म ब्युँझेको रात

म ब्युँझेको रात
तिमी मस्त निद्रामा
अचेत शरीरलाई घरै छोडी
मेरो बगैंचामा डुल्न आएकी थियौ ।

मैले रोपेका फूलहरुले
बसन्तलाई डाकेका थिए,
बगैंचामा सुगन्ध थपेका थिए ।
पुतली र भमरालाई पनि बोलाएका थिए ।

तिमी परीझैं
सेतो गाउनमा सजिएकी,
सेतै पाउजु र झुम्का लाएकी,
स्वर्गकी अप्सराझैं कोमल, मुलायम बनेकी ।

जुनले तिमीलाई चियाउँदा
मेरो बगैंचा मुस्कुराइरहेको थियो
गुलाफ, शिरिष र गुराँसले तिमीलाई
स्वागतम् सुस्वागतम् भन्दै गाइरहेका थिए ।

तिम्रो स्वागतार्थ मैले
काठको टेबलमा एउटा रातो गुलाफ अड्याएको थिएँ ।
काठकै बेन्चमा खोसेलाका दुइटा चकटी ओछ्याएको थिएँ ।
अनि तिमीलाई 'चियर्स' भन्न दुइटा 'रेड वाइन' पनि मगाएको थिएँ ।


मैले तिमीलाई हेर्दा
तिमी मतिर हेरी टोलाइरहेकी थियौ
तिम्रा आँखामा अनन्त प्रेम छछल्किरहेको थियो
तिम्रो कपाल स्वच्छ आकाशमा बादलजस्तै सल्बलाइरहेको थियो ।

रातको सन्नाटालाई चिर्दै
आपसमा भावना साट्दै गर्दा
तिमी त एकाएक विलिन भइछौ ।
अनायसै चिच्याएर तिमीलाई बोलाउँदा, म झसंग ब्युँझेछु ।

आफैंसँग लजाउँछै, तिमीलाई सम्झँदा ...
म ब्युँझेको रात
तिमी मस्त निद्रामा
अचेत शरीरलाई घरै छोडी
मेरो बगैंचामा डुल्न आएकी थियौ ।


I know they are bad


I know they are bad,
who suspected me
if I was mad.

They never understand
the pain in me,
and of others.

Coz, they don't have a heart
to listen the mourns,
to look at the meager.

I know they are bad,
who suspected me
if I was mad.

They never bother to know
if it hurts
to step on other's back

Coz, they don't have a sense
of sensibility,
of love and affection.

I know they are bad,
who suspected me
if I was mad.

(Text: Chandiraj, Photo: asramabanjar.files.wordpress.com)