिसरको तस्बिर खिचेर
शिक्षक र पूजारीबाट जानकारी लिएर

अवलोकन
ऐतिहासिक दस्तावेजहरुमा दोलाद्री भनिने चाँगु एक धार्मिक स्थल हो । काठमाडौं उपत्यकाकै ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुमध्येको एक मानिने चाँगुनारायण क्षेत्र भक्तपुरको सदरमुकामभन्दा ४।८ किलोमिटर उत्तर र काठमाडौंबाट २१ किमि टाढा रहेको छ । चाँगु डाँडाको टुप्पामा रहेको चाँगुनारायणको मन्दिर वरिपरी फराकिलो आँगन छ भने आँगनको चारै छेउमा धुरी भएका ऐतिहासिक शैलीका घरहरुले घेरिएको छ । चाँगुनारायण परिसर मनोहरा खोलासँग जोडिएको छ । चाँगुनारायणको चारवटा कलात्मक ढोकाहरु चारैदिशा फर्किएका छन् । मन्दिरको पश्चिम ढोकाबाहेक अरु सबै ढोकाहरु बन्द रहन्छन् । मन्दिरको भित्ता तथा छानामा बहुसंख्यक हात भएका देवीदेवताका चित्रहरु कुँदिएका छन् । चाँगुनारायण परिसरमा नारायणको बाहेक अन्य थुप्रै देवताका मन्दिरहरु पनि रहेका छन् । चाँगुमा रहेका केही प्रसिद्ध मूर्तिहरुमध्ये विश्वरुप मूर्ति श्रीधर विष्णुमूर्ति गरुण नारायण मूर्ति त्रिविक्रम मूर्ति नृसिङमूर्ति कान्तिभैरव आदि हुन् । चाँगुमा करिब ३ सय ५० अभिलेखहरु रहेका छन् ।
विभिन्न मेला तथा जात्राका अवसरमा उक्त मन्दिरमा दर्शनार्थीहरुको भींड लाग्ने गर्दछ । श्रावणको शुक्लद्वादशी र पौषको जात्रा लाग्ने गर्दछ । हिन्दू र बौद्ध धर्मकै जीवन्त परम्परा मानिने चाँगुनारायणको मन्दिरमा भएको मूर्ति १० औं शताब्दीको मानिन्छ । यो मन्दिर प्राकृतिक तथा धार्मिक तथा सुन्दरताले सजिएकै कारण धेरै पर्यटकहरु उक्त मन्दिरसम्म पुग्ने गर्दछन् ।

" चाँगुनारायण मन्दिरका हालका मख्य पुजारी चक्र धरानन्द राजोपाध्यायको शब्दमा चाँगुनारायणको उत्पत्तिसम्बन्धि एक किम्बदन्ति सबैलाई रोमाञ्चक लाग्न सक्छ । उहाँका अनुसार परापूर्वकालमा हाल चाँगुनारायण अवस्थित डाँडा चाँप वा चम्पक रुखहरुले भरिएको वन थियो । त्यहि वनको छेउमा सुदर्शन नामक ब्राम्हण बस्नुहुन्थ्यो । ति ब्राम्हणको वरीपरि गोठालाहरु बसोबास गर्थे जसले ती ब्राम्हणको गाई चराउँथे र विहान-विहान ब्राम्हणको कुटीमा दुध पुर्याउँथे । एक्कासी धेरैदिनसम्म गोठालाहरु सुदर्शन ब्राम्हणलाई दुध पुर्याउन गएनन् । ब्राम्हण अचम्मित हुँदै खास कुरो बझ्न जाँदा एउटा कालो पुरुषले विहान-विहानै आएर गाइको थुन चुसेर भाग्दो रहेछ । दुध चोरेको झोकमा त्यस कालो पुरुषको शिर छेदन गरिदिए ब्राम्हणले । तर तीनै कालो पुरुष आफ्ना चारहातसँगै त्यहि उत्पत्ति भए । चार-हातकासाथ उत्पत्ति भएको देखेर सदर्शन ब्राम्हण आत्तिए र देवतालाई मारेको हो की भनेर पश्चाताप गर्दै मर्न तयार भए । तर त्यतिखेर नै उनलाई मर्नबाट रोक्दै कालो पुरुषको धारण गरेका विष्णु‍-नारायणले आफुले रचेको प्रपञ्चबारे विस्तृतरुपमा व्याख्यान गर्दै जाँदा पत्ता लाग्यो कि धेरै पहिला देवता र अशुरहरुको संग्राम भाथ्यो । ‘सुमति’ भन्ने ब्राम्हण दानवको तर्फबाट लड्न आएको थियो र विष्णु वाध्य भएर ति सुमति ब्राम्हणलाई मार्नु पर्यो । ति ब्राम्हणका गुरु शुक्रचार्यले यो कुरो पत्ता गरेपछि विष्णुलाई ब्रम्ह-ह्त्याको श्राप दिएका थिए । त्यो श्रापबाट मुक्त हुनको लागी सुमतिकै सन्तानले विष्णुको शिर छेदन गर्नुपर्दो रहेछ । यसरी सुमतिका सन्तान सुदर्शनले कालो पुरुष-धारण विष्णुको शिरछेदन गरेपछि विष्णु श्रापमुक्त भए र विष्णुले अब सुदर्शनलाई नै आफ्नो पुजारी हुन आग्रह गरे । त्यहि दिनदेखि चागुनारायणका पुजारीहरु सुदर्शकै सन्तान हुने गर्दछन र आफ्नो बुवा-आमा वितेपनि झुठो नपर्ने भएकोले सधै मन्दिरमा पुजा गर्नैपर्ने परिपाटि चलिआएको छ । यही परम्पारालाई आजपनि सुदर्शनकै सन्तानमा गनिने प्रमुख पुजारी चक्र धरानन्द राजोपाध्यायले दैनिक पुजा गरेर कायम गर्दै आउनु भएको छ "-(www.kusekharkc.com.np)

स्थापना
चाँगुनारायणको मन्दिर राजा मानदेवले बनाएका हुन् भन्ने सबैलाई थाहा छ । तर हालका पूजारी चक्रधरानन्द राजोपाध्यायका अनुसार उक्त मन्दिरको अन्तिम जीणोद्धार कार्य नेपाल सम्वत् ८१४ मा कान्तिपुरका राजा भूणलेन्द्र मल्लले गरेका थिए ।


समस्या
जीर्ण अवस्थामा ऐतिहासिक धरोहर चाँगुनारायणको मन्दिर परिसर प्रदुषित बन्दै गइरहेको भने ऐतिहासिक कला कौशल र साँस्कृतिक विविधता बोकेका विभिन्न मन्दिर तथा मूर्तिकहरु जीर्ण अवस्थामा पुगेका छन् । भक्तजनहरुद्वारा अनावश्यक चढाइने फलफूल अविर अक्षता आदिले मुर्तिको स्वरुपमा पनि परिवर्तन आएको छ भने त्यसको टिकाउमासमेत प्रभाव पारिरहेको स्थानीयबासी तथा पूजारीहरु बताउँछन् ।

समाधानका उपायहरु
ऐतिहासिक तथा साँस्कृतिक महत्वका स्थलहरुको जगेर्ना गर्नु सबैको उत्तीकै दायित्व हुनाले कुनै पनि राजनीतिक वा अन्यखाले हस्तक्षेप गरी मन्दिर परिसरलाई हामनी नोक्सानी पुर् याउनुहुँदैन । सम्बन्धित पक्षले मन्दिर परिसर जीर्णोद्धार तथा पुर्ननिर्माणका आवश्यकता अनुरुप यथाशिघ्र थाल्नुपर्छ । मन्दिर परिसर सफा राख्न आगन्तुक तथा स्थानीयबासीहरुलाई सचेत गराइनुपर्छ । राजनीतिक परिवर्तनसँगै ऐतिहासिक मन्दिर परिसरको िकंवदन्ती श्रेय आदि परिवर्तन गर्नुहुँदैन । उपलब्ध शिलालेश तथा अभिलेखहरुको जगेर्ना गरिनुपर्दछ ।

निष्कर्ष
मानव हेलचेक्र्याँइँका कारण दिन प्रतिदिन बढ्न थालेको प्रदुषण सीमा अतिक्रमण जस्ता समस्याको समाधान गर्न सके ऐतिहासिक तथा धार्मिक सर्वोच्चता बोकेको नेपालको अत्यन्तै महत्वपूर्ण स्थल चाँगुनारायणको मन्दिरले सम्पूर्ण नेपालीहरुको कला सीप र शैलीको उचित सम्मान तथा संरक्षण हुने देखिन्छ । यसका लागि सम्बन्धित पक्षले समयमा ध्यान दिनु अत्यावश्यक देखिन्छ ।

The teacher who changed my life

How does a person get engulfed into bad habits? How can he set himself free from such impish deeds? What can be the measures to correct such mistakes? And how do the guardians or teachers treat and encourage children to show the hidden treasure he possesses? Even tiny little things decide one's future sometimes. At times I bear in mind the time I was guided toward the way I am now.

I was in grade three when he first appeared to us. With his white witty face, as soon as entering into our classroom, he gave a squeezed smile, and our giggle drew out for some minutes. We even got some refreshment when he, before introducing himself, cracked some jokes for us. That was his first day with us and before leaving he set up himself as our would-be English teacher.

Next day as he didn't turn up, we requested our principal that he was the right man who could edify us well. And it was me who liked his style much. We had nothing to do with his smile, however that suited him. We were more attentive towards him. We guessed he would be the most tolerant teacher we ever got.

But then things turned unlike what we had assumed it had been. His Second time with us is somewhat remarkable in my life, a painful and pitiable condition of mine. From then, I never saw him liberal, instead he seemed more aggressive and sturdy. We felt it could be pathetic condition of us to bear him few further minutes, though we were the one to insist our principal to let him stay longer. It was me who got first thrashings from him just for I laughed while he was teaching the first chapter. He was a petulant person. One day he asked if we would like to play or study. As most of us preferred to play, he took us to the ground and made us kneel down for the whole period.

Few days later he started staying in the same house which I was staying in. Then he came to be closer to me. In spite of his sturdiness, he was always positive toward me, though his punishments used to be harsh. I was infact a genius child and worked most of my hours with different books and magazines. I even wrote some good poems which pleased not only him but also all the students of my school. Every Friday my friends used to be anxious to listen to my writings. He had even promised me to buy as many diaries I needed as to create poems on them. By his attitude towards me made us quite closer than my friends to him. That closeness made me believe, for some reasons, he would forgive some of my mistakes easily.

As a year passed, I also passed the grade with good percentage securing third position in the class. Everything was as usual but the grade I was studying was different by then. As I was living with my brother and sister in law in a town, I was attracted by many things I saw in the market. Brickgame, cricket ball, watch, Chattpatte, Momo, Chawomins, and obviously the noodles which promised to offer several prizes, all came first my heart. But I had no money. One day I took out a thousand rupees note from my brother's purse. And that was a great mistake I was committing ever in my life. Days passed. I spent almost all the money buying things which I was attracted by. Along with it the nightmare started. Next morning while I was in bed, I heard my brother's voice, he was searching money in my pockets, bags and under my bed. "He must not have done it. Otherwise who else have done?" He was really in trouble in making all the possible guesses. Finally, he found out that it was me who had stolen the money. Now that was a great time to bear for me because the teacher who was always positive towards my hardwork, could know the otherside of me.

That day I went to school earlier. I had many things rushing in my mind. The whole day I was hurried. The final bell rang. We used to have departure in the assembly outside. The teacher, whom we used to call 'Ananta' and sometimes 'Lalit sir', was my problem there, he called out my name. I was nearly fainted that he was going to publicize my name there in front. But I was saved. He told me to conduct the assembly. I carried out it easily. Then, he said me to be home with him. I parked myself at the carrier of his bicycle. We reached our room, he shut up the door and started to pour out several questions to me. I explained. Then he took out his belt and battered me. That was really unforgiving. Later he convinced me not to do so. The greater side of him I loved is that he never told anyone about what I did. I was very thankful for that.

Yeah! Lalit sir was really good person. One needs to accept punishment whenever he commits a mistake. But he should be provided the way he can change himself, realize the inner beauty he has. He used to encourage me to do something good for myself, my parents and my friends.

A month later, with the help of some friends I organized a secondary level interschool quiz competition in our school premise. The teachers were pleased to be invited in our program. The same day we published school wallpaper. When the principal inaugurated the first wallpaper of our school, Lalit sir was the happiest teacher that day.

These days I realize the greatness he possessed. It was he who changed me. It was he who encouraged me to be in the right track and give up the way I was attracted by. He dampened the other side of me, the dark side of me and motivated me to be in against of doing such mischievous things in life. 'Do two things admirable if you need to conceive one mistake." This line touched me inspiringly and it is in my head that never gets erased.

ऐसेलुले लायो मोहनी

समाजशास्त्र विषयको कक्षा सकिन एक घण्टा बाँकी छँदा केही समय ुबे्रकु भयो । एक हुल विद्यार्थीहरु सरासर झाडीतिर लागे । त्यो देखेर शिक्षक पनि छक्क परे । तर जब उनीहरुले पहेंलपुर ऐसेलु टिपेर मुखमा हाल्न थाले तब शिक्षकको पनि मन स्थिर रहेन । अनि उनी पनि लागे नजिकै रहेको ऐसेलुघारीतर्फ ।
काठमाडौं विश्वविद्यालयको 'सेड' नजिकै ऐसेलुको घारी छ । ऐसेलु पाकेको देखेपछि सेड'तिर कक्षा हुने विद्यार्थीहरु आफ्नो फुस्रदको केही समय निकालेर त्यतैतिर लम्कन्छन् र ऐसेलु टिप्न थाल्छन् । 'फल निकै सानो भएपनि जिब्रोलाई मोहनी लाउने चिज हो यो'- मिडिया स्टडीज प्रथम बर्षका स्यामुएल क्षेत्रीले एक अँजुली ऐसेलु देखाउँदै भने । 'मलाई साह्रै मनपर्छ यसको स्वादु-सँगै उभिएका सुनिर पाण्डेले थपे 'अब त सकिन पो लाग्यो ।'
नयाँ बर्षको आगमनसँगै पहाडका वनपाखामा ऐसेलु र काफल पाक्न थालेपछि धेरैको ध्यान त्यतै तानिन्ध । गोठालाहरु हुन् या घाँसदाउरा गर्नेहरु । सबैले वनको फल चाखेकै हुन्छन् । अझ स्कुले केटाकेटीहरु त घर फर्कँदा गोजीभरी ऐसेलु टिप्न पाए भने निकै रमाउँछन् । तर यसपाली भने युवायुवती पनि उत्तिकै रमाइरहेका थिए । बिराटनगरकी अस्मिता रिजाल केयू 'जोइन' गरेपछि पहिलोपटक काभ्रे आएकी हुन् । आफूले पहिले कहिल्यै ऐसेलु नखाएको बताउँदै उनले भनिन्-'पहिलो पटक बोटबाटै टिपेर ऐसेलुको स्वाद लिन पाउँदा निकै मजा भयो ।' त्यसो त ऐसेलु टिप्दा काँडाले घोच्दोरहेछ भन्ने पनि उनले ऐसेलुको पहिलो स्वादसँगै अनुभव गरिन् । उनकै छेउमा एलिसा श्रेष्ठ ऐसेलु टिप्ने प्रयास गरिरहेकी थिइन् । हातभरी काडा विझे । तर ऐसेलुको मोहले भने उनलाई छाडेन । उनीजस्तै एक हुल विद्याथीर्हरु ऐसेलु टिप्ने होडमा देखिन्थे । लाग्थ्यो कि उनीहरुबीच प्रतिस्पर्धा नै चलिरहेको छ ।
ऐसेलु पाक्ने समय भएपछि वन जंगल चहार्ने धुलिखेल बखुण्डोलका चन्द्रकमल दाहाल आजकाल काममा व्यस्त छन् । तर पनि फुस्रदको समय निकालेर उनी भिरपाखा चहार्न भने छाड्दैनन् । भन्छन्-'ऐसेलु खाने सानैदेखिको बानी नयाँ बर्ष लाग्नेबित्तिकै वनजंगल घुम्ने रहर लाग्छ ।' उनी मात्र होइन काठमाडौंबाट धुलिखेल घुम्न आउनेहरुसमेत यो समय ऐसेलु खोजिरहेका भेटिन्छन् । वनमा कोइली कराएको काफल र ऐसेलु बोटबाटै टिपेको अनुभवले जोकोहीलाई नेपालीपनको आभाष दिलाउँछ । त्यसो त विदेशी पर्यटकहरु समेत निकै चासो दिएर तस्बिर लिइरहेका हुन्छन् -नेपाली काफल र ऐसेलुको ।

छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८

नेपालको संविधानमा प्रेस स्वतन्तता
२०६२÷६३ सालमा भएको जनआन्दोलनको सफलता पश्चात २०६३ साल फागुन १ गते प्रतिनिधिसभाद्वारा सर्वसम्मतिबाट पारित गरी नेपालको अन्तरिम संविधान २०६३ जारी भयो । उक्त संविधानको भाग ३ ले अभिव्यक्ति स्वतन्त्रतासहितका मौलिक हकको प्रत्याभूति गरेको छ । धारा १२ ३ क। ले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रदान गरेको छ । त्यसैगरी धारा १५ मा मौलिक हक अन्तर्गत प्रकाशन प्रसारण तथा छापा लगायतका अन्य जनुसुकै माध्यमबाट कुनै समाचार सम्पादकीय लेख रचना वा अन्य कुनै पाठ्य श्रव्यदृश्य सामग्रीको प्रकाशन प्रसारण गर्न छाप्नुपूर्व प्रतिबन्ध लगाइने छैन । सो संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था गरिएको छ । यो संविधानले पनि छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०४८ लाई अङ्किार गरेको छ ।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन २०२८
नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२९ बमोजिम मन्त्रिपरिषद्को सल्लाह र सम्मतिबाट बनाइएको ुछापाखाना र प्रकाशन सम्बन्धी ऐन २०४८ु लाई नै अन्तरिम संविधानले पनि लागू गरेको छ । यसमा ७ वटा परिच्छेद र ४१ वटा दफा रहेका छन् । वि।सं। २०५६ सालमा यो ऐन पहिलो पटक संशोधित भएको थियो ।
उद्देश्यहरु ः
ड्डविभिन्न वर्ग र क्षेत्रका जनताबीच सुसम्बन्ध सदाचार शिष्टाचार एवं नैतिकता राख्ने ।
ड्डदेशको पत्रकारिता क्षेत्रले अभिव्यक्तिको स्वतन्त्रतालाई मर्यादित एवं जिम्मेवारीपूर्ण तवरले स्वतन्त्र र निर्भिक भई उपभोग गर्न सक्ने वातावरण सृजना गर्न ।
ड्डछापाखाना र प्रकाशनका सम्बन्धमा समयानुकुल कानुनी व्यवस्था गर्न ।

परिच्छेद १मा उक्त ऐनको दफा १मा संक्षिप्त नाम र प्रारम्भ र दफा २ मा छापाखाना प्रकाशन किताब समाचार जस्ता शब्दहरुको परिभाषा दिइएको छ ।
परिच्छेद २ मा छापाखाना सम्बन्धी व्यवस्था छ । यस अन्तर्गत दफा ३ मा छापाखाना दर्ता गर्नुपर्ने प्रावधान छ भने दफा ४ अन्तर्गत छापाखाना बन्द वा जफत नगरिने भन्ने शीर्षकमा दफा ३ बमोजिम दर्ता भएको छापाखानाले समाचार लेख वा अन्य पाठ्यसामग्री मुद्रण गरेवापत त्यस्तो छापाखाना बन्द वा जपत गरिने छैन भन्ने उल्लेख छ ।
त्यसैगरी परिच्छेद ३ मा किताबसम्बन्धी व्यवस्था छ । दफा ५ मा ुकिताब दर्ता गर्नेु दफा ६ मा ुकिताबमा उल्लेख गर्नुपर्ने कुराहरु छन् ।
त्यसैगरी परिच्छेद ४ को दफा ७ मा पत्रपत्रिका दर्ता गर्नुपर्ने प्रावधान उल्लेख छ । यसमा ११ उपदफा छन् । दफा ८ मा पत्रपत्रिकाको स्वामित्व हस्तान्तरसण दफा ९ मा पत्रपत्रिकामा उल्लेख गर्नुपर्ने कुरा दफा ९ को क मा पत्रपत्रिकाको न्यूनतम आकार र पृष्ठ संख्या बारे उल्लेख छ । दफा १० मा पत्रपत्रिका प्रकाशन सम्बन्धी प्रावधान छ । दफा ११ मा प्रकाशन बन्द गरेको सूचना दिनुपर्ने दफा १२ मा पूर्व प्रतिबन्ध नलगाइने दफा १३ मा पत्रपत्रिका दर्ता खारेज नगरिने दफा १४ मा प्रकाशनमा प्रतिबन्ध दफा १५ मा प्रकाशनमा निषेध दफा १६ मा विदेशी प्रकाशनको पैठारीमा नियन्त्रण दफा १७ मा प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन निकासी बिक्री वितरण आदि गर्न नहुने उल्लेख छ ।

दफा १८ पहिलो संशोधन २०५६ द्वारा खारेज भएको छ ।

परिच्छेद ५ मा प्रेस रजिष्ट्रार प्रेस प्रतिनिधि तथा स्वतन्त्र पत्रकारसम्बन्धी व्यवस्था छ । दफा १९ मा प्रेस रजिस्ट्रार २० मा प्रेस प्रतिनिधिसम्बन्धी व्यवस्था छ ।
परिच्छेद ६ मा दण्ड सजायको व्यवस्था छ । दफा २१ मा प्रमाणपत्र नलिई छापाखाना साचालन गरेमा २२ मा झुटा विवरण दिएमा २३ किताब नबुझाएमा २४ मा उल्लेख गर्नुपर्ने कुरा उल्लेख नगरेमा दफा २६ मा अनधिकृत तवरले प्रकाशन प्रकाशित गर्ने दफा २७ प्रतिबन्धित प्रकाशन वा निषेधित प्रकाशन प्रकाशित गरेमा विभिन्न दण्ड सजाय गरिने उल्लेख छ ।

Searching you


Dozing in the black night
I wake up the dark moment
That reproduces
Sweet creations
Within no time
Out of soft mind

And

From the tiny page of memories
Heart touching songs
Ink themselves
Out of past unsweet images
Out of past good experiences
Out of the bounds of imagination

Playing, enjoying
A superb shape of invisible mine
Searches you
In drops of water
In colourful foams

फूल


फूलहरुको बगैंचामा लुकामारी खॆल्थ्यौं हामी । खोज्ने पालो मेरै थियो तिमी लुक्यौ फूलहरुबीच ।

आजसम्म खोजिरहेछु तिमीलाई भेट्न सक्या छैन । तिम्रो आकृतिलाई फूलहरुसँग दाँजिरहेको छु । त्यो सयपत्री, त्यो गोदावरी, त्यो शिरिष अनि त्यो गुलाफ । सबैमा तिम्रै सुगन्ध पाउँछु । तिम्रै स्वरुप पाउँछु ।

तर आज एकाएक ती फूलहरु झर्न थालेका छन् । जवानीको काँचुली फेर्दै तिनीहरुले मलाई गिज्याइरहेका छन् ।

निरर्थक जीवन

भनौं मेरो दैनिकी केयू गेटबाटै सुरु हुन्छ । त्यसअघिको समयलाई पनि म अघिल्दै दिनको आखिरी समयसम्झन्छु । अर्थात् सधैं बिहानको नौ बजेपछि मेरा लागि एउटा नयाँ दिनको ढोका खुल्दछ र कसैको पर्खाइमा मकेही समय बिताइदिन्छु । बनेपा फास्टफुड त्यही केन्द्र हो म र मेरा साथीहरुका लागि हो-हल्ला गर्ने अझ भनौं गफगर्ने । खाली समय त्यहाँ राम्रैसँग बित्छ । तर आज हातमा एउटा उपन्यास छ । कक्षामा पुग्नुअघि सिध्याउनुपर्नेहुनाले म एकचित्त भएर त्यसैमा घोरिइरहेको छु । मेरो ध्यान एकाएक किताबमै तानिन्छ । पचासौं पृष्ठमाआइपुग्दा मात्र उपन्यासले आम पाठकमाझ केही न्याय गर्न खोजेको भान हुन्छ । तर पनि यसको मुख्य पात्रहरुसुयोगबीर र सकमबरीबीचको सम्बन्धले स्पष्ट रुप नपाउँदा भने जीवनप्रति निरर्थकताबोध हुन्छ ।
एकपटक फेरि टाउको उठाएर वरिपरी हेर्छु । गेट वरिपरी युवायुवतीका विभिन्न आकृतिहरु देख्छु । तर मेराआँखाले कुनै पि्रय आकृति ठम्याउँन सक्तैनन् । निराश मनले पुनः किताबतिरै आँखा डुलाउँछु ।

बांकी

जनयुद्ध र नेपाली सञ्चार माध्यम


चन्डिराज दाहाल/नबिला बानु
विश्व परिवेशमा पत्रकारको हत्या :
बितेको एक दशक विश्वमा पत्रकार र तिनका सहयोगी गरी ११ सयभन्दाबढीको हत्या भएको छ । खास गरी सन्‍ २००३ यता पत्रकारहरु मारिनेत्रmम ह्वात्तै बढेको छ । इन्टरनेसनल न्युज सेफ्टी इन्स्िटच्युटलेप्रकाशित गरेको पत्रकारको सुरसासम्बन्धी पहिलो विस्त ृतसभर्ेअनुसार पछिल्ला दस बर्समा प्रत्येक हप्ता दुर्इ जना पत्रकारमारिए । इन्स्िटच्युटले सार्वजनिक गरेको उत्तm तथ्यांकअनुसार सन्‍ २००६ मा १ सय ६७ पत्रकारमारिए । सन्‍ २००५ मा यो संख्या १ सय ४९ थियो भने सन्‍ २००४ मा १ सय ३१ जना पत्रकार मारिएकाथिए । सन्‍ २००३ मा ९४, सन्‍ २००२ मा ७० र सन्‍ २००१ मा १ सय ३ पत्रकार मारिएका थिए । यीमध्येधेरैजसो पत्रकारको हत्या समाचार संकलनका त्रmममा नभर्इ नियोजित ढंले योजनाबद्ध रुपमागरिएको पाइन्छ । अन्तर्राष्टि्रय पत्रकार महासंघ (आर्इएफजे)का अनुसार पत्रकार हत्यामा संलग्नहुनेमा राजनीतिक उद्देश्यले प्रेरित समूह र सङ्गठित गिरोह बढी रहेको पाइन्छ ।
‍‍ ‍
नेपालमा पत्रकार हत्याको तस्बिर :
विश्वको सन्दर्भलार्इ छाडेर नेपालकै अवस्थालार्इ केलाउन थालौं ।पत्रकार हत्याको तस्बिर यहाँकोपनि उत्तकिै कहालीलाग्दो पाइन्छ । समाचार लेखेकाई कारन पत्रकारलार्इ सताउने, आस्थाकै आधारमाबन्दी बनाउने या सत्ताको आलोचना गरेकै आधारमा धम्क्याउने त्रmम नयाँ होइन । पत्रकारिताकोसुरुवातसँगै यो त्रmम चलेको छ । पञ्चायतकाल प्रेसमाथि दमनको दर्दनाक इतिहास हो । राज्यकाआडमा गोलीकान्डको घटना पनि त्यसैबेला भयो । त्यसअघि र पछिका पनि त्यस्ता थुप्रै घटना दर्ताभएका छन्‍ ।जनयुद्ध र नेपाली प्रेसमाओवादी आन्दोलनको प्रत्यस प्रभाव काठमाडौंजस्ता शहरी सेत्रमा रसम्पन्न वर्गमा सुरुका बर्सहरुमा ज्यादै न्यून देखियो । सुरुका बर्सहरुमाजनयुद्ध 'कथित' मै सीमित रह्यो । तर, विस्तारै साथीभाइ र आफन्त तथाचिनेजानेका मानिसहरु मारिन थालेपछि नेपाली प्रेस एकाएक उदार देखिनथालेको थियो । पछि 'कथित', 'भूमिगत' जस्ता शब्द हटाएर 'माओवादी' लेख्नथालियो । माओवादी सवालमा भने प्रेस अलि खुम्चको थियो । जस्तै एउटाघटना :माओवादीले बाटो ढुकेर लुटपाट गरेको भन्दै देशान्तरले त्यस्तोआन्दोलनको आैचित्य नहुने समाचार लेखेको थियो । पछि एकअन्तर्वार्तामा डा. बाबुराम भट्टरार्इले देशान्तरका सम्पादकलार्इ खाल्डोमाहाल्नुपर्छ भन्ने अभिव्यत्तmि दिए । उत्तm अभिव्यत्तmिले नेपाली प्रेस माओवादीबाट प्रत्यस मारमापरेको थियो ।

बांकी ....

मिडियामा महिला


देशमा गण्ातन्त्र स्थापना भइसक्दा पनि नेपाली सञ्चार माध्यमहरुमा लैङि्‍गक समतामुलक सूचना सामग्रीले स्थान पाउन सकेका छैनन्‍ । पुरुष्ाप्रधान नेपाली समाजमा महिलाको अवस्थामा भने खासै परिवर्तन आउन सकेको छैन । घर, परिवार र समाजमा मात्रै होइन, सञ्चार माध्यमहरुमा समेत महिलालार्इ कमजोर पक्ष्ाका रुपमा लिइने गरिन्छ ।सञ्चार माध्यमले महिलाका विष्ायमा समाचार सम्प्रेष्ाण्ा गरे पनि सम्पादकीय, मुख्य समाचार जस्ता महत्वपूर्ण्ा स्थानमा भने महिलालार्इ ल्याउन सकेका छैनन्‍ । विशेष्ागरी यौन, दुर्घटना, अपराध जस्ता विष्ायमा मात्रै महिलाले स्थान पाउने गरेको पाइन्छ । हालै बनेपामा आयोजित सञ्चार माध्यममा महिला सहभागिता सम्बन्धी एक कार्यत्रmममा प्रेस चौतारी काभ्रे शाखाका उपाध्यक्ष्ा पूर्ण्ाचन्द्र सिग्देल, प्रेस युनियन काभ्रे शाखाका अध्यक्ष्ा भीम गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका सचिव महेश पौडेल, पूर्व सभापति र्इश्वरी ओभmा लगायतले सो कार्यत्रmमले आफूहरुलार्इ महिलाप्रति संवेदनशील हुन सचेत गराएको बताए । 'गलत समाचारप्रति प्रतिवाद गनर्े प्रव ृत्त िबढेको भएपनि लैङि्‍गक विभेदलार्इ हेनर्े हो भने कतिपय सामग्रीका कारण्ा महिलाहरुले मानसिक पीडा व्यहोनर्ु परेको छ'(कार्यत्रmममा रमा दाहालåारा प्रस्तुत आधारपत्रमाथि टिप्पण्ाी गर्दै इन्सेक काभ्रेका प्रतिनिधि भोजराज तिमल्सिनाले भने('बलात्क ृत महिला, उत्पिडनमा परेका बालिका र एड्‍सबाट पीडितहरुको तस्बिरसमेत पत्रपत्रिकामा आउने गरेकाले सिंगो नेपाली प्रेसले बेइज्जती खेप्नुपरेको छ ।'संख्याको द ृष्टिले नेपालका अखबारको आधा संख्या काठमाडौंमा छ । तर, वित्रmीवितरण्ाको हिसाबले यो भिन्नता धेरै ठूलो छ । नेपालका सञ्चारकर्मीको दुर्इ(तिहार्इ संंख्या उपत्यकामै छ । यसअर्थमा नेपालको पत्रकारिता एउटै सहरमा मात्र बढी केन्दि्रत देखिन्छ । यसले दुर्गम भेगका महिलाको आवाज समेट्‍न सकेको छैन ।

चिनियाँ भासाप्रति बढ्‍यो आकर्सन



'नि खावो नाला !' निकै रमाइलो मान्दै रश्मी अग्रवाल आफ्‍नी सहपाठीलार्इ चिनियाँ भासामा 'हेलो नबिला !' भन्दै थिइन्‍ । भर्खरभर्खर केही नयाँ शब्दहरु सिकेकी नबिलाले पनि तत्काल उत्तर दिइहालिन्‍, 'नि खावो स्मीं । नि माङ्‍ मा ?' प्रतिउत्तरमा उनले अर्को प्रश्न पनि थपिहालिन्‍( 'तिमी अलि व्यस्त छौ कि ?'उनीहरुजस्तै काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडीज अध्ययनरत पहिलो र दोस्रो बर्सका गरी करिब ३५ विद्यार्थीहरुको ध्यान अहिले चिनियाँ भासातफ आकर्सित भएको छ । काठमाडौं विश्वविद्यालय अन्तर्गत स्थापना भएको कन्फ्‍युसियस इन्स्िटच्युटले नि:शुल्क रुपमा सिकाउने भएपछि उनीहरुमा एउटा नयाँ भासा सिक्ने इच्छा जाग्यो । 'चिनियाँ भासा निकै रमाइलो रहेछ'(दोस्रो बर्सका शेखर केसी भन्छन्‍, 'भासासँगै त्यस देशको सँस्क ृति बुभिmने हुँदा हाम्रा लागि चिनियाँ भासा सिक्नु आवश्यक रहेछ ।''पुरुइमु, नि न्यूँ फङियो ना ? नयाँ शब्द उच्चारन गर्न अप्ठ्‍यारो मान्दै दोस्रो बर्सका राजन कठेतले छेउमा बसेका प्रेम शेर्पालार्इ जिस्काइहाले, 'प्रेम तिम्री प्रेमिकाको खबर के छ ?' आफ्‍नो नाम 'पुरुइमु' राखिदिने शिसिकातिर हेर्दै उनी हाँसे र चिनियाँ भासामै उत्तर दिए, 'ता खेन खावो(उनी ठिकै छिन्‍ ।' विश्वविद्यालयमा चिनियाँ भासा अध्यापन गनर्े शिसिका लियोले सबैलार्इ उपनाम दिएपछि विद्यार्थीहरु एक(अर्काको नाम बोलाउँदै हाँस्न थाले । 'आफ्‍नै नाम पनि अरु भासामा सुन्दा हास उठ्‍दोरहेछ'(प्रथम बर्सका रुविन मानन्धरले भने,'अब मिसलार्इ पनि हामी नेपाली नाम दिनुपर्ला ।'चिनियाँ भासा सँगसँगै देशको सँस्क ृतिलार्इ विश्वभर फैल्याउने उद्देश्यले चीनस्थित कन्फ्‍युसियस इन्स्िटच्युटले ६५ देशहरुमा करिब ६ सय वटा शाखाहरुको स्थापना गरेको छ । महान्‍ दार्शनिक कन्फ्‍युसियसको विचार र दर्शनलार्इ आत्मसात्‍ गर्दै नेपालमा पनि काठमाडौं विश्वविद्यालय अन्तर्गत सन्‍ २००७ को जुन महिनामा उत्तm इन्स्िटच्युटको स्थापना भएको हो । इन्स्िटच्युटले 'बेसिक', 'स्पेशल' र 'टिचिङ' गरी तीन तहका कसा सञ्चालन गरिरहेको छ । 'बेसिक कसा अन्तर्गत दैनिक चिनियाँ कार्यहरु, चिनियाँ सँस्क ृति र जनजाति तथा इतिहास, भूगोल र चाडपर्वका बारेमा आधारभूत ज्ञान दिइन्छ ।इन्स्िटच्युटले हाल चिनियाँ भासा अध्ययनरत विद्यार्थीमध्ये सोही भासामा थप अध्ययनका लागि चीन जान चाहने १ हजार विद्यार्थीलार्इ छात्रव ृत्त िप्रदान गनर्ेछ । त्यसो त उत्तm भासा सिकेका विद्यार्थीहरुलार्इ चीन भ्रमनको समेत अवसर दिइनेछ । 'एउटा नयाँ भासा सिक्नु भनेको पुन: अर्को पटक जन्मनु हो । नयाँ भासाले हामीलार्इ नयाँ जीवनशैली र सँस्क ृतिसँग परिचित गराउँछ'( नेपाल र चीनबीचको सम्बन्धलार्इ प्रभावकारी बनाउन चिनियाँ भासा सिक्नु महत्वपूर्न हुने बताउँदै काठमाडौं विश्वविद्यालय भासा तथा आमसञ्चार विभागका प्रमुख डा. जंगब चौहान भन्नुहुन्छ, 'अभm 'मिडिया अध्ययनका विद्यार्थीहरुका लागि त यो निकै महत्वपूर्न हुनसक्छ ।' त्यसो त मिडिया स्टडिजबाहेक काठमाडौं विश्वविद्यालयका अरु संकायका इच्छुक केही विद्यार्थीहरु पनि यो भासा सिक्दैछन्‍ । ग्वार्कोस्थित इन्स्िटच्युटमा यो भासा सिक्नेहरुको संख्या हाल ३ हजार रहेको छ ।

'तिम्रै लागि !'


सन्चयनै भेटेपछि एउटा गजल चोरिहालेँ

आफ्नै जस्तो पारिकन कागचमा कोरिहालेँ ।



'उनकै कसम उनकै लागि सिसामाथि नाची आएँ

भोकाएकी बघिनीलाई झुक्याएर भागिहालेँ ।'



भावनाका तरेलीमा डुबेपछि उनीसामू

मनभित्रका गाँठ्ठी कुरा एकैपटक खोलिहालेँ ।



अस्तिमात्र देख्दा उनलाई को-हो को-हो लागेको थ्यो

आज मेरो जिन्दगी नै उपहार छ भनिहालेँ ।



उनकै नामका तस्बिर छन् मनका यी पत्रभित्र

पत्र पल्टाई 'तिम्रै लागि !' रगतले लेखिहालेँ ।

होलीको रौनकता

कोठाको शान्त वातावरणलाई जिस्काउँदै होलीको रौनकले ल्याएको सांगीतिक हर्षोल्लासका कारण मेरो शरीर अचल रहन सकेन । आफ्नो हात किबोर्डमै नचाउँदै म बाहिर काठमाडौं विश्वविद्यालयको खेलमैदानमा बजिरहेको गीतको तालमा टाउको हल्लाइरहेको छु । बजिरहेको गीतकॊ लिरिक्स मलाई आउँदैन तर त्यो संगीतसँग भने म पहिलैदेखि अभ्यस्त छु ।

एक्कासी आवाज आय, 'ह्याप्पी होली !' म बसेको कोठाबाहिर कसैले सोध्यो- 'ड्याप्स होली खेल्ने होइन ?'
'खेल्ने, तर एकछिनमा' अर्को कसैले उत्तर दियो ।

मलाई होलीको दिन रमाइलो लाग्छ । तर म यसपालि होली नखेल्ने सुरमा कोठाभित्रै थन्किएको छु । बाहिर जान मन पनि छ । तर बाहिर निस्कने वित्तिकै कसैले एक बाल्टिन् पानी खन्याइदिन्छ भन्ने सोचेर म फेसबुकमै रमाउने सुर गरिरहेको छु । पानीले भिजाउँदा शरीर नै जिरङ्ग हुन्छ मेरो । नुहाउँदा भने त्यस्तो कहिल्यै हुँदैन । मलाई रङहरुको होली खेल्न असाध्यै मन पर्छ । त्यो पनि फुको रङको । आजकाल पानी खन्याउने र लोला हान्ने प्रवृत्तिका बढेका कारण म नचाहेरै पनि होलीको रमझमबाट टाढिँदै छु । मलाई यसको विकृत पक्षबारे कसैसँग बहस गर्न मन लागिरहेको छ । नभन्दै फेसबुकमा कसैले सोध्यो 'किन होली नखेल्ने ? बिचरा ! कसैले एकाबिहान उसलाई रङ दल्न भ्याइसकेछ । मैले नखेल्ने भनिदिएँ । मलाई बाहिर निस्कनै डर लागिरहेको छ ।

आज याहूमा साइनइन गर्दा अफलाइनहरु धेरै आएका रहेछन् । सबैमा होलीकै शुभकामना थिए । मैले पढेर रिप्लाई पनि गरें । तर अनलाइन भने कसैलाई भेटिनँ । सोचँे 'सायद उनीहरु पनि होली खेल्दै होलान् ।'

बाहिरको होहल्लाले मेरो ध्यान त्यतैतिर आकृष्ट गर्यो । म झ्याल खोलेर त्यता चिहाउन थाले । घामको प्रकाशका कारण कालो भइने डरले कहिल्यै बाहिर ननिस्कने कोमल अनुहारहरु पनि आज ग्राउण्डमा ओर्लेका रहेछन् । मैले कसैलाई चिन्न सकिनँ । उनीहरु सबैको अनुहार विभिन्न रङले पोतिएका थिए । उनीहरु चिच्याइरहेका थिए । आज उनीहरुमा उमङ्गको सीमा चरमउत्कर्षमा पुगेको छ । सायद यस्तो दिन फेरि आउँदैन भन्ने सोचेको हुनुपर्छ उनीहरुले । त्यहाँ निकै रमाइलो वातावरण थियो । यस्तो होली मैले कहिल्यै देखेको थिइनँ । तर सुनेको थिएँ । काठमाडौं विश्विद्यालयमा जोइन गरेपछिको मेरो यो पहिलो होली हो । म होस्टलमा साथीको कोठामा छु आज । पहिलेका बर्षहरुमा यहाँ पढ्ने दाइहरुले भनेको सुनेको थिएँ । आज त्यही देख्दैछु । 'साकिरा साकिरा…।' गीतको रौनक पनि कम छैन । बाहिर सबै हिलाम्मे देखिन्छन् । उनीहरु निकै तोडले कम्मर हल्लाइरहेका छन् ।

एउटा ठूलो खाल्डो रहेछ । त्यो हिलोले भरिएको थियो । चारजना केटाहरुले एउटी केटीलाई हातखुट्टामा समातेर भ्ु्नाकुल्टुङ पार्दै त्यतैतिर लगे । अनि त्यही खाल्डोमा फ्याकिदिए । त्यस्ता दृश्य बारम्बार दोहोरिने थाले । केटीहरु पनि कम थिएनन् । उनीहरु पनि रमइलो गर्न पाउँदा निकै उत्साहित नै देखिन्थे । मेरो फोन बज्यो । मैले अड्कल काटिसकेको थिएँ । नरम आवाज थियो । तल झर्ने रिक्वेष्ट । त्यो पनि केटीको । मैले आफूलाई सम्हालिरहन सकिन। मन उनीहरुसँगै गएर मिसिन चाहन्थ्यो। त्यो रमाइलो साथमा आफूलाई पनि मिसाउन चाहन्थ्यो । त्यसैले तल नओर्लनु उचित ठानेरै पनि म ओर्लिएँ ।