भनौं मेरो दैनिकी केयू गेटबाटै सुरु हुन्छ । त्यसअघिको समयलाई पनि म अघिल्दै दिनको आखिरी समयसम्झन्छु । अर्थात् सधैं बिहानको नौ बजेपछि मेरा लागि एउटा नयाँ दिनको ढोका खुल्दछ र कसैको पर्खाइमा मकेही समय बिताइदिन्छु । बनेपा फास्टफुड त्यही केन्द्र हो म र मेरा साथीहरुका लागि हो-हल्ला गर्ने अझ भनौं गफगर्ने । खाली समय त्यहाँ राम्रैसँग बित्छ । तर आज हातमा एउटा उपन्यास छ । कक्षामा पुग्नुअघि सिध्याउनुपर्नेहुनाले म एकचित्त भएर त्यसैमा घोरिइरहेको छु । मेरो ध्यान एकाएक किताबमै तानिन्छ । पचासौं पृष्ठमाआइपुग्दा मात्र उपन्यासले आम पाठकमाझ केही न्याय गर्न खोजेको भान हुन्छ । तर पनि यसको मुख्य पात्रहरुसुयोगबीर र सकमबरीबीचको सम्बन्धले स्पष्ट रुप नपाउँदा भने जीवनप्रति निरर्थकताबोध हुन्छ ।
एकपटक फेरि टाउको उठाएर वरिपरी हेर्छु । गेट वरिपरी युवायुवतीका विभिन्न आकृतिहरु देख्छु । तर मेराआँखाले कुनै पि्रय आकृति ठम्याउँन सक्तैनन् । निराश मनले पुनः किताबतिरै आँखा डुलाउँछु ।
बांकी
एकपटक फेरि टाउको उठाएर वरिपरी हेर्छु । गेट वरिपरी युवायुवतीका विभिन्न आकृतिहरु देख्छु । तर मेराआँखाले कुनै पि्रय आकृति ठम्याउँन सक्तैनन् । निराश मनले पुनः किताबतिरै आँखा डुलाउँछु ।
बांकी