नेपाली चलचित्रको अवस्था

नेपाली चलचित्रको विकासक्रम
नेपाली सिनेमाको सुरुवात वि.स. २००८ सालबाट भएको पाइन्छ । तात्कालित सरकारले ३ वटा प्रोपागाण्डा चलचित्रहरु निर्माण गर् यो र पछि २०३० सालमा शाही नेपाल चलचित्र संस्थान्को स्थापना गरियो । उक्त संस्थाले पनि केही चलचित्रहरुको निर्माण गर् यो भने केही चलचित्र निकै लोकपि्रय पनि बने । तर त्यसको करिब १६ बर्षपछि मात्र नेपालमा निजी क्षेत्रबाट चलचित्र बन्यो । तर उक्त चलचित्रले सफल पाइदा चाल्न भने सकेन । २०४७ ासलमा आएको राजनीतिक परिवर्तन नेपाली चलचित्र जगतका लागि एउटा सुनौलो अवसर बन्यो । नेपालको चलचित्र उद्योगले यसै समयमा फस्टाउने मौका पायो । फलस्वरुप ३ बर्षको अवधिमा १ सय ४० वटा चलचित्रहरु बने भने ३ सयभन्दा बढी सिनेमा हलहरु निर्माण गरिए । नेपालको त्यो अवस्थाले हिन्दी चलचित्रलाई प्रायः विस्थापित नै पार् यो । तर त्यसपछिको एक दशक भने फेरि नेपाली चलचित्रका लागि अभिषाप बन्न पुग्यो । यसको एउटा प्रमुख कारण चाहीं बजारको क्षमताभन्दा बढी चलचित्र बन्नु र गुणस्तरमा ह्रास आउनु नै मानिन्छ । अर्कोतर्फ देशमा बढिरहेको आन्तरिक �र् न्�र् ले नेपाली चलचित्र क्षेत्र प्रत्यक्ष मारमा पर् यो । त्यसपछि केही चलचित्र निर्माताहरु नयाँ धारको चलचित्र बनाउने कार्यमा लागे जुन यथार्थपरक र कम काल्पनिक हुने गर्थे । त्यस्ता केही चलचित्रले स्वदेश तथा विदेशमा समेत ख्याती कमाए । नेपालको राजनीतिमा आएको दोस्रो ठूलो परिवर्तन अर्थात २०६३÷६३ सालको जनआन्दोलनले शान्ति स्थापनामा उल्लेखनीय योगदान खेलेपछि हाल चलचित्र क्षेत्रको फेरि उत्साह बढेको छ । देशमा छाएको नयाँपनसँगै चलचित्र क्षेत्रमा पनि केही नयु स्वाद भित्रिएको छ । परम्परागत ढाँचा र कथावस्तुमा बन्ने चलचित्रहरुको माग घटेपछि हाल नयाँ धारमा चलचित्रहरु बन्न लागेका छन् । भुषण दाहालको कागबेनी आलोक नेम्बाङको सानो संसार जस्ता चलचित्रमा नयाँ शैली नयाँ खालको कथानत तथा नयाँ परिवेश मात्र पाइन्न प्रविधि पनि नयाँ नै पाइन्छ । डिजिटल प्रविधिमा चलचित्र बन्न थालेपछि पछिल्लो समयमा निर्माताहरुले केही सहज महसुस गरेका छन् ।
नेपाली चलचित्रको प्रवृत्ति र स्थिति
परम्परागत मूल्य र मान्यतामै सीमित अधिकांश नेपाली चलचित्रले सामाजिक यथार्थ र हिन्दू समाजका सैद्धान्तिक एवं व्यवहारिक पक्षलाई नै अिङ्गकार गरेको पाइन्छ । नायक र नायिकाबीच सुरु भएको प्रेम बीचमा केही समस्या देखाइनु र अन्त्यमा पुनः मिलन हुनु समाजमा माथिल्लो वर्गले तल्लो वर्गलाई गरेका अन्याय अत्याचार वा घरभित्रको सासुबुहारीको झगडा । यस्तै समस्यालाई आफ्नो चलचित्रको कथानक बनाउनु नेपाली चलचित्रहरुको साझा प्रवृत्ति बनेको छ । त्यसमा पनि नेपालका लोकपि्रय नायक राजेश हमालको अभियानलाई अधिकांश चलचित्रले आफ्नो प्रमुख आधारस्तम्भ बनाएका छन् । सत्यको पक्षमा लाग्ने नायकले समाजका विकृति र अत्याचार आदिको विरुद्धमा लड्नु मनोराजनको पाटोलाई विशेष जोड दिँदै बीचमा पाँच�ँछ वटा गीत राख्नु प्राय सबै चलचित्रमा यस्तै विशेषता पाइन्छ । कुनै समय निकै ख्याती कमाएका कलाकारहरु एकाएक विदेश पलायन हुन थालेपनि नेपाली चलचित्र क्षेत्रमा उल्लेखनीय विकास हुन सकेको छैन ।

वर्तमान अवस्था
नेपालमा दोस्रो जनआन्दोनले ल्याएको परिवर्तनले चलचित्र क्षेत्र पनि उत्साहित बनेको छ । वि।स। २०६३ सालदेखि यता माओवादी मूलधारको राजनीतिमा आएपछि नेपाली चलचित्र क्षेत्र फेरि आफ्नो पूरानै अवस्थामा फर्केको छ । अर्थात धेरैभन्दा धेरै चलचित्र रिलिज हुने क्रम बढेको छ । बन्द भएका कतिपय हलहरु पुनः साचालनमा आएका छन् भने सुिटङका लागि देशको जुनसुकै कुनामा बिनाअवरोध पुग्न सक्ने अवस्था आएको छ । त्यतिमात्र होइन नेपाली चलचित्रमा नयाँ शैली वा प्रवृत्तिसमेत भित्रिएको छ । डिजिटल प्रविधिमा चलचित्र बन्ने क्रम बढेको छ भने चलचित्रको कथानकले पनि बेग्लै मोड लिएको छ । भुषण दाहालको निर्देशनमा बनेको कागबेनी र आलोक नेम्बा�ङको निर्देशनमा बनेको सानो संसार यी सबै विशेषताहरुको ताजा उदाहरण बनेका छन् । हिजोसम्म राजेश हमालको डाइलग,फाइट र अभिनयमै भरपर्नुपर्ने बाध्यतालाई चिर्दै नयाँ धारमा चलचित्रहरु बन्न थालेका छन् । यद्यपि यो क्रम त्यति तिब्र भने भएको पाइन्न । अर्कातिर नेपाली दर्शकले मागेजति सामग्री दिन भने नेपाली चलचित्रकर्मीहरु अझै सकेका छैनन् । हिन्दी र अंग्रेजी तथा पछिल्लो समयमा देखिएको कोरियन चलचित्रप्रतिको क्रेजले नेपाली सिनेजगतलाई एउटा ठूलो धक्का दिएको छ ।

बितेको करिब २ महिनालाई नियाल्ने हो भने केही नेपाली चलचित्रले सोचेजति सफलता हासिल गरेका छन् । चलचित्र विकास बोर्डका अनुसार रेखा फिल्मस् ारा निर्मित 'हिम्मत'ले रिलिज भएको एक सातामै काठमाडौं उपत्यकाबाट मात्रै पचास लाख रुपैयाँ कमाउन सफल भयो । त्यसैगरी 'हाम्रो मिलन कहिले हुन्छ ' ले पनि काठमाडौं उपत्यकाबाट मात्रै २० लाख रुपैयाँ संकलन गर् यो भने झरना थापाको तकदिरले काठमाडौं मात्र नभई देशभरकै अधिकांश हल भर्न सफल भएको छ । नेपाली चलचित्र क्षेत्रको इतिहासमा राम्रो स्थान ओगट्न सफल चलचित्रहरु 'दर्पणछाया', 'लहना', 'तँ त साह्रै बिगि्रस नि बद्री' आदिले पाएको लोकपि्रयता यसपालि भने हालसालै प्रदर्शनी थालेका चलचित्रहरुले पनि पाएका छन् । त्यसो त साँच्चिकै भन्ने हो भने नेपाली चलचित्रले यसरी फस्टाउने मौका पाउनुको कारण हिन्दी चलचित्र रिलिज नहुनुले प्रमुख रहेको पाइन्छ । चलचित्र निर्माता युवराज लामाका अनुसार पछिल्ला दुई महिनामा नेपाली चलचित्रले राम्रो आम्दानी गरेका छन् । विश्वज्योति सिनेमा हलमा दर्शकको चाप पहिलेका दिनहरुमा भन्दा २० प्रतिशतले बढेको छ । तर हिन्दी चलचित्रहरु लाग्ने हलहरु भने अहिले चलचित्रको अभाव महसुस गरिरहेका छन् । एउटै छानामुति धेरैवटा सिनेमा हेर्न सकिने हलहरु भने अहिले मर्कामा परेका छन् ।

नमस्कार ! यो हो रेडियो नेपाल


' नमस्कार अनि स्वागत छ । यो हो रेडियो नेपाल र यहाँ उपस्थित छौं काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडीज अध्ययनरत हामी पहिलो र दोस्रो बर्षका विद्यार्थीहरु ' - स्थलगत अध्ययनका लागि केही दिनअघि रेडियो नेपालको कार्यालय पुगेका विद्यार्थीहरु जब स्टुडियोभित्र छिरे तब आफ्नो आवाज रेकर्ड गराउन सबै आतुर देखिए ।
कार्यक्रम साचालन कक्षभित्र पस्नेवित्तिकै केही विद्यार्थीहरु माइक्रोफोन नजिकै गएर बोल्न थालिहाले - ' अहिले तपाईं सुन्दैहुनुहुन्छ युवाहरुकै लागि लक्षित गरी तयार पारिएको सूचनाप्रधान कार्यक्रम साचार खबर ।' माइक्रोफोन देख्नासाथ उनीहरुले कुनै कार्यक्रमको परिकल्पना पनि गरिहाले ।
वेलायत चीन जापान अमेरिका लगायतको सहयोगमा निर्मित रेडियो नेपाल देशकै पहिलो प्रसारण माध्यम हो । भौगोलिक पर्खालहरु छेड्दै र अशिक्षाको दूरीलाई समेत चुनौती दिई सबै नेपालीको घर आँगनसम्म सूचना पुर् याउने यो रेडियोको प्राविधिक पक्ष निकै सवल रहेको छ ।
पछिल्लो समयमा विभिन्न एफएमहरुको लोकपि्रयताले रेडियो नेपाललाई छायामा पारेको हो कि भन्ने प्रसंगमा साचारविद् निर्मलमणि अधिकारी एफएम रेडियो प्रसारणको विस्तार र विकास अभूतपूर्व भइरहेको यस घडीमा पनि रेडियो नेपालको प्रभावकारिता र महत्व न्यून नभएको बताउँछन् । भन्छन्- 'ऐतिहासिकता, साधन स्रोतको सम्बृद्धि एवं राष्टि्रय कभरेजका कारण यसले कमाएको पहिचानलाई प्रवर्दन गर्न सक्दासम्म रेडियो नेपाल प्रभावकारी एवं महत्वपूर्ण रहिरहने छ ।'
विद्यार्थीहरुले रेडियो नेपालका प्राविधिक अमृतध्वज जोसीसमक्ष विभिन्न प्रश्नहरु पनि तेर् याए । रेडियो नेपालबाट कार्यक्रम तथा समाचारहरु कसरी प्रसारण हुँदारहेछन् भन्ने थाहा पाएपछि उनीहरु कार्यालयको लाइब्रेरीमा पुगे र त्यहसंकलित पूराना गीतहरुको रेकर्ड अवलोकन गरे । नेपालकी चर्चित गायिका मिरा राणासँग प्रत्यक्ष भेट्ने मौका पाउँदा उनीहरु निकै हर्षित भए । उनीसँग तस्बिर खिचाउने र अटोग्राफ लिन आफ्नो डायरी तेस्र्याउनेहरुको केही छिन भिड नै लाग्यो । त्यस्तै प्रत्यक्ष फोिनङ कार्यक्रम स~चालन गरिरहेका नेपालका लोकपि्रय कार्यक्रम साचालक टिका भण्डारीको कार्यक्रम साचालन गर्ने शैलीप्रति विद्यार्थीहरु निकै मोहित भए ।
विद्यार्थीहरु लिएर रेडियो नेपालको कार्यालयमा पुगेका विश्वविद्यालयका नेपाली विषयका शिक्षक रामचन्द्र पौड्यालमा भने संगीतप्रतिको मोह एकाएक बढ्यो । संगीतले मानिसलाई जस्तोसुकै परिस्थितिमा पनि साथ दिन्छ भन्दै उनी पनि रेकर्डिङ स्टुडियोभित्र होर्मोनियम बजाउन थाले । कार्यालयबाट बाहिरिँदा उनी भन्दै थिए - 'संगीत सिक्ने रहर त सानैदेखिको हो । तर, समय र परिस्थितिले यतातिर डोर् यायो । अब बुढेशकालमै भए पनि एउटा हार्मोनियम चाहीं किन्ने सोचमा छु ।'