"डा. कार्कीले आफ्नो आत्मकथामा कृषि र बायोग्यास निर्माणको सन्दर्भलाई पहिलो पानादेखि अन्तिमसम्मै डोर् याउनुभएको छ । तथापि यो एउटा कृषि विशेषज्ञको जीवनको पुनरावलोकन जस्तो मात्र लाग्दैन । यसमा लेखक आफैं नायकको रुपमा प्रस्तुत भई आफ्नो स्फूरणबाट उतारिएका औपन्यासिक जीवनको छायाचित्र पाइन्छ ।"
साहित्य जीवनको भोगाइ हो । संघर्ष गर्दा मनमा उत्रेका भावनालाई कथात्मक रुपमा चित्रण गर्ने कला हो । अनि जीवनका अनौठा क्षणकहरुलाई पाठकसमक्ष समर्पण गर्ने सोचबाट उम्रने कल्पवृक्ष हो साहित्य । हरेक मानिसको भोगाइ र अनुभवलाई सँगालेर कलात्मक रुपमा प्रस्तुत गन सके त्यो साहित्य बन्दछ । यसअर्थमा प्रत्येक मानिसको जीवनमा साहित्य हुन्छ । त्यहाँ पात्र हुन्छ कथानक हुन्छ देश काल र परिस्थिति हुन्छ । यी सबै कुराको सुसंयोजनबाट एउटा साहित्यको स्वरुप निर्माण गर्न सकिन्छ । पात्रका तीतामीठा अनुभूतिले चाहीं त्यसमा रस भर्दछ । यहाँ त्यस्तै एउटा रसिलो साहित्यको चर्चा गर्न खोजिएको छ । कृषि क्षेत्रमा प्रशस्तै ख्याति कमाएका प्राज्ञ प्रा।डा। अमृतबहादुर कार्कीले आफ्नो आत्मकथाका माध्यमबाट नेपाली साहित्यमा अर्पण गर्नुभएको एउटा स्वादिलो कोसेलीको यहाँ संक्षिप्त परिचय दिन खोजिएको छ ।
ुमेरा कथाका तीतामीठा कुराहरु नामक यो आत्मकथा १५ अध्यायमा श्रृंखलित छ । ८९ पृष्ठ रहेको यस पुस्तकको बाहिरी आवरण हेर्दा कलात्मक विम्वहरुले कथाका तीतामीठा क्षणलाई दसा्रउन खोजेको जस्तो भान हुन्छ । यसै बर्ष पुष्पलता कार्कीद्वारा प्रकाशित यस पुस्तकमा सरल र सहज भाषाको प्रयोग भएको छ । सानो आकारमा भए पनि यसमा भएका रोचक प्रसङ्गहरुले पाठकको मन जित्ने प्रायः निश्चित छ । पुस्तकको भूमिकामा काठमाडौं विश्वविद्यालय भाषा तथा आमसाचार विभागका प्रमुख प्रा। डा। जङ्गब चौहानले नेपालमा वैकल्पिक ऊर्जा व्यवस्थापनका लागि बायोग्यासको महत्वलाई कोट्याउँदै लेखकको योगदानबारे संक्षिप्त चर्चा गर्नुभएको छ ।
आत्मकथामा लेखकले आफूलाई एक सफल कृषि वैज्ञानिकका रुपमा उभ्याउन सफल भएको देखिन्छ । बायोग्यासका पिता भनेर चिनिने डा। कार्कीको यो कृतिलाई उहाँले कृषि क्षेत्रमा पुर् याउनुभएको योगदानको चर्चाका रुपमा मात्र हेर्न मिल्दैन । नेताहरुलाई देशको राजनीतिक निकास र आर्थिक रुपान्तरणतर्फ ध्यानाकर्षण गराउने कडिको रुपमा समेत हेर्न सकिन्छ । बालबालिकाहरुका लागि यो पुस्तक प्रेरणाको स्रोत बन्न सक्छ जहाँ लेखक आफू भोजपुरको विकट ठाउँमा जन्मेर पनि विश्वका विभिन्न कुनामा पुगेको यथार्थ चित्रित छ । यसमा लेखकका केही आदर्श विचार संघर्षशील पाठकहरुका लागि अझ पि्रय बन्न सक्छन्- 'जीवन संघर्ष हो । हरुवा भएर बस्नु हुँदैन तर बुझ्नुपर्छ- सधैं सघर्ष गरेर जितिदैन । सितिमिति हरेस खाएर बस्नु पनि हुँदैन ।'
साहित्य लेखकको रुचिको विषय हो । आत्मकथामा प्रयोग भएको आत्मपरक भाषाशैली शब्दचयन र अर्को अध्यायसम्म केही रहस्यमै रहन बाध्य गराइ पाठकलाई आफ्नो बशमा राख्ने खुबीबाट लेखकको लेखनप्रतिको इच्छाशक्तिमात्र होइन साहित्यप्रतिको चेतनासमेत झल्काउँछ । भर्चुअल रियालिटीले घेरिसकेको साहित्यको उत्तर आधुनिक युगमा रचिएको भए पनि डा। गोविन्दराज भट्टराईले चर्चा गरेजस्तो यो कृतिमा भने अवास्तविक संसार देखिदैन । कलेज पढ्दादेखिको उहाँको प्रेम प्रसङ्ग कम्प्युटरको किबोर्डमा होइन मुटुको संवेदनाले भरिएको पत्रमा चित्रण हुन्छ । महाकवि लक्ष्मिप्रसाद देवकोटा लेखनाथ पौड्याल माधवप्रसाद घिमिरे धर्मराज थापा मोहन हिमांशु थापा जस्ता साहित्यकारहरु यस संस्मरणमा चरित्र बनेका छन् । विद्यार्थी जीवनमा देवकोटाका कविताप्रति लोभिएर रचिएको छन्दोबद्ध कविताले लेखकको साहित्ययात्राको झल्को दिन्छः
उज्यालो भयो हे उषाको भवनमा !
गजबको लालीमा छायो गगनमा ! !
विलाइ पो गइन् कि अँधेरी ती रात !
हँसिली खुसीली थिइन् क्या प्रभात ! !
नेपालमा बायोग्यासले कृषिमा ल्याएको परिवर्तनलाई यो कृतिले न्याय दिएको छ । यस्ता परिवर्तन र सफलतालाई सिर्जना र कलामा परिभाषित गर्न सक्नुलाई लेखकको अनुकरणीय क्षमता हो भन्नु अत्युक्ति नहोला । यसैगरी राजनीतिक साँस्कृतिक तथा अन्य क्षेत्रमा भएका आमूल परिवर्तनलाई साहित्यमा प्रवेश गराई जीवन्तता दिनतर्फ यो कृति उदाहरणीय नुमना बनेको छ ।
पाकिस्तान सरकारबाट प्राप्त छात्रवृत्ति अन्तर्गत कृषि विज्ञानमा बीएस्सी र एमएस्सी तथा प्रुान्सको सुविख्यात पाश्चर इ_िन्स्टच्युटबाट पिएचडी गर्नुभएका डा. कार्कीले आफ्नो आत्मकथामा कृषि र बायोग्यास निर्माणको सन्दर्भलाई पहिलो पानादेखि अन्तिमसम्मै डोर् याउनुभएको छ । तथापि यो एउटा कृषि विशेषज्ञको जीवनको पुनरावलोकन जस्तो मात्र लाग्दैन । यसमा लेखक आफैं नायकको रुपमा प्रस्तुत भई आफ्नो स्फूरणबाट उतारिएका औपन्यासिक जीवनको छायाचित्र पाइन्छ । यो लामो अतीतलाई धैर्यपूर्वक स्मरण गरी विस्तृत रुपमा लेखिएको कृति होइन । रेडियो कुराकानीलाई लिपिबद्ध गरी तयार पारिएको भए तापनि लेखकले यसलाई साहित्यिक कृतिका रुपमा चिनाउन सफल भएको पाइन्छ ।
जीवन यात्रा हो । अध्ययनका क्रममा होस् वा जागिरका कारण देश विदेशका विभिन्न ठाउँहरुमा विचरण गर्नुले लेखकको स्वच्छन्दतावादी चरित्र झल्काउँछ । पढाइको सिलसिलामा भोजपुरदेखि काठमाडौं र त्यह।बाट पाकिस्तान प्रुान्स लगायतका ठाउँहरुको भ्रमणको सन्दर्भ केही अध्यायहरुमा मुख्य विषयवस्तु बनेका छन् । उहाँले एसिया अपि्रुका र ल्याटिन अमेरिकाका २० वटा भन्दा बढी मुलुकमा पाइला टेक्दा वायोग्यास प्लान्ट निर्माणको काम मात्र गर्नुभएको छैन त्यहाँको सामाजिक साँस्कृतिक र राजनीतिक पृष्ठभूमिबारे जान्ने मौका समेत पाउनुभएको छ । त्यसो त अरुको भाषा सिक्न विशेष रुचि देखाउने उहाँले संकलन गरेका केही उर्दू सायरीको प्रसंग पनि निकै घतलाग्दा छन् । भाषा सिकेर आफैं सायरी रच्न थालेपछि त उहाँले ुछुपे रुस्तमुको उपाधि समेत पाउनुहुन्छ ।
बहुआयामिक व्यक्तित्वका धनी भएकाले पनि लेखकले आफ्नो जीवन यात्रामा कृषिबाहेक साहित्य राजनीतिक भ्रमण लगायतका विषयलाई समेट्ने जमर्को गरेको देखिन्छ । अध्ययनका क्रममा छात्रवाणी साहित्यिक पत्रिकाको सम्पादन पाकिस्तानमा नेपाली विद्यार्थी समितिको अध्यक्ष लोयलपुर होस्टलमा मेस मास्टर बनेका प्रसङ्गले लेखकको नेतृत्वदायी भूमिकामा विशेष अभिरुचि भएको पुष्टि हुन्छ । अर्कातिर सन् १९९४ मा रुवाण्डामा भएको नरसंहारलाई संक्षिप्तमै भए पनि कथात्मक तवरमा प्रस्तुत गरिएको छ । नेपालको सशस्त्र द्वन्द्वसँग मेल खाने यो राजनीतिक द्वन्द्वमा ३ महिनाभित्र १० लाख मानिसले ज्यान गुमाए । पछि द्वन्द्वरत पक्षहरु आफैं मिलेर देशको आर्थिक रुपान्तरण र शान्ति स्थापनामा जुटेको उदाहरणले नेपालका राजनीतिक दलहरुलाई समेत घच्घच्याउन सक्छ ।
नेपाली साहित्यमा आत्मकथा लेखनको परम्परा पृथ्वीनारायण शाहको दिव्योपदेशबाटै सुरु भएको मानिन्छ । पछि चिराजीवी शर्माले लेखे । बालकृष्ण समले लेखे शंकर लामिछानेले लेखे । चन्द्रकान्ता मल्ल पारिजात विश्वेश्वरप्रसाद कोइरालाले लेखे । अरु पनि धेरैले लेखे । नेपालबाहिरका विश्वचर्चित आत्मकथाहरुले पनि नेपाली भाषामा प्रवेश पाएका छन् । साहित्य समाज राजनीति धर्म कला संगीत विज्ञान आदिका क्षेत्रमा केही विशेष योगदान भएमा मानिसले आत्मकथा लेखेको पाइन्छ । त्यसो त एउटा तीक्ष्ण ऐतिहासिक चेतनाले निर्देशित भई कुनै पनि लेखकले आफ्नो वृत्तान्त लेखेको हुन्छ । ुमेरा कथाका तीतामीठा कुराहरु पनि एउटा त्यस्तै कृति हो जहाँ भविष्यका पाठकलाई सम्झेर लेखकको जीवनका महत्वपूर्ण पक्षहरु उद्घाटन गरिएका छन् ।
No comments:
Post a Comment