Grandma
Kidney trade goes unchecked in Kavre
Kidney trade goes unchecked in Kavre
Chandiraj DahalDespite widespread problem of kidney trade in Kavre district, both victims and the authorities concerned have failed to bring the culprits to book.
Victims say kidney racketeers are assisted by one’s own neighbour or even relatives and are engaged in such a wide network that their kingpins can hardly be reached. The victims’ stories also reveal that the number of people losing their kidneys is still on the go though most of such cases belong to the time when there was no appropriate law regarding trafficking of human body and organs.
( To explore more about this issue listen to a radio report, watch video or read more stories)
This content was developed by Chandiraj Dahal, the author of this blog, as a part of an assignment for the course fulfillment of Online Media.
Capital hankers after underground passages
There are eight sky bridges in the city with six lying between Sahidgate and Jamal alone. On the contrary, the number of subways is far less than that, let alone matching up to public expectation. The KMC wants to go the whole hog for sound traffic management by strengthening the subway system. However, in reality the metropolitan city has almost remained dormant in building subways.
According to authorities, the only subway at Ratnapark has proved to be a better alternative to overhead bridges. When it comes to benefits, underground passages are one step ahead than sky bridges.
“They are more durable and disaster resilience. At the same time subways are friendly to different people like those with disability”, said Indra Suwal, an engineer at KMC. He said subways are friendlier to heavy loads too, while sky bridges can stand in the way of double-decker vehicles.
The Ratnapark subway was built some three decades ago. Before its construction, there were already two overhead bridges at Kantipath and the NAC gate. These overheads were, later, knocked down to expand roads, but the subway is still there.
“Despite huge investment, subways can be built in other parts of the city too”, said Ram Bahadur Thapa, chief of KMC’s physical and infrastructure division. “We will have some multipurpose subways in the major junctions if the private sector comes forward with investment.”
The underground passage at Ratnapark has not only served pedestrians crossing the road, but at the same time it has seen business activities flourishing inside. Mega subways can take the form of shopping centres. According to KMC records, the lone
subway generates revenue of more than Rs 600,000 each year. “I have been running my business here since five years and this has helped me sustain my life,” said Shyam Lama, a retailer.
(Origionally published in The Kathmandu Post of 27th May, 2012)
The Media Lab: constructed???
अनायसै
हिड्दै थिएँ दोबाटोमै रोक्किएछु प्यारी
मन पनी काँडासरी भैदिएछ क्यारे
थाहै नपाई त्यो मुटुमा रोप्पिएछ प्यारी
आखिर गल्ती भइहाल्यो त अब यस्तो हुन्न
बिन्ती गर्छु तिम्रो कसम नरिसाउनु प्यारी
भर हुन्न रे
तिमीलाई भेटूँ भेटूँ लाग्न थाल्यो फेरि
बताउनै नसकिने स्वाद जवानीको
मुहार त्यो लजाएको बस्छु हेरीहेरी
नशासरी आँखाबाटै बोलिदिँदा तिम्ले
हत्तार लाग्थ्यो मलाई नै सर्न तिमीनेरी
छम्या
मेरो तालु
मेरो तालुसँग किन कसैलाई रिस उढ्नु ?
मेरो तालु देख्दा किन कसैलाई हाँस उठ्नु ?
म त एक सफा चरित्रको मान्छे
मेरो तालुबारे किन कसैले कान फुक्नु ?
जति चिप्लो भयो उति कल्कलाउँदो
जति ठूलो भयो उति ढल्कन्छ यो
देख्नेलाई के थाहा कति प्यारो हुन्छ ?
जति स्याहार गर्यो उति टल्कन्छ यो ।
मेरो तालु पोलेको आलु होइन
मेरो तालु पाकेको फर्सी होइन
कसैलाई इश्र्या जागे भन्छु यत्रैसित्ति !
मेरो तालु तबला पनि हुँदै होइन ।
मात्रै एउटा दोधार मनमा राख्नुपर्ने
मुख धुँदा कहाँसम्म भनी सोच्नुपर्ने
न त कोर्नुपर्ने, न त बाँध्नुपर्ने
मेरो तालुमा किन कसैले गुलेली ताक्नुपर्ने ?
निबन्ध भावहरु
विश्वविद्यालयको भवन र अस्ताउन लागेको पहेंलो सुनजस्तो सूर्यबिच बाँधजस्तै लम्पसार परेर तेर्सिएको धनेश्वरको डाँडोले मलाई गिज्याइरहेको छ । सायद, मलाई त्यसले चुनौती दिइरहेको छ– ‘तैले ज्ञानको खोजीमा म जस्ता कयौं पर्खालहरु नाघ्नै बाँकी छ ।’
खेतको बाटो हिँड्न मलाई रमाइलो लाग्छ । विशेषतः म कलेजदेखि घरसम्मको यात्रामा कहिलेकाहीं यही बाटो आउनेजाने गर्छु । खासगरी ३ वटा अवस्थामा म यो ‘सटकट रुट’को प्रयोग गर्छुः दिमागमा धेरै तनाव जमेको भए म प्रकृतिको अनुपम स्वरुप हेर्दै आफूलाई भुल्याउन खेतैखेत लाग्छु । मन अत्यन्तै रमाउँदा पनि म खेतैखेत अन्नबालीको बयेलीसँगै हराउँछु । अनि आफूसँग बसलाई दिने ५ रुपैयाँ साथमा नहुँदा पनि मलाई यही बाटोले बोलाउँछ ।
खेतका गराहरु मलाई विशेष मनपर्छ । खोई किन हो आज मन साह्रै चञ्चल भइरहेको थियो – मैले फेरि यही बाटो रोजें । खेतबारीबाट आउने आलो माटोको सुगन्धले मलाई वाल्यकालमा खेलेको झझल्को दिन्छ । चराचुरुङ्गीहरु चिरविरचिरविर गर्दै आफ्नो बासस्थानतर्फ लाग्दा म पर चउरमा खेलिरहेको बेला मलाई मेरी आमाले साँझको खाना खान बोलाउनुभएको याद आउँछ ।
मेरै नजिकबाट दुई बालक मलाई जिस्काउँदै भाग्छन् –‘कस्तो खेतमा बसेर पनि होमवर्क गरेको ?’
सूर्यले आफ्ना किरणहरु आकाशतर्फ मिल्काउँदा गोधुली साँझले चिसो सिरेटो बटुल्न थाल्छ । कताकता चिसो हावा मुटुसम्म पुगेजस्तो लाग्छ । मनका भावनाहरु जमेर दिमागसम्म पुग्न सक्दैनन् । म खेतका गराहरुमा लुकेको त्यो अथाह सौन्दर्यलाई अर्को दिन खोतल्ने अठोट गर्दै आफ्नो कदम अघि बढाउँछु ।
i love you
Just imagine, there's no one
Just feel this and think of me
Just for you
You and me
The world revolves around.
I say this and keep on saying it
My feelings are always with you
And everything belongs to you
Whatever miles I run away
I m always close to you
See the world, see the rain
Don't forget to think of me again
I m behind you, on your path, remember.
Ever my sweetheart, ever, forever
Any time I wanna be with you.
I know there it is
In the core of your heart
Something remains in my name
And that I m proud of you
Yeah honey! That's what "I love you."
मेरो जीवन, मेरो यात्रा
अब त बिहे गर्ने बेला पनि भएछ
कमल चाहीं होस्टल पुगेर आउँछु भन्दै हिडेको थियो । अलिक ढिलै गर्यो । त्यसैले हामी टेम्पू चढेर लगनखेलतर्फ लाग्यौं । उसलाई पनि त्यतै बोलायौं ।
टेम्पूमा हाम्रो गफ चर्कियो । किनकि त्यहाँ एमबीबीएस, बीबीए, डेभलपमेन्ट स्टडीज, मिडिया स्टडीज र बीफार्मका विद्यार्थीहरु थियौं । सबैले आफ्नो बडोप्पन झिक्न थाले । केयू, टियू र पियूमध्ये कुन राम्रो भन्ने तर्कवितर्कहरु चलिरहे । सबैले आफू पढेको संस्थाको बखान गर्न थाले । त्यस्तैमा निकट भविष्यकी डाक्टर सृजाले आफूले त्यो दिन इण्डोस्कोपीबारे अध्ययन गरेको सुनाई । त्यसपछि त अरु केके प्राविधिक शब्दहरु झिक्न थालिहाली । बीबीए पढ्ने लक्ष्मणलाई उसका कुरा पचेनन् । पारो तताउँदै उसले अर्को शब्द आविस्कार गरिहाल्यो, "बडो फुर्ति लाइस् । लु भन क्रोनोस्कोपी भन्को के हो?" सृजाको स्वर केही छिनलाई सुक्यो । अब पालो सन्जयको थियो । उसले पनि एकाउण्टका शब्दहरु फुत्त फुत्त झिकिहाल्यो । प्रभातले थप्यो,"टीक्यूएम थाहा छ ? म्यानेजमेन्टको परिभाषा आउँछ? लिक्वीडिटी भनेको के हो ?" फार्मेसी पढ्ने प्रपन्न र मेडिकल पढ्ने सृजाका केही पाठ मिल्दाजुल्दा हुँदा रहेछन् । त्यसैले उनीहरु दुई जनाले समय आफ्नो पक्षमा लिन थाले । म मिडिया पढ्ने भएकाले सबै काम लाग्छन् भन्दै, "हो.. हो" थपिरहेँ ।
त्यहीँ ढिलो भइसकेको थियो । फर्कन भ्याइन्न भन्दै सृजा रोउँलाजस्तो गरी । त्यतिन्जेलमा कमल पनि आइपुगेको थियो । तर हामी अझै एक जना साथीलाई कुरिरहेका थियौं । ४ बजे परीक्षा सकेर आउनुपर्ने प्रकृतिले पाँच बज्दासम्म मात्र आफूलाई प्रकट गरी । बसमा गए ढिलो होला भन्दै बुद्धि पुर्याएर केही साथीहरु माइक्रो रिजर्भ गर्न तम्सेछन् । नभन्दै एउटा माइक्रो हामीसामू तेर्सिदियो। सबैजना खाँदिएर बस्यौं ।
ढिलो भइसकेको थियो । हुन त लेले भन्ने ठाउँ त्यति टाढा होइन । तर अप्ठेरो बाटो र सूर्यले त्यस दिनका लागि बिदा मागिसकेको हुँदा हामीलाई केही खटपट सुरु भयो । सबैका लागि त्यो ठाउँ नयाँ भएकाले हामीमा एक प्रकारको कौतुहल थियो । अन्तै पुगिने हो कि भन्ने शंका पनि । बषौंपछि भेट भएका हामी साथीहरु आज एउटै माइक्रोमा कोचिँदा केही साथीहरुलाई सपनाजस्तो महसुस भइरहेको थियो । एक अर्कालाई जिस्काउने, एकअर्कासँग नाम जोडेर बिल्ला हान्ने काममा सानैदेखि पोख्त सन्जयले त्यो अवसर फेरि पनि गुमाएन । फर्मल गेटअपमा सजिएको कमल उसको मुख्य पात्र बन्यो । मैले थपेँ, "तर सन्जयको पनि मुड आज ठिक छैन ।" "सायद रबिनाले बिहेको निम्तो सुनाएदेखि उसलाई त्यस्तो भएको होला" - कमलले त्यहाँ अनुपस्थित दुई जनाको नाम लिँदै पैँचो तिर्यो- "चिन्ता नगर यार तेरा लागि अरु दुई जना अझै पर्खिरहेका छन् ।"
करिब १ घण्टापछि हामी बिहेघर पुग्यौं । त्यहाँ रबिनाका दम्पत्तिले हामीलाई स्वागत गरे । साँच्चिकै राम्री देखिएकी थिई रबिना । प्रकृति र सृजाले उसको रुपको चर्चा गरिरहँदा हामी केटाहरु क्वारक्वार्ती त्यतैतिर हेरिरहेका थियौं । "ह्याप्पी कर्जुगल लाइफ" - भन्दै हामीले उनीहरुलाई उपहारका तीनवटा पहाड थमायौं । हामीलाई ढिलो हुन्छ भन्ने हत्तारोले मनलाई बेलाबेला सजग गराइरहेको थियो । त्यसमा पनि बढी अत्तालिएकी थिई सृजा । त्यसैले हामीले खानपिनतर्फ आँखा डुलाइहाल्यौं । केही साथीहरु आज क्याम्पफायर गरी यतै रात बिताउने भन्न थालें । मैले नयाँ ठाउँमा आएर एक्कासी त्यस्तो योजना बनाउनु ठिक हुन्न भनें । अनि सबैजना पहिलेकै माइक्रोमा पस्यौं ।
आधा बाटो काटिसकेपछि माइक्रो रोकियो । अगाडिको टायर पंचड भएछ । चालकदाइ उत्रेर टायर फेर्न थाले । केटाकेटीहरु बाहिर निस्केर भर्खर कुरकुरे बैंश लागेझैं कम्मर हल्लाउन थालिहाले । त्यहाँ खासै धेरै समय बस्नुपरेन । हामी फेरि अर्कोपल्ट पिकनिक जाने योजना बनाउन थाल्यौं । डिसेम्बर २५ लाई सन्जयले उपयुक्त ठान्यो । सुन्दरीजल सृजाले रोजी । आफू कहिल्यै त्यहाँ नपुगेकाले मैले फेरि "हो हो" मात्र थपें । सातदोबाटो आइपुग्दा केही अघिसम्म आत्तिएका प्रकृति र सृजाले ढुक्कको सास फेरे । ट्याक्सी रिजर्भ गरी कमल र म उनीहरुसँगै सिनामंगलतर्फ हुत्तियौं । अरु साथीहरु पनि आफ्नो बाटो तताउन थाले । सबैबाट बिदा माग्दै म फेरि बानेश्वर फर्कें । ट्याक्सीबाट बाहिर निस्केर आफ्नो कोठासम्म हिँड्दा चिसो सिरेटोले दिमाग ठण्डा पारिदियो । म बितेका ७ घण्टालाई दिमागमा फेरि केलाउन थालें ।
Lets us travel around the world
The world once belonged to me, the plain land, the hills and the mountains all were mine. A monster came and asked me something instead it would eat me, then I said "the mountains are yours". Then it went back. Another day a serpent nearly knocked at me and told, "will you be my lunch for today" I couldn't say yes but pointed to the hills,"See those hills are yours, you can leave me". Then I had only Plain Land left with me. I worked all my life there and made it fertile. But again, "an elephant danced at my yard at the early dawn and I woke up with no words to avoid the situation. I gave it the plain land as well. Now I have nothing with me. I travel around the globe since I have nothing to look after in a place. I have become a visitor. Now again I feel like I have owned my real world which I have been enjoying. So...don't spend your life in a place...make the world your own. Come on get out, leave your home, leave your belongings and wander around the beautiful places; the gift of nature. "Lets start for a World Tour" the way I dream for, everyday.
A story
"What the hell you sleep like...just move little... yeahhh go little away"- he shakes the almost dead body of Sabin and yells, "If only it wasn't this hot. See, there is no enough space for me."
"There is no enough space. Hehe. What the fuck you need?"- Sabin replies back in a drowsy faded tone, "Can't you manage a bed on your own? I'm of course not a gay to creep upon you. You would better leave me alone in my bed."
Pradip doesn't have appropriate words to convince Sabin who has recently been in relationship with a showy affluent girl. Sabin himself, however, is not a well-off guy to handle all his needs on his own. But his wallet doesn't look empty these days.
With almost broken, Pradip holds himself up and looks around the room. There, apart from the bed, he sees nothing than a chlorined bottle of water on the stool of a size which can just adjust an ash of a fat man. He then walks some steps and lingers aside the door that leads to the corridor, thinking where he has to go at that mid night.
Knowing his sentiment, Sabin, without his eyes open, calls him back, "come back my friend. Why do you leave at this dark when you have nowhere to go?"
Pradip drags himself back, and with his head little tilted, lays his ash on the bed supporting his back with an elbow almost penetrating the soft pillow. "Seems you met her today as well", after knowing Sabin was drunk that day too, Pradip made a guess.
***
It has been months Sabin getting messed up with a girl. Mostly, he meets her every alternate day. The day he meets her turns like a real day and when it seems she is not appearing to him, the day brings him no light. He finds the real virtues in her. She is no more a girl but an angel on earth. He finds no words to praise her beauty. And she never anticipates any sorts of compliments from him. She just wants is his company for she is in misery. In fact she had a broken heart. Since her parents stay in the US she is almost alone in this big city. She has no dearth of money but what she actually lacks is a stronger bond. She even doesn't find that true relationship with Pradip. Neither she finds pure spirit of relation in her other two boyfriends whom she pretends to be in love with. Pradip had once received her phone call in Sabin's cell when he delayed in bathroom. And that was probably the first time she made a call for her new boy friend. The soft sweet voice of her even sounds these days in Pradip's ears. "Hello isn't it Sabin? This is Bruna Speaking."
***
(To be continued...)
चङ्खेलीले रारालाई जिस्काउँदा
हिँडेरै कर्णाली घुम्नु समयको अभावले सम्भव थिएन । प्लेनबाट घुम्नकै लागि मात्र निस्कन अलिक खर्चिलो हुने । तर जे होस् एकपल्ट कर्णालीको सेरोफेरो घुम्ने अठोट मनमा रहेकै थियो । गुड नेवस्र नामक एक संस्थाको काममा कर्णालीको क्षेत्रकै सबैभन्दा पिछडिएको जिल्ला मुगु पुग्ने अवसर पाउँदा मन चङ्गा थियो ।गुड नेवस्र्ले कर्णालीका विभिन्न जिल्लामा स्थानीय गाउँलेहरुको जिविकोपार्जनका लागि थालेको अतिस खेतीबारे डकुमेण्ट्री बनाउने जिम्मेवारी हामीले पाएका थियौं । काठमाडौंदेखि सुर्खेत हुँदै मुगु पुग्ने यात्रा तय भयो । काठमाडौंबाट बसमै यात्रा गरी हामी भोलिपल्ट बिहान सुर्खेत पुग्यौं । तर यात्रुहरुको चाप र प्रतिकुल मौसमका कारण हाम्रो उडान दुई दिनपछि धकेलियो ।
हिमाली जिल्लाहरुमा उडान भर्न नै मुस्किल । ठूला जहाज साना एयरपोर्टमा अवतरण गर्नै नसक्दा रहेछन् । ट्वीनअटर र एक पङ्खे जहाज बादलभित्रै हराउने डर । कहिले यता पानी पर्ने कतिखेर उता मौसम बिग्रने त कहिले आकाश बादलले ढपक्कै ढाकिदिने । यस्तो हुँदा त जहाज जानै नमान्दा रहेछन् । त्यसमाथि मनपरी भाडा दर र अव्यवस्थित टिकट विक्री गर्ने कार्यले यात्रूहरु कयौं दिनसम्म विमानस्थलमै अलपत्र पर्दा रहेछन् । कर्णालीको पीडा हामीले त्यहींदेखि बुझ्न थाल्यौं । अनि उनीहरुजस्तै पिरोलिने यात्रूहरुको पीडा हामी आफैंले पनि महसुस गर् यौं ।
पसर्ीपल्ट भाग्यवश हाम्रो ुफ्लाइटु रद्द भएन । फिसफिस उड्ने सेता कुइराका थुप्राहरु चिर्दै हाम्रो विमान आधा घण्टामा ताल्चा विमानस्थल पुग्यो । मैले कर्णाली अाचलमा आफ्नो पहिलो पाइला राखेँ ।
विमानस्थलबाट २ घण्टा तल झरेपछि सदरमुकाम गमगडी पुग्यौं । बजार पुग्नैलाग्दा जथाभावी गरिएको खुल्ला दिसापिसाबले हाम्रो नाक पोल्न थाल्यो । ओहो कस्तो बाटाभरी जताततै…॥ बजारभित्र होस् वा बाहिर जहाँसुकै फोहोर मैलोले साम्राज्य फैलाएको । गाउँघर पनि उस्तै । कसैका घरमा चर्पी नै नहुने । गर्नेलाईभन्दा हेर्नेलाई लाज भनेजस्तै स्थानीयलाई भन्दा बटुवालाई सताउँदो रहेछ यस्तो कुराले । मैले मनमनै मुगुको शाब्दिक अर्थ पहिल्याएँ - जताततै ुमुतै मुतु र ुगु नै गु भएर मुगु भएको होला ।
त्यो रात गमगडी बजारमै बित्यो । भोलिपल्ट सूर्योदयसँगै हामी जिमा गाविसतिर हान्नियौं । ुमुगु-कर्णालीुको तिरैतिर थियो हाम्रो यात्रा । मेरो जिम्मेवारी छायाँकन भएकाले मेरो हातमा एउटा गह्रुङ्गो क्यामेरा थियो । ट्राइपड र क्यामेराको झोला भरियालाई बोकाएर म बेलाबेला रमाइला दृश्यहरु कैद गर्दै थिएँ । कर्णालीको गति हेर्दा मलाई लाग्यो हामीलाई भन्दा यसलाई बढी हतार हुँदोरहेछ । हामी बेलाबेला थकाई मार्न बस्थ्यौं । यो अबिरल दौडिरहन्थ्यो । कहिले चट्टानमा ठोक्किँदै । कहिले पहिरोले पुरिँदै यसले आफ्नो बाटो निरन्तर खोजिरहन्थ्यो । म बेलाबेला कर्णालीलाई हेर्दै सोच्थें ुममा पनि यसमा जस्तै जाँगर बल र साहस भइदिएको भए…।ु
बाटो निकै भिरालिन थाल्यो । मलाई भने त्यस्तै अप्यारो ठाउँ आए क्यामेरा झिकिहाल्नुपर्ने । त्यही भएर म सहयात्रीहरुभन्दा केही पछाडि हुन्थेँ प्रायजसो । एउटा निकै भिरालो ठाउँ आयो । खोलाको छालले बाटो नै भत्काउन लागेको रहेछ । मैले माटो खोलामा खस्दै गरेको देखी क्यामेरा निकाल्दा सबैजना त्यो ठाउँ कटेर मलाई हेर्दै रहेछन् । मैले रेकर्ड थिच्नैलाग्दा पो सम्झें ुबाटो भत्केको खच्ने हुँदा आफू त वारी नै रहन्छु ।ु त्यसैले म दौडेँ । मैले टेकेको माटो खोलामा झर् यो । कटिसकेपछि बल्ल सोचें ुधत् ! धन्नले बाचेँ ।ु
साँझ झमक्क पर्दा हामी जिमा गाउँ पुग्यौं । गाउँलेहरुले पत्रकारको टोली आउँदैछ भन्ने थाहा पाएर राम्रै बन्दोबस्त गरेका रहेछन् । स्वागत पनि राम्रैसँग गरे । खाना खानुअघि केहीबेर उनीहरुसँगै भलाकुसारी गर् यौं । उनीहरु बोल्दा छिन्छिन्मा ुहामी त कुनाका मन्ठा पढ्या नाइँु भन्ने गर्थे । उनीहरुको कुरा सुन्दा लाग्थ्यो विकासका दृष्टिले कर्णाली अझै १७ औं शताब्दीतिरै छ । फरक यत्ति छ ठाउँठाउँमा उपलब्ध मोबाइल प्रविधिले त्यसलाई बाहिरी संसारसँग जोड्न थालेको छ । कुरैकुरामा गाउँलेले आफ्ना पीरमर्का सबै ओकले । उनीहरु भन्दै थिए ुतपाईंहरु हामीलाई एक हेलिकोप्टर चामल वा नुन पठाइदिनु हामी एक हेलिकोप्टर स्याउ भरिदिन्छौं ।ु स्याउले बजार नपाएर बाँदरले खाएर नष्ट भइरहेको उनीहरुको गुनासो सुनेपछि एक पल्ट मैले काठमाडौंमा नुन र स्याउको भाउ दाँज्दै मुगुको जीवनस्तरलाई नियाल्ने प्रयास गरेँ ।
भोलिपल्ट हामी स्याउ फार्म पुग्यौं । मलाई निकै रमाइलो महसुस भयो । बोटबाटै नटिपी मुखैले स्याउ चिथोर्न पाउँदा बल्ल आफूले ताजा फलफूल खान पाएको जस्तो लाग्यो । केही पछि हामी अतिस खेती भएको ठाउँ पुग्यौं र आफ्नो काम सकेर फर्कियौं । राति बास बस्न कर्णाली तीरको एउटा ओडारमा रहेको सानो होटल पायौं । मलाई भने निकैबेर निद्रा लागेन ुकतै यो कोलो ओडार भत्केर हामीलाई त थिच्दैन ु अनि आफैं मन बुझाएँ -ुआजसम्म नभत्केको ओडार हाम्रै पालामा भत्क्यो भने त्यो हाम्रो लागि दुर्भाग्य मात्र हुनेछ ।ु भोलिपल्ट बिहान हामी रोगा गाउँ हुँदै बामातिर लाग्यौं । त्यहुको वातावरण भने केही सभ्य लाग्यो । तर हिलोका कारण सास्ती भने उस्तै । बामाको स्कुल चाहीं चिटिक्क र व्यवस्थित थियो । विद्यार्थीहरु अनुशासित र लगनशील । गुड नेवस्र्अन्तर्गत कार्यरत त्यहुकी शिक्षिका बिमला श्रेष्ठको अथक पहलमा विद्यालयमा ठूलै परिवर्तन आएको पाइयो । हुन पनि बिमला मिस मिजासिली र जाँगरिली । उनले त्यस गाउँमा पुर् याएको योगदानलाई गाउँलेहरु ठूलै गुन ठान्दा रहेछन् । उनीजस्तै विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुले पनि जीवनको दुई महिना कर्णालीका लागि अर्पण गर्न सके त्यहाँ चेतना बाँड्न सके परिवर्तन असम्भ लाग्ने थिएन होला ।
पाँचौ दिन हामी फेरि गमगडी बजार फर्कियौं र त्यसको भोलिपल्ट त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई भेटेर केहीबेर बजारकै अध्ययन र रिपोर्टिङमा व्यस्त भयौं । त्यसपछि सबैसँग बिदा भई ३ घण्टा लामो उकालो चढेर रारा राष्ट्रिय निकुाजतर्फ लाग्यौं । हाम्रा लागि कर्णाली यात्राको रमाइलो पाटो थियो रारा ।
राराको प्रसंशा गरेर कोही अघाउँदैन । यसको अथाह सौन्दर्यलाई हेरेर स्व। राजा महेन्द्र पनि मोहित बनेका थिए रे । ताल्चा विमानस्थलबाट घण्टौंसम्म उकालो चढेपछि निकुाज क्षेत्र पुग्ने जोकोही पहिले त रारासँग लुटपुटिँदै त्यसैमा हराउन चाहन्छन् । मैले पनि यस्तो रमणीय ठाउँमा पहिलोपल्ट पाइला टेक्दा आफूलाई भाग्यमानी ठानेँ । अनि मनमनै सोचें ुवाह रारा ! तिम्रो यो जादूमय रुपलाई म कुन शब्दमा बयान गरुँ ु
यस ठाउँमा आएपछि महेन्द्रले एउटा कविता लेखेका रहेछन् । त्यसैले पनि होला यस ताललाई महेन्द्र दह भनिएको । उनको दुई हरफ कविता पढेपछि त मलाई पनि कविता लेखूँजस्तो लाग्यो । म पनि के कम । भोलिपल्ट ब्युँझनासाथ म तालनजिकको फलैचाँतिर दगुरेँ । झुल्के घामको किरणले राराको गहिराई ननाप्दै मैले आफ्नो कमल डायरीमा गुडाइसकेको थिएँ ।
चङ्खेलीले जिस्काउँदा रारा मुस्कुराई
सफा निलो आकाश पनि धर्तिमुनि छाई
काचन पानी यौवनको धैर्यतामा कसी
लजाउँदै रारा परी बादलभित्र पसी
मुगालीहरुले जीवनमा दुइटा कुरा कहिल्यै नबिस्रने रहेछन् । एउटा सधैंजसो बादलभित्र लुकिरहने चङ्खेली हिमाल अनि अर्को हेर्दै मनमोहक रारा ताल । विमानस्थलबाट केही फड्को तल झर्नेबित्तिकै एक सहयात्रीले चङ्खेली हिमालतिर देखाउँदै खल्तीबाट एक रुपैयाँको नोट झिकेका थिए । ुयी हेर्नुस् त यहाँ छापिएको हिमाल ऊ त्यही होु- उनले एकै स्वासमा यति जानकारी दिइहाले ुराजा बिरेन्द्र सिकार खेल्न आउँदा त्यसैमुन्तिर बास बसेका रे ।ु
मलाई पनि अचम्म लाग्यो जतिखेरै चङ्खेलीले टाउको भने बादलभित्र लुकाइराख्ने । विवाहका बेला बेहुलीले घुम्टो ओढेझैं । अनि कहिलेकाहीं चङ्गा भएर यसले दक्षिणतिर पुलुक्क हेर्दा रारा पनि आफ्नो जवानी फिँजाएर हाँसिरहेकी स्वर्गकी परीजस्तै भइदिने । यस्तै अथाह सौन्दर्यका कारण होला आफ्नो दुःख र वेदनाले भरिएका देउडामा पनि मुगालीहरुले यी दुई आश्चर्यलाई नभुलेका ।
हुन त रारा र चङ्खेली मात्र यहाँका मनमोहक दृश्य होइनन् । कर्णाली किनारका भीर पाखा र नागबेली गोरेटाहरु हरियो घाँसले छोपिँदा जति हेरे पनि हेरिरहुँ लाग्ने । टाउको सिधै ठाडो गरेर हेर्दा आफैंलाई थिच्लान् जस्ता अग्ला र भिराला डाँडाहरु । तिनलाई हेरिरहँदा आफैंलाई रिङ्गटा लागेर ढलुँला जस्तो हुन्छ । मलाई भने ती डाँडालाई केही छिन् गिज्याइरहूँजस्तो लाग्यो । कर्णालीका चट्टानसँग जुधेर जीवनलाई कर्णालीकै गहिराईसँग दाज्न सिपालु कृष्ण रावत मलाई सतर्क गराउँदै थिए - ुसर यहाँ धेरै बेर बस्नु हुन्न । माथिबाट ढुङ्गा झर्छ ।ु त्यति सुनेपछि त पुगिहाल्यो । म त्यहाँबाट सास नफेरी कुदेँ ।
तर यत्तिको सुन्दरता र मनोरम वातावरण हुँदाहुँदै पनि सरकारले किन कर्णालीलाई पर्यटीय गन्तव्यका रुपमा विकास गर्न नसकेको किन त्यसका लागि आवश्यक पूर्वाधार विकासमा ध्यान नदिएको के यहाँको सौन्दर्य मुगाली देउडाहरुमै सीमित राख्ने मनभरी यस्ता प्रश्न धेरै उब्जिए । अनि निकुाज क्षेत्रमा पर्यटकहरुको नाम दर्ता गर्न खटाइएका एक सैनिकलाई सोधिहालें ुबर्षमा कति जनाको नाम टिप्नुहुन्छ ु उनले पानामा हेरेजस्तो गरी भने ुस्वदेशी र विदेशी दुवै गरी त्यस्तै ६ सय जति आउँछन् ।ु हुन पनि यस क्षेत्रमा पर्यटकका लागि भनी खोलिएको एउटा होटलसमेत नभएर होला पर्यटकहरुको उपस्थिति यता खासै देखिएन ।
ताल्चा विमानस्थल पुगेर ३ दिनसम्म पर्खदा पनि उडान नभएपछि हामी जुम्लातिर लाग्यौं । सिजा खोलाको किनारमा पुग्दा राति ८ बजेको थियो । सबैतिर सुनसान र चकमन्न थियो । होटल पाइने आशमा निकै अगाडि बढ्यौं । बल्ल एउटा घरजस्तो देखियो । होटलै रहेछ । निकै मिजासिला दम्पत्ति रहेछन् । स्वागत सत्कार नै मीठो लाग्यो । थाकेको शरीरलाई उनीहरुको मुस्कानले आधा घटाइदियो । त्यहाँबाट डाँडापारी सिँजा उपत्यका रहेछ । हाम्रो नेपाली भाषाको उद्गमस्थल । तर आज त्यही भाषा बोल्नेहरुलाई यताको परिस्कृत भाषाले असभ्य र पिछडीएको सँस्कृति भन्छ । यो कस्तो अन्याय हो मैले बुझ्न सकिन । आफ्नो अनुकुल परिवर्तन गर्ने अनि वास्तविकतालाई पछाडि धकेल्ने यो कस्तो परिमार्जन हो
डाँफे लेकबाट जुम्ला बजार देखेपछि बल्ल आइपुगियो भन्ने भो । बजारै पुगेपछि लाग्यो ुकर्णाली घुम्ने नाउँमा कसैले जुम्ला जिल्ला पहिले नटेकोस् । कर्णाली बुझ्न मुगुलाई बुझे पुग्छ । जुम्ला त अन्य सहरजस्तै भइसकेछ । बाटो पानी र बत्ति सहजै उपलब्ध हुने । भरपर्दो विमानस्थल र सरसफाईका लागि हरेक घरमा चर्पी । गाउँगाउँमा टिनका छाना टिलिक्क टल्कने ।
काठमाडौंका लागि विमान उडिसकेपछि मैले माथिबाट जुम्ला बजार हेर्दै मनमनै भने ुमुगालीहरुले पनि जुम्लाबाट केही सिक्नुपर्छ । स्थानीयबासीको पहल र सकि्रयतामा भएको विकास दिगो र प्रभावकारी हुन्छ । आफ्ना प्रतिनिधिलाई जवाफदेही बनाउन जनताले आफ्नो र समाजको सरोकारका विषयमा आवाज उठाउनैपर्छ । आफ्नो लागि आफैं सोच्ने बानी बसाउनुपर्छ । अनि मात्र कर्णालीको प्राकृतिक स्रोत र सम्पदाको सदुपयोग हुन्छ । सम्बृद्धि सम्भव हुन्छ ।

