बायोग्यासका पिताको आत्मकथा


"डा. कार्कीले आफ्नो आत्मकथामा कृषि र बायोग्यास निर्माणको सन्दर्भलाई पहिलो पानादेखि अन्तिमसम्मै डोर् याउनुभएको छ । तथापि यो एउटा कृषि विशेषज्ञको जीवनको पुनरावलोकन जस्तो मात्र लाग्दैन । यसमा लेखक आफैं नायकको रुपमा प्रस्तुत भई आफ्नो स्फूरणबाट उतारिएका औपन्यासिक जीवनको छायाचित्र पाइन्छ ।"



साहित्य जीवनको भोगाइ हो । संघर्ष गर्दा मनमा उत्रेका भावनालाई कथात्मक रुपमा चित्रण गर्ने कला हो । अनि जीवनका अनौठा क्षणकहरुलाई पाठकसमक्ष समर्पण गर्ने सोचबाट उम्रने कल्पवृक्ष हो साहित्य । हरेक मानिसको भोगाइ र अनुभवलाई सँगालेर कलात्मक रुपमा प्रस्तुत गन सके त्यो साहित्य बन्दछ । यसअर्थमा प्रत्येक मानिसको जीवनमा साहित्य हुन्छ । त्यहाँ पात्र हुन्छ कथानक हुन्छ देश काल र परिस्थिति हुन्छ । यी सबै कुराको सुसंयोजनबाट एउटा साहित्यको स्वरुप निर्माण गर्न सकिन्छ । पात्रका तीतामीठा अनुभूतिले चाहीं त्यसमा रस भर्दछ । यहाँ त्यस्तै एउटा रसिलो साहित्यको चर्चा गर्न खोजिएको छ । कृषि क्षेत्रमा प्रशस्तै ख्याति कमाएका प्राज्ञ प्रा।डा। अमृतबहादुर कार्कीले आफ्नो आत्मकथाका माध्यमबाट नेपाली साहित्यमा अर्पण गर्नुभएको एउटा स्वादिलो कोसेलीको यहाँ संक्षिप्त परिचय दिन खोजिएको छ ।

ुमेरा कथाका तीतामीठा कुराहरु नामक यो आत्मकथा १५ अध्यायमा श्रृंखलित छ । ८९ पृष्ठ रहेको यस पुस्तकको बाहिरी आवरण हेर्दा कलात्मक विम्वहरुले कथाका तीतामीठा क्षणलाई दसा्रउन खोजेको जस्तो भान हुन्छ । यसै बर्ष पुष्पलता कार्कीद्वारा प्रकाशित यस पुस्तकमा सरल र सहज भाषाको प्रयोग भएको छ । सानो आकारमा भए पनि यसमा भएका रोचक प्रसङ्गहरुले पाठकको मन जित्ने प्रायः निश्चित छ । पुस्तकको भूमिकामा काठमाडौं विश्वविद्यालय भाषा तथा आमसाचार विभागका प्रमुख प्रा। डा। जङ्गब चौहानले नेपालमा वैकल्पिक ऊर्जा व्यवस्थापनका लागि बायोग्यासको महत्वलाई कोट्याउँदै लेखकको योगदानबारे संक्षिप्त चर्चा गर्नुभएको छ ।

आत्मकथामा लेखकले आफूलाई एक सफल कृषि वैज्ञानिकका रुपमा उभ्याउन सफल भएको देखिन्छ । बायोग्यासका पिता भनेर चिनिने डा। कार्कीको यो कृतिलाई उहाँले कृषि क्षेत्रमा पुर् याउनुभएको योगदानको चर्चाका रुपमा मात्र हेर्न मिल्दैन । नेताहरुलाई देशको राजनीतिक निकास र आर्थिक रुपान्तरणतर्फ ध्यानाकर्षण गराउने कडिको रुपमा समेत हेर्न सकिन्छ । बालबालिकाहरुका लागि यो पुस्तक प्रेरणाको स्रोत बन्न सक्छ जहाँ लेखक आफू भोजपुरको विकट ठाउँमा जन्मेर पनि विश्वका विभिन्न कुनामा पुगेको यथार्थ चित्रित छ । यसमा लेखकका केही आदर्श विचार संघर्षशील पाठकहरुका लागि अझ पि्रय बन्न सक्छन्- 'जीवन संघर्ष हो । हरुवा भएर बस्नु हुँदैन तर बुझ्नुपर्छ- सधैं सघर्ष गरेर जितिदैन । सितिमिति हरेस खाएर बस्नु पनि हुँदैन ।'

साहित्य लेखकको रुचिको विषय हो । आत्मकथामा प्रयोग भएको आत्मपरक भाषाशैली शब्दचयन र अर्को अध्यायसम्म केही रहस्यमै रहन बाध्य गराइ पाठकलाई आफ्नो बशमा राख्ने खुबीबाट लेखकको लेखनप्रतिको इच्छाशक्तिमात्र होइन साहित्यप्रतिको चेतनासमेत झल्काउँछ । भर्चुअल रियालिटीले घेरिसकेको साहित्यको उत्तर आधुनिक युगमा रचिएको भए पनि डा। गोविन्दराज भट्टराईले चर्चा गरेजस्तो यो कृतिमा भने अवास्तविक संसार देखिदैन । कलेज पढ्दादेखिको उहाँको प्रेम प्रसङ्ग कम्प्युटरको किबोर्डमा होइन मुटुको संवेदनाले भरिएको पत्रमा चित्रण हुन्छ । महाकवि लक्ष्मिप्रसाद देवकोटा लेखनाथ पौड्याल माधवप्रसाद घिमिरे धर्मराज थापा मोहन हिमांशु थापा जस्ता साहित्यकारहरु यस संस्मरणमा चरित्र बनेका छन् । विद्यार्थी जीवनमा देवकोटाका कविताप्रति लोभिएर रचिएको छन्दोबद्ध कविताले लेखकको साहित्ययात्राको झल्को दिन्छः

उज्यालो भयो हे उषाको भवनमा !

गजबको लालीमा छायो गगनमा ! !

विलाइ पो गइन् कि अँधेरी ती रात !

हँसिली खुसीली थिइन् क्या प्रभात ! !

नेपालमा बायोग्यासले कृषिमा ल्याएको परिवर्तनलाई यो कृतिले न्याय दिएको छ । यस्ता परिवर्तन र सफलतालाई सिर्जना र कलामा परिभाषित गर्न सक्नुलाई लेखकको अनुकरणीय क्षमता हो भन्नु अत्युक्ति नहोला । यसैगरी राजनीतिक साँस्कृतिक तथा अन्य क्षेत्रमा भएका आमूल परिवर्तनलाई साहित्यमा प्रवेश गराई जीवन्तता दिनतर्फ यो कृति उदाहरणीय नुमना बनेको छ ।

पाकिस्तान सरकारबाट प्राप्त छात्रवृत्ति अन्तर्गत कृषि विज्ञानमा बीएस्सी र एमएस्सी तथा प्रुान्सको सुविख्यात पाश्चर इ_िन्स्टच्युटबाट पिएचडी गर्नुभएका डा. कार्कीले आफ्नो आत्मकथामा कृषि र बायोग्यास निर्माणको सन्दर्भलाई पहिलो पानादेखि अन्तिमसम्मै डोर् याउनुभएको छ । तथापि यो एउटा कृषि विशेषज्ञको जीवनको पुनरावलोकन जस्तो मात्र लाग्दैन । यसमा लेखक आफैं नायकको रुपमा प्रस्तुत भई आफ्नो स्फूरणबाट उतारिएका औपन्यासिक जीवनको छायाचित्र पाइन्छ । यो लामो अतीतलाई धैर्यपूर्वक स्मरण गरी विस्तृत रुपमा लेखिएको कृति होइन । रेडियो कुराकानीलाई लिपिबद्ध गरी तयार पारिएको भए तापनि लेखकले यसलाई साहित्यिक कृतिका रुपमा चिनाउन सफल भएको पाइन्छ ।

जीवन यात्रा हो । अध्ययनका क्रममा होस् वा जागिरका कारण देश विदेशका विभिन्न ठाउँहरुमा विचरण गर्नुले लेखकको स्वच्छन्दतावादी चरित्र झल्काउँछ । पढाइको सिलसिलामा भोजपुरदेखि काठमाडौं र त्यहबाट पाकिस्तान प्रुान्स लगायतका ठाउँहरुको भ्रमणको सन्दर्भ केही अध्यायहरुमा मुख्य विषयवस्तु बनेका छन् । उहाँले एसिया अपि्रुका र ल्याटिन अमेरिकाका २० वटा भन्दा बढी मुलुकमा पाइला टेक्दा वायोग्यास प्लान्ट निर्माणको काम मात्र गर्नुभएको छैन त्यहाँको सामाजिक साँस्कृतिक र राजनीतिक पृष्ठभूमिबारे जान्ने मौका समेत पाउनुभएको छ । त्यसो त अरुको भाषा सिक्न विशेष रुचि देखाउने उहाँले संकलन गरेका केही उर्दू सायरीको प्रसंग पनि निकै घतलाग्दा छन् । भाषा सिकेर आफैं सायरी रच्न थालेपछि त उहाँले ुछुपे रुस्तमुको उपाधि समेत पाउनुहुन्छ ।

बहुआयामिक व्यक्तित्वका धनी भएकाले पनि लेखकले आफ्नो जीवन यात्रामा कृषिबाहेक साहित्य राजनीतिक भ्रमण लगायतका विषयलाई समेट्ने जमर्को गरेको देखिन्छ । अध्ययनका क्रममा छात्रवाणी साहित्यिक पत्रिकाको सम्पादन पाकिस्तानमा नेपाली विद्यार्थी समितिको अध्यक्ष लोयलपुर होस्टलमा मेस मास्टर बनेका प्रसङ्गले लेखकको नेतृत्वदायी भूमिकामा विशेष अभिरुचि भएको पुष्टि हुन्छ । अर्कातिर सन् १९९४ मा रुवाण्डामा भएको नरसंहारलाई संक्षिप्तमै भए पनि कथात्मक तवरमा प्रस्तुत गरिएको छ । नेपालको सशस्त्र द्वन्द्वसँग मेल खाने यो राजनीतिक द्वन्द्वमा ३ महिनाभित्र १० लाख मानिसले ज्यान गुमाए । पछि द्वन्द्वरत पक्षहरु आफैं मिलेर देशको आर्थिक रुपान्तरण र शान्ति स्थापनामा जुटेको उदाहरणले नेपालका राजनीतिक दलहरुलाई समेत घच्घच्याउन सक्छ ।

नेपाली साहित्यमा आत्मकथा लेखनको परम्परा पृथ्वीनारायण शाहको दिव्योपदेशबाटै सुरु भएको मानिन्छ । पछि चिराजीवी शर्माले लेखे । बालकृष्ण समले लेखे शंकर लामिछानेले लेखे । चन्द्रकान्ता मल्ल पारिजात विश्वेश्वरप्रसाद कोइरालाले लेखे । अरु पनि धेरैले लेखे । नेपालबाहिरका विश्वचर्चित आत्मकथाहरुले पनि नेपाली भाषामा प्रवेश पाएका छन् । साहित्य समाज राजनीति धर्म कला संगीत विज्ञान आदिका क्षेत्रमा केही विशेष योगदान भएमा मानिसले आत्मकथा लेखेको पाइन्छ । त्यसो त एउटा तीक्ष्ण ऐतिहासिक चेतनाले निर्देशित भई कुनै पनि लेखकले आफ्नो वृत्तान्त लेखेको हुन्छ । ुमेरा कथाका तीतामीठा कुराहरु पनि एउटा त्यस्तै कृति हो जहाँ भविष्यका पाठकलाई सम्झेर लेखकको जीवनका महत्वपूर्ण पक्षहरु उद्घाटन गरिएका छन् ।



वैशेषिक दर्शन र परमाणुवादको प्रागकल्पना

हिन्दू धर्मशास्त्र अनुसार प्रमुख ६ वटा दर्शनहरुमध्ये वैशेषिक दर्शन पनि एक महत्वपूर्ण वैदिक दर्शन मानिन्छ । अणुवादका प्रवर्तक कर्णाद अर्थात अक्षपादद्वारा प्रवर्तित वैशेषिक दर्शनले जीवन र जगतका बारेमा प्रस्तुत गरेको व्याख्या धेरैजसो हिन्दू धर्मवालम्वीहरुको जीवन पद्दतिमा एउटा महत्वपूर्ण नीतिशास्त्रकै रुपमा स्थापित भएको छ ।
परमाणु वा अणुवादलाई आफ्नो मूख्य विषय बनाएको यो दर्शनले मूलतः वास्तविक जीवनका उतारचढावहरुलाई बुझ्न आत्मज्ञान प्राप्ति आवश्यक हुने कुरामा जोड दिएको छ । यसले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ईश्वरीय शक्तिको चर्चा गरेको पाइन्छ ।
स्कन्दपुराणका अनुसार शीवका भक्त अक्षपाद वा कर्णादद्वारा रचित वैशेषिक सुत्रको प्रशस्तपादभाष्य वा पदार्थधर्मसङ्ग्रह भन्ने प्रशस्तपादद्वारा लिखित चर्चित ग्रन्थ हालसम्म पनि उपलब्ध छ । निबन्धात्मक शैलीमा लेखिएको यो कृति बि।स।sाे पाचौं शताब्दीतिर रचिएको भए पनि वैशेषिक सुत्रको चर्चा गर्ने यस शुत्रग्रन्थको शंकर मिश्रले बनाएको शुत्रको व्याख्या सरलिकृत गरिएर लेखिएको हुनाले वर्तमान अवस्थामा पनि यो एउटा चर्चाको विषय बन्दै आएको छ । ुवैशेषिकसूत्रोपस्कारु भन्ने उक्त व्याख्या भने विक्रमको १५ औं सतकतिरको मानिन्छ । विशेषगरी यस वैशेषिक दर्शनले द्रव्यहरुमा परस्पर भेद गराउने र ुविशेषु भन्ने छुट्टै पद मान्ने हुनाले यस दर्शनलाई वैशेषिक दर्शन भनिएको हो ।
वैशेषिक दर्शनको निर्माण न्याय दर्शनभन्दा पहिले नै भएको हो । त्यसैले तर्कशास्त्रका आलोचक तथा सुधारकका रुपमा आएका कतिपय दार्शनिकहरुको न्याय दर्शन वैशेषिक दर्शनभन्दा पहिले नै निर्मित भएको हो भन्ने भनाइलाई खासै महत्व दिइँदैन । त्यसो त यो दर्शन बौद्ध तथा जैन दर्शनभन्दा पनि अघिको मानिन्छ । न्यायशास्त्रले कर्णादको पदार्थधर्मग्रन्थसंग्रहमाथि कुनै पनि प्रभाव नपारेको बरु गौतमको न्याय शुत्र तथा वात्श्यायनको भाष्य वैशेषिक मतबाट प्रशस्त मात्रामा प्रभावित भएको तथ्यले वैशेषिक दर्शनलाई अन्य दर्शनहरुमध्ये जेठो दर्शनका रुपमा स्थापित गरेको पाइँन्छ ।
हुन त वैशेषिक दर्शन अरु दर्शनहरुभन्दा जति भिन्न देखिन्छ ती दर्शनहरुबीच त्यत्तिकै समानता पनि पाइन्छ । बौद्ध दर्शनमा उल्लेख भएको ुनिर्वाणुको प्रागकल्पना प्रागकल्पनाको विकास वैशेषिक दर्शनको असत्कार्यवादको प्रागकल्पनासँग मिल्दोजुल्दो भएको कुरा पुष्टि हुन्छ । जैनहरुका ुआस्थिकायु तथा उनीहरुको परमाणुवाद प्रागकल्पना पनि वैशेषिक दर्शनमै आधारित भएको पाइन्छ । लङ्कावतारसुत्रमा पनि परमाणुवादको संकेत पाउन सकिन्छ । जैनहरुको एउटा परवर्ती ग्रन्थ ुआवश्यकु रोहगुणको वैशेषिक दर्शनको रचयिता मानिन्छ जसलाई जैन धर्मको छैठौं विभेदको धर्मगुरु मानिन्छ । यद्यपि उक्त ग्रन्थको वैशेषिक विचार सम्बन्धको आख्यान कर्णादकै योजनाको अनुकुल छ । तर यस दावीलाई वैशेषिक दर्शन जैन दर्शनको नै एउटा शाखा हो भनेर प्रमाणित गर्न ज्यादै कठीन हुन्छ । जैन र वैशेषिक दर्शन दुवैमा एउटै प्रकारको परमाणुवादको प्रागकल्पनाको चिन्तन पाइने भएकाले यी दुई दर्शनबीचको परस्पर सम्बन्धलाई वर्तमानका दार्शनिकहरुले आफू-अनुकुल नै व्याख्या गर्दै आएको पाइन्छ । किनकि यी दुवैको विचारमा मौलिक भिन्नता पाइन्छ । जनमतको अनुसार गुणको दृष्टिबाट परमाणु एक समान छ । प्रत्येक परमाणुमा रङ रस गन्ध पर्श तथा शब्दको उत्पादनको क्षमता विद्यमान रहिरहन्छ । तर पनि त्यो निशब्दः छ । वैशेषिक शब्दको मतमा गुणको दृष्टिबाट परमाणुमा भेद छ । वैशेषिकवादीहरु वायू जल पानी अग्नी र पृथ्वी यी आदिहरुको पनि परमाणुको सत्ता छ । उसको हिसाबमा १ २ ३ अथवा ४ सामान्य गुण राखिएको छ शब्दको साथ त्यसको कुनै सम्बन्ध छैन । परमाणुवादको प्रागकल्पना द्रव्यहरुमा वर्गिकरण र ज्ञानको साधनको स्वीकृति बलपूर्वक यस्ता संकेत प्रशस्तै रुपमा गरिएको देखिन्छ । वैशेषिक दर्शनका विभिन्न भाष्यहरुमा पाइने यिनै प्रमाणलाई आधार मानेर हेर्दा वैशेषिक दर्शनको रचना बुद्ध र महावीरको समय अर्थात इ।सा। पूर्वको पाचौं वा छैटौं शताब्दीतिर भएको पाइन्छ ।
वैशेषिक दर्शनमा प्रत्यक्ष र अनुमान गरी २ प्रमाण मात्रै स्वीकार गरिएको छ । यहाँ द्रव्यलाई पृथ्वी जल तेज वायू आकाश काल दिशा आत्मा मन आदिलाई द्रव्यका रुपमा स्वीकार गरिएको छ भने गन्ध रस रुप पर्श शब्द ज्ञान इत्यादिलाई गुण मानिएको छ । त्यसैगरी जातिविशेष र समवाय यी पदार्थको तत्वज्ञान भई संसारलाई दोषपूर्ण देखेर विरक्त भएपछि मनुष्य आत्मज्ञान प्राप्त गरी सुख दुःख इच्छा द्वेष आदि सबै आत्माविशेष गुणहरुको निमूल हुँदा मुक्त हुन्छ भन्ने सिद्धान्तलाई यस दर्शनले प्रतिपादन गरेको छ । वैशेषिक मतानुसार शरीर इन्द्रियहरु र भोग्य विषयहरु पृथ्वी जल तेज वायू र आकाश गरी पाँच महाभूतबाट बन्दछन् । यस दर्शनले प्रतिपादन गरेका विषयहरु वेदले जीवन र जगतका बारेमा ल्याएका कतिपय प्रमाणहरुभन्दा भिन्न देखिए पनि वा यस दर्शनले वेदलाई स्वतन्त्र रुपमा प्रमाण नमान्ने भए पनि यसलाई वेदविरोधी भने मानिदैन ।
यस दर्शनका अनुसार सबैभन्दा सुक्ष्म वस्तु परमाणु हो जुन न त उत्पादन गर्न सकिन्छ न त विनाश नै गर्न सकिन्छ । प्रत्येक परमाणुमा आफ्नो छुट्टै विशेषता हुने भएकाले यी परमाणुहरुको मिलनबाट बनेका नयाँ वस्तुहरुमा पनि भिन्नता पाइन्छ । तिनै परमाणुहरुको विशेषताबाट यी वस्तुहरुको विशेषता निर्धारण हुन्छ । यस दर्शनले प्रत्यक्ष र अनुमान गरी दुईवटा माध्यमबाट सर्वमान्य ज्ञान हासिल गर्ने कुरालाई मुख्य आधार बनाएको छ जुन आधुनिक समयमा पनि सान्दर्भिक हुन आउँछ । विज्ञान र भौतिक संसारलाई मान्यता दिनेहरुका लागि ुप्रत्यक्षु माध्यम प्रभावकारी देखिन्छ भने ुअनुमानुले अदृश्य वा भावनात्मक संसारका मूल्य मान्यताहरुलाई सत्य प्रमाणित गर्न सही कारणको खोजी गर्दछ । यी दुवै माध्यमबाट मानिसले आफ्नो आध्यात्मिक चिन्तनलाई अङ्गाल्दै भौतिक संसारमा जीवन गुजार्न सक्षम हुन्छ भन्ने प्रमाणलाई यस दर्शनले व्याख्या गरेको छ । यसरी हेर्दा वैशेषिक दर्शनले गरेको परमाणुवादको प्रागकल्पनाले वैज्ञानिक धरातललाई समेत एउटा बलियो आधारस्तम्भ निर्माण गरिदिएको छ । तसर्थ यसले आध्यामिक तथा भौतिक रुपमा मानव समाजलाई विकास सभ्यताको मार्गतर्फ उन्मुख गराएको पाइन्छ ।