'तिम्रै लागि !'


सन्चयनै भेटेपछि एउटा गजल चोरिहालेँ

आफ्नै जस्तो पारिकन कागचमा कोरिहालेँ ।



'उनकै कसम उनकै लागि सिसामाथि नाची आएँ

भोकाएकी बघिनीलाई झुक्याएर भागिहालेँ ।'



भावनाका तरेलीमा डुबेपछि उनीसामू

मनभित्रका गाँठ्ठी कुरा एकैपटक खोलिहालेँ ।



अस्तिमात्र देख्दा उनलाई को-हो को-हो लागेको थ्यो

आज मेरो जिन्दगी नै उपहार छ भनिहालेँ ।



उनकै नामका तस्बिर छन् मनका यी पत्रभित्र

पत्र पल्टाई 'तिम्रै लागि !' रगतले लेखिहालेँ ।

2 comments:

friendlyniraj said...

उनका लागि जति सकिन्छ गर्नुहोस्
जबसम्म थाक्नुहुन्न ।

rajankathet said...

अरे नवाब साब, आप्ने अच्छासा सेर मारा है.....