ऐतिहासिक तथा धार्मिक महत्वको धरोहर चाँगुनारायण


२०६६ बैशाख २ गते हामी काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडीज प्रथम र दोस्रो बर्षका विद्यार्थीहरु शैक्षिक भ्रमणका लागि भक्तपुरस्थित नेपालको ऐतिहासिक महत्वको धरोहर मानिने चाँगुनारायण पुग्यौं । भ्रमणमा काठमाडौं विश्वविद्यालय भाषा तथा आमसाचार विभागका प्रमुख डा। जंगब चौहान मानवशास्त्र विषयका प्राध्यापक तेजेश्वरबाबु गोङ्ग तथा मिडिया विषयका निर्मलमणि अधिकारीले हामीलाई निरिक्षण गर्नुभएको थियो । नेपालको आधुनिक इतिहास बोकेको उक्त मन्दिर परिसरमा विभिन्न कलाकौशल र ऐतिहासिक संग्राहालयहरु पाइन्छन् ।

उद्देश्यहरु
मन्दिरको स्थापनाबारे ज्ञान हासिल गर्ने
मन्दिरको एतिहासिक तथा साँस्कृतिक महत्व बुझ्ने
मन्दिरबारे रहेका िकंवदन्ती कथा वा पौराणिक आख्यानबारे थापा पाउने
मन्दिरमा प्रयोग वा व्यक्त गरिएका कला कौशलका बारेमा अध्ययन गर्ने
त्यहाँ रहेका समस्या र समाधानका उपायहरुको खोजी गर्ने

तरिका
शिलालेखहरु पढेर
मन्दिर परिसरमा सम्बन्धित व्यक्तिसँग सूचना मागेर
उक्त परिसरको तस्बिर खिचेर
शिक्षक र पूजारीबाट जानकारी लिएर

अवलोकन
ऐतिहासिक दस्तावेजहरुमा दोलाद्री भनिने चाँगु एक धार्मिक स्थल हो । काठमाडौं उपत्यकाकै ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुमध्येको एक मानिने चाँगुनारायण क्षेत्र भक्तपुरको सदरमुकामभन्दा ४।८ किलोमिटर उत्तर र काठमाडौंबाट २१ किमि टाढा रहेको छ । चाँगु डाँडाको टुप्पामा रहेको चाँगुनारायणको मन्दिर वरिपरी फराकिलो आँगन छ भने आँगनको चारै छेउमा धुरी भएका ऐतिहासिक शैलीका घरहरुले घेरिएको छ । चाँगुनारायण परिसर मनोहरा खोलासँग जोडिएको छ । चाँगुनारायणको चारवटा कलात्मक ढोकाहरु चारैदिशा फर्किएका छन् । मन्दिरको पश्चिम ढोकाबाहेक अरु सबै ढोकाहरु बन्द रहन्छन् । मन्दिरको भित्ता तथा छानामा बहुसंख्यक हात भएका देवीदेवताका चित्रहरु कुँदिएका छन् । चाँगुनारायण परिसरमा नारायणको बाहेक अन्य थुप्रै देवताका मन्दिरहरु पनि रहेका छन् । चाँगुमा रहेका केही प्रसिद्ध मूर्तिहरुमध्ये विश्वरुप मूर्ति श्रीधर विष्णुमूर्ति गरुण नारायण मूर्ति त्रिविक्रम मूर्ति नृसिङमूर्ति कान्तिभैरव आदि हुन् । चाँगुमा करिब ३ सय ५० अभिलेखहरु रहेका छन् ।
विभिन्न मेला तथा जात्राका अवसरमा उक्त मन्दिरमा दर्शनार्थीहरुको भींड लाग्ने गर्दछ । श्रावणको शुक्लद्वादशी र पौषको जात्रा लाग्ने गर्दछ । हिन्दू र बौद्ध धर्मकै जीवन्त परम्परा मानिने चाँगुनारायणको मन्दिरमा भएको मूर्ति १० औं शताब्दीको मानिन्छ । यो मन्दिर प्राकृतिक तथा धार्मिक तथा सुन्दरताले सजिएकै कारण धेरै पर्यटकहरु उक्त मन्दिरसम्म पुग्ने गर्दछन् ।

" चाँगुनारायण मन्दिरका हालका मख्य पुजारी चक्र धरानन्द राजोपाध्यायको शब्दमा चाँगुनारायणको उत्पत्तिसम्बन्धि एक किम्बदन्ति सबैलाई रोमाञ्चक लाग्न सक्छ । उहाँका अनुसार परापूर्वकालमा हाल चाँगुनारायण अवस्थित डाँडा चाँप वा चम्पक रुखहरुले भरिएको वन थियो । त्यहि वनको छेउमा सुदर्शन नामक ब्राम्हण बस्नुहुन्थ्यो । ति ब्राम्हणको वरीपरि गोठालाहरु बसोबास गर्थे जसले ती ब्राम्हणको गाई चराउँथे र विहान-विहान ब्राम्हणको कुटीमा दुध पुर्याउँथे । एक्कासी धेरैदिनसम्म गोठालाहरु सुदर्शन ब्राम्हणलाई दुध पुर्याउन गएनन् । ब्राम्हण अचम्मित हुँदै खास कुरो बझ्न जाँदा एउटा कालो पुरुषले विहान-विहानै आएर गाइको थुन चुसेर भाग्दो रहेछ । दुध चोरेको झोकमा त्यस कालो पुरुषको शिर छेदन गरिदिए ब्राम्हणले । तर तीनै कालो पुरुष आफ्ना चारहातसँगै त्यहि उत्पत्ति भए । चार-हातकासाथ उत्पत्ति भएको देखेर सदर्शन ब्राम्हण आत्तिए र देवतालाई मारेको हो की भनेर पश्चाताप गर्दै मर्न तयार भए । तर त्यतिखेर नै उनलाई मर्नबाट रोक्दै कालो पुरुषको धारण गरेका विष्णु‍-नारायणले आफुले रचेको प्रपञ्चबारे विस्तृतरुपमा व्याख्यान गर्दै जाँदा पत्ता लाग्यो कि धेरै पहिला देवता र अशुरहरुको संग्राम भाथ्यो । ‘सुमति’ भन्ने ब्राम्हण दानवको तर्फबाट लड्न आएको थियो र विष्णु वाध्य भएर ति सुमति ब्राम्हणलाई मार्नु पर्यो । ति ब्राम्हणका गुरु शुक्रचार्यले यो कुरो पत्ता गरेपछि विष्णुलाई ब्रम्ह-ह्त्याको श्राप दिएका थिए । त्यो श्रापबाट मुक्त हुनको लागी सुमतिकै सन्तानले विष्णुको शिर छेदन गर्नुपर्दो रहेछ । यसरी सुमतिका सन्तान सुदर्शनले कालो पुरुष-धारण विष्णुको शिरछेदन गरेपछि विष्णु श्रापमुक्त भए र विष्णुले अब सुदर्शनलाई नै आफ्नो पुजारी हुन आग्रह गरे । त्यहि दिनदेखि चागुनारायणका पुजारीहरु सुदर्शकै सन्तान हुने गर्दछन र आफ्नो बुवा-आमा वितेपनि झुठो नपर्ने भएकोले सधै मन्दिरमा पुजा गर्नैपर्ने परिपाटि चलिआएको छ । यही परम्पारालाई आजपनि सुदर्शनकै सन्तानमा गनिने प्रमुख पुजारी चक्र धरानन्द राजोपाध्यायले दैनिक पुजा गरेर कायम गर्दै आउनु भएको छ "-(www.kusekharkc.com.np)

स्थापना
चाँगुनारायणको मन्दिर राजा मानदेवले बनाएका हुन् भन्ने सबैलाई थाहा छ । तर हालका पूजारी चक्रधरानन्द राजोपाध्यायका अनुसार उक्त मन्दिरको अन्तिम जीणोद्धार कार्य नेपाल सम्वत् ८१४ मा कान्तिपुरका राजा भूणलेन्द्र मल्लले गरेका थिए ।


समस्या
जीर्ण अवस्थामा ऐतिहासिक धरोहर चाँगुनारायणको मन्दिर परिसर प्रदुषित बन्दै गइरहेको भने ऐतिहासिक कला कौशल र साँस्कृतिक विविधता बोकेका विभिन्न मन्दिर तथा मूर्तिकहरु जीर्ण अवस्थामा पुगेका छन् । भक्तजनहरुद्वारा अनावश्यक चढाइने फलफूल अविर अक्षता आदिले मुर्तिको स्वरुपमा पनि परिवर्तन आएको छ भने त्यसको टिकाउमासमेत प्रभाव पारिरहेको स्थानीयबासी तथा पूजारीहरु बताउँछन् ।

समाधानका उपायहरु
ऐतिहासिक तथा साँस्कृतिक महत्वका स्थलहरुको जगेर्ना गर्नु सबैको उत्तीकै दायित्व हुनाले कुनै पनि राजनीतिक वा अन्यखाले हस्तक्षेप गरी मन्दिर परिसरलाई हामनी नोक्सानी पुर् याउनुहुँदैन । सम्बन्धित पक्षले मन्दिर परिसर जीर्णोद्धार तथा पुर्ननिर्माणका आवश्यकता अनुरुप यथाशिघ्र थाल्नुपर्छ । मन्दिर परिसर सफा राख्न आगन्तुक तथा स्थानीयबासीहरुलाई सचेत गराइनुपर्छ । राजनीतिक परिवर्तनसँगै ऐतिहासिक मन्दिर परिसरको िकंवदन्ती श्रेय आदि परिवर्तन गर्नुहुँदैन । उपलब्ध शिलालेश तथा अभिलेखहरुको जगेर्ना गरिनुपर्दछ ।

निष्कर्ष
मानव हेलचेक्र्याँइँका कारण दिन प्रतिदिन बढ्न थालेको प्रदुषण सीमा अतिक्रमण जस्ता समस्याको समाधान गर्न सके ऐतिहासिक तथा धार्मिक सर्वोच्चता बोकेको नेपालको अत्यन्तै महत्वपूर्ण स्थल चाँगुनारायणको मन्दिरले सम्पूर्ण नेपालीहरुको कला सीप र शैलीको उचित सम्मान तथा संरक्षण हुने देखिन्छ । यसका लागि सम्बन्धित पक्षले समयमा ध्यान दिनु अत्यावश्यक देखिन्छ ।

1 comment:

Anonymous said...

I found this really helpful but also found a plenty of mistakes. Hope so next time you will improve 🙏