Secret for Longevity

This is not my original
creation
it belongs to "" boldwords.blogspot.com

सशस्त्र द्वन्द्वमा नेपाली मिडिया

सूचनाको स्वतन्त्र प्रवाह प्रजातन्त्र तथा मानव अधिकारको सम्मानका लागि जग र आधार हो । विभिन्न अन्तर्राष्ट्रिय दस्तावेजहरुका अलावा मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको धारा १९ मा उक्त कुरा स्थापित गरिएको छ । ुयुनेस्कोको साचार विकाससम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रमका अध्यक्ष टोर्बेन क्रोघले उल्लेख गरेका छन् अभिव्यक्ति स्वतन्त्रताविना प्रजातन्त्रको अस्तित्व हुँदैन र अर्कोतिर सूचना स्रोतहरु तथा विचारहरुको बहुलताबिना प्रजातन्त्र मुस्किलले कि्रयाशील हुन सक्छ ।ु मेरी रैने राष्ट्रमण्डल प्रसारण संघ निर्देशिका २००४ नयाँदिल्ली पेज ३ । यस अर्थमा अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानवअधिकार हो । यसलाई दुई अर्थमा आधारभूत अधिकार मान्न सकिन्छ ुयो अधिकारको मानवीय जीवन र मर्यादामा केन्द्रीय महत्व हुन्छ यो राजनीतिक प्रणालीमा सहभागी हुने अधिकार लगायत सबै मानवअधिकारको आधार हो ।ु अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राटि्रय मापदण्ड २००८ आर्टिकल नाइन्टिन पि्रुडम फोरम नेपाल पत्रकार महासंघ पेज ३ अभिव्यक्ति स्वतन्त्रताको सोही अवधारणालाई अङ्गिकार गर्दै २०४७ सालको जनआन्दोलनपछि बनेको नेपाल अधिराज्यको संविधान २०४७ को धारा १३ ले प्रेस स्वतन्त्रताको प्रत्याभूत गर् यो । तर विडम्वना स्वतन्त्रताको आडमा भर्खरभर्खर प्रगतिको बाटोमा लम्कन सुरु गरेको नेपाली मिडियाले फेरि देशको अराजक राजनीतिसँग प्रत्यक्ष जुध्नु पर् यो । अर्थात् वि।स। २०५२ सालदेखि नेपालमा अस्थिर राजनीतिका कारण समग्र मिडिया प्रभावित बन्यो । २०४७ सालको संविधानले साचार क्षेत्रलाई दिएको स्वतन्त्रता एसियाकै लागि नमुना मानिन्छ । तर व्यवहारमा भने नेपाली साचार जगतले स्वतन्त्रताको अनुभव गर्न पाएन । ुवि।स। २०५२ सालबाट नेकपा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धका कारण अलिअलि बामे सर्न लागेको नेपाली साचार क्षेत्र अकल्पनीय कठिनाईहरु सहन बाध्य भयो । एक दशक चलेको युद्धले सबैखाले सम्भावनाहरुलाई बन्द मात्रै होइन भएका संरचनाहरु ध्वंस गर्नसमेत सुरु गर् यो । मुलुकमा ठूलो राजनीतिक अस्थिरताको अवस्था सिर्जना भयो ।ु कार्यक्षेत्रमा पत्रकारहरुका भोगाई विकास पत्रकार माच ३ मे २००८ पेज २ यसरी साचार जगतले व्यहोर्नु परेको अपूरणीय क्षतिलाई सम्झँदा जनयुद्ध सुरु भएदेखि अन्तसम्मको एक दशक वि।स। २०५२ देखि वि।स। २०६३ सम्म नेपाली साचार क्षेत्रका लागि अभिशाप सावित भएको महसुस हुन्छ ।
तसर्थ सशस्त्र द्वन्द्वमा नेपाली मिडियाको अवस्थाबारे अध्ययन गर्ने हो भने यसका विविध पक्षलाई ध्यान दिइनुपर्छ । प्रजातन्त्र पुनस्र्थापना भएपछि साचार क्षेत्रमा आएको भौतिक तथा प्राविधिक परिवर्तनहरुलाई संख्यात्मक तथा गुणात्मक अवस्थाका रुपमा हेर्नु उचित हुन्छ भने साचार माध्यमले सामना गर्नुपरेका बाधा व्यवधान तथा साचारकर्मीको हत्या दुव्र्यवहार अपहरणलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको दमनका रुपमा प्रस्तुत गर्नु उपयुक्त हुन्छ ।

गुणात्मक तथा संख्यात्मक अवस्था
छापा माध्यम ः
एक दशक लामो सशस्त्र द्वन्द्वकै अवधिमा नेपाली मिडियाले प्राविधिक फड्को मार् यो । सूचना प्रविधिमा भएको विकास र प्रेस स्वतन्त्रतासम्बन्धी उदार संवैधानिक व्यवस्थाका कारण यो दशकमा नेपाली साचार क्षेत्र एउटा नयाँ मोडमा प्रवेश गर् यो । ुलेटर प्रेसमा मात्र सीमित रहेको पत्रकारिता क्षेत्रले अफसेट प्रेस हुँदै वेभ प्रविधिसम्म प्रवेश पायो ।ु प्रेस काउ_िन्सल नेपाल छब्बीसौं बार्षिक प्रतिवेदन २०५७-०५८ पेज ४३ं प्रजातन्त्रको पुर्नस्थापना पश्चात्को एक दशक नेपालमा पत्रकारिता क्षेत्रको सम्बद्र्धन र उत्थानका लागि उल्लेखनीय कार्यहरु भए । ुयो अवधि नेपाली साचार क्षेत्रको गुणात्मक र संख्यात्मक विकासका दृष्टिले स्वर्णीम युगका रुपमा चित्रण गरिन्छ ।ु प्रेस काउ_िन्सल नेपाल बार्षिक प्रतिवेदन २०६४ पेज ३ अनेक समस्या र चुनौती हुँदाहुँदै पनि नेपाली पत्रकारिता निरन्तर विस्तार र विकसित हुँदै गयो । पत्रिका प्रकाशन गर्ने उत्साह र जाँगर मुलुकका अभावग्रस्त हिमाली जिल्लाहरुमा समेत देखा पर् यो । प्रेस काउ_िन्सल नेपाल र सूचना विभागको संयुक्त अभिलेखअनुसार आ।व। ०५६÷०५७ मा मात्र १ हजार ५ सय ३६ वटा समाचारमुलक अखबारहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्रकाशनार्थ स्वीकृति पाएको देखिन्छ । प्रेस काउ_िन्सल नेपाल पच्चीसौं बार्षिक प्रतिवेदन पेज ३७ । त्यसैगरी देशमा संकटकाल सुरु भएपछि भने पत्रपत्रिकको नियमित प्रकाशनमा कमि आउन थाल्यो । ०५८ सालमा दर्ता भएका पत्रपत्रिकाको संख्या १ हजार ७ सय ५६ पुग्यो । प्रेस काउ_िन्सल नेपाल सत्ताइसौं बार्षिक प्रतिवेदन पेज २ नियमित प्रकाशन भएका पत्रपत्रिकाको संख्या २ सय ५६ अर्थात दर्ता भएको पत्रिकाको संख्या को १४ दशमलव ६ प्रतिशत मात्र हुन पुग्यो । यो क्रम जनयुद्धको अन्त्यतिर केही बढेको देखिन्छ । देशको अराजक राजनीतिक स्थितिका बाबजुद ०६३ सालको अन्त्यसम्म प्रकाशित पत्रपत्रिकाको संख्या २८ दशमलव ३८ प्रतिशत नेपालमा २०६३ सालसम्म दर्ता भएका पत्रपत्रिकाको कुल संख्यामध्ये मा पुग्यो प्रेस काउ_िन्सल नेपाल बार्षिक प्रतिवेदन २०६४ । स्वतन्त्र प्रेसमाथिको दमन र आक्रमणलाई नियाल्ने हो भने पत्रपत्रिका प्रकाशनको संख्या अघिल्ला बर्षहरुमा भन्दा थोरै भएपनि बृद्धि हुनुलाई चाहीं सकारात्मक मान्न सकिन्छ । सशस्त्र द्वन्द्वको अन्त्य अर्थात् आर्थिक बर्ष २०६३÷६४ मा प्रकाशित अखबारहरुमध्ये दैनिक १ सय २० अर्धसाप्ताहिक ९ साप्ताहिक ५ सय ४५ र पाक्षिक ४० वटा रहेका छन् ।ु प्रेस काउ_िन्सल नेपाल बार्षिक प्रतिबेदन २०६४ पेज ५६
यो अवधिमा नेपालमा राजनीतिक कि्रयाकलापबाटै पत्रकारिता जगत प्रभावित भएको देखिन्छ । ुप्रत्येक राजनीतिक दलले आफ्ना दलगत नीति कार्यक्रम एवं विपक्षि दललाई गाली गलौज गर्ने उद्देश्यले दलगत मुखपत्रहरु ठूलो संख्यामा प्रकाशन गरेका पाइन्छन्ु डा। कोइराला अच्युत पत्रकारिताको विश्व इतिहास २०६० पेज १९ । त्यसो त नेपाली पत्रपत्रिकाको बजारमा विदेशी पत्रपत्रिकाले पनि ठाउँ पाउन थाले । सनसनी फैलाउने साना आकारका दैनिक पत्रपत्रिकादेखि ठूला साइजका अन्तर्राष्ट्रियस्तरका स्तरीय छपाइ पृष्ठ संख्या बढी भएका पत्रपत्रिका पनि प्रकाशनमा आएका पाइन्छन् ।ु कोइराला २०६० पेज १९
त्यसैगरी २०४६ सालपछि सुरु भएको म्यागेजिनकारिताले पनि यो अवधिमा ठूलै परिवर्तन ल्यायो । पहिलो म्यागेजिन ुजनमाचु र त्यसपछि निस्केको काठमाडौं टुडेले नेपालमा म्यागेजिन प्रकाशनको शुरुवात गरे । पछि २०५६ सालमा सुरु भएको हिमाल पाक्षिक भने नेपालको म्यागेजिनकारिताको इतिहासमा एउटा कोशेढुङ्गा बन्न पुग्यो ।ु हुमागाईँ देवकोटा वन्त प्रत्युष पराजुली शेखर भट्ट कोमल मिडिया अध्ययन ३ शर्मा सुधीर नेपालमा म्यागेजिनकारिता ः अनुभूति र टिपोट पेज २२५ नेपालका न्यूज म्यागेजिनहरुले गरेका अनुसन्धानात्मक सामग्री र स्थलगत रिपोर्टिङहरु निकै स्मरणीय छन् । खासगरी दस बर्षे माओवादी युद्धका बेला गाउँगाउँ घुमेर द्वन्द्वका विभिन्न आयामलाई विस्तृत ढंगले पाठकसामू ल्याउने काम मूलतः म्यागेजिनकारिताबाटै सम्भव भएको थियो ।ु मिडिया अध्ययन ३ पेज २३१
रेडियो
बितेको डेढ दशकलाई नियाल्दा प्रसारण माध्यमले मारेको फड्को पनि ठूलै मानिन्छ । अझ ुदोस्रो जनआन्दालनलाई सफल बनाउन स्थानीयस्तरमा स्वतन्त्र रेडियोहरुले ल्याएको सूचना क्रान्ति निकै महत्वपूर्ण रह्यो । वि।स। २०४९ सालमा जारी भएको राष्ट्रिय प्रसारण ऐनको प्रावधानअनुसार निर्मित राष्ट्रिय प्रसारण नियमावली २०५२ लाई टेकेर स्वतन्त रेडियोहरुको स्थापना हुँदै आएको छ र त्यसै आधारमा यिनीहरु साचालित छन् ।ु हुमागाईं देवराज र वन्त प्रत्यूष संहिता तेस्रो अकं पेज ३४ । ुसार्वजनिक प्रसारणसम्बन्धी छुट्टै कानुनी संरचना नै नभएको अवस्थामा निजी क्षेत्रबाट प्रसारण माध्यमको स्थापना र साचालन सुरु गर्न तत्कालका लागि कामचलाउ व्यवस्थाका रुपमा राष्ट्रिय प्रसारण नियमावली २०५२ निर्माण गरिएको थियो । राज्यको मातहतमा रहेको रेडियो नेपालले श्रोताहरुको माग र चाहनाबमोजिमका सूचना सामग्रीहरु सम्प्रेषण गर्न नसकिरहेको अवस्थामा २०५४ सालपछि खुलेका एफएम रेडियोहरुले नेपाली श्रोताहरुमाझ विभिन्न खालका मनोराजात्मक कार्यक्रम उत्पादन गरी एउटा नौलो आयाम थपे । स्थानीय श्रोताहरुबीच सामुदायिक रेडियोहरुको लोकपि्रयता बढ्न थालेपछि एक पछि अर्को गर्दै एफएम रेडियो खुल्ने क्रम बढ्यो । ुप्रसारण इजाजतपत्र प्राप्त गरेको चौथो दिन अर्थात २०५४ जेठ ९ गतेबाट रेडियो सगरमाथाले औपचारिक रुपमा आफ्नो प्रसारण प्रारम्भ गर् यो ।ु खनाल श्रीराम आमसाचार र पत्रकारिता २००८ पेज १२९ यो रेडियो वातावरणप्रेमी पत्रकारहरुको समूह नेपाल वातावरण पत्रकार समूहद्वारा काठमाडौं उपत्यकामा १०२।४ मेगाहर्जबाट प्रसारित दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक रेडियो बन्यो । त्यसैगरी सन् १९९९ र २००० मा उपत्यका बाहिरबाट पहिलो पटक रेडियो मदनपोखरा पाल्पा र रेडियो लुम्बिनी सामुदायिक रेडियोहरु साचालनमा आए । यसपछि देशका विभिन्न जिल्लाबाट एफएम रेडियोहरु प्रसारणमा आउन थाले । भुटिया कर्मा क्षिरिङ र मार्टिन कि्रष्टी फोसर्िङ इनोभेसन्स नयाँ दिल्ली पेज १ बझाङमा सैपल चितवनमा सिनर्जी जुम्लामा कर्णाली एफएम झापामा काचननङ्गा र पोखरामा माछापुच्छ्रे जस्ता एफएम प्रसारणमा आए । २०६२ बैशाख सम्ममा प्रसारण इजाजतपत्र प्राप्त गर्ने एफएमहरुको संख्या ५६ थियो । जसमध्ये २० वटा एफएमहरु सामुदायिक थिए भने प्रसारणमा आउने एफएमहरुको संख्या ५१ थियो । बाजाडे डिएक्टीभेटिङ रेडियो एक्टिभिटिज नेपाल मनिटर २००६ सन् १९९७ मा गरिएको एउटा सर्वेक्षणमा करिब ५१ प्रतिशत नेपालीका घरमा रेडियो भएको आँकलन गरिएको थियो उमङ र घिमिरे सन् १९९७ । त्यस्तै सन् २००६ ÷०७ मा भएको अर्को अध्ययनले ८२ प्रतिशत नेपालीका घरमा रेडियो भएको जनायो । रेडियोको यस्तो विकास र सुलभताका कारण नेतृत्वपंक्तिमा रहेकाहरुको मात्र नभई साधरण व्यक्तिका समस्याहरुको समाधान खोज्नसमेत रेडियो अभिव्यक्तिको माध्यम बन्यो । ुछरछिमेकमा भएको बिहेका समाचार बजाउन तथा सामान्य लाग्ने सामुदायिक गतिबिधिबारे आफ्नो अभिव्यक्ति दिन पनि श्रोताहरु उत्सुक छन्ु वन्त प्रत्यूष स्वतन्त्र रेडियो र श्रोता ः बहसका केही सवाल मिडिया अध्ययन-३ पेज ६८ यसरी देशका हरेक जिल्ला वा समुदायमा निर्माण भएका सामुदायिक एफएमहरुले आम नागरिकमा रेडियामा बोल्ने आत्मविश्वास बढाए । अक्षर नचिन्ने व्यक्तिहरुका लागि पनि रेडियो आफ्नो अभिव्यक्तिको माध्यम बन्यो ।
टेलिभिजन
वि।स। २०४१ माघ १७ गते स्थापना भई सरकारी स्वामित्वमा रहँदै आएको नेपाल टेलिभिजनले हाल देशको ३२ प्रतिशत भूभागमा बस्ने ४२ प्रतिशत जनतामा आफ्नो पहँुन भएको दाबी गरेको छ । गाउँले शिव प्रेस स्वतन्त्रता लोकतन्त्रको एक बर्ष २००७ पेज १२५ पाचायतकालमा प्रेस स्वतन्त्रता कुण्ठित पारिएका कारण प्रेसले फस्टाउने मौका पाएन । नेपाल टेलिभिजनले २०४६ सालको जनआन्दोलनपछिको एक दशकसम्म पनि आफ्नो एकाधिकार कायम गर् यो । निजी क्षेत्रको प्रवेश भने राष्ट्रिय प्रसारण ऐन २०४९ र नियमावली ०५२ जारी भएपछि मात्र सम्भव भयो । ०५३ माघदेखि नेपाल टेलिभिजनले निजी क्षेत्रका दुई संस्था संागि्रला र इमेज च्यानललाई निश्चित रकम लिएर बिहान सुझ र राति कार्यक्रम साचालन गर्न अनुमति दियो । ०५८ सालमा बंैकबाट ुस्याटेलाइट अपिलंक गरी च्यानल नेपालले २०६० सालमा प्रसारण अनुमति पायो । ुनेपाल टेलिभिजन २० असार २०५८ देखि भू-उपग्रह प्रणालीको प्रसारणमा पुग्यो भने निजी क्षेत्रको च्यानल नेपाल १९ असारदेखि भू-उपग्रहमा प्रवेश गरेको थियोु प्रत्युष वन्त रमेश पराजुली र रमा पराजुली मिडियाको अन्तर्वस्तु अनुप सुवेदी नेपाली टेलिभिजनमा रिपोर्टिङ पेज १९९ पछि नेपाल वान कान्तिपुर टेलिभिजन इमेज च्यानल जस्ता टेलिभिजन च्यानलहरुले प्रसारण सुरु गरे । यी च्यानलहरु समाचार प्रसारणका लागि निकै प्रभावकारी थिए ।
for details please click the link below to download the full text file. due to lenght-problem I couldn't post the whole termpaper here..