' नमस्कार अनि स्वागत छ । यो हो रेडियो नेपाल र यहाँ उपस्थित छौं काठमाडौं विश्वविद्यालयमा मिडिया स्टडीज अध्ययनरत हामी पहिलो र दोस्रो बर्षका विद्यार्थीहरु ' - स्थलगत अध्ययनका लागि केही दिनअघि रेडियो नेपालको कार्यालय पुगेका विद्यार्थीहरु जब स्टुडियोभित्र छिरे तब आफ्नो आवाज रेकर्ड गराउन सबै आतुर देखिए ।
कार्यक्रम साचालन कक्षभित्र पस्नेवित्तिकै केही विद्यार्थीहरु माइक्रोफोन नजिकै गएर बोल्न थालिहाले - ' अहिले तपाईं सुन्दैहुनुहुन्छ युवाहरुकै लागि लक्षित गरी तयार पारिएको सूचनाप्रधान का
र्यक्रम साचार खबर ।' माइक्रोफोन देख्नासाथ उनीहरुले कुनै कार्यक्रमको परिकल्पना पनि गरिहाले ।वेलायत चीन जापान अमेरिका लगायतको सहयोगमा निर्मित रेडियो नेपाल देशकै पहिलो प्रसारण माध्यम हो । भौगोलिक पर्खालहरु छेड्दै र अशिक्षाको दूरीलाई समेत चुनौती दिई सबै नेपालीको घर आँगनसम्म सूचना पुर् याउने यो रेडियोको प्राविधिक पक्ष निकै सवल रहेको छ ।
पछिल्लो समयमा विभिन्न एफएमहरुको लोकपि्रयताले रेडियो नेपाललाई छायामा पारेको हो कि भन्ने प्रसंगमा साचारविद् निर्मलमणि अधिकारी एफएम रेडियो प्रसारणको विस्तार र विकास अभूतपूर्व भइरहेको यस घडीमा पनि रेडियो नेपालको प्रभावकारिता र महत्व न्यून नभएको बताउँछन् । भन्छन्- 'ऐतिहासिकता, साधन स्रोतको सम्बृद्धि एवं राष्टि्रय कभरेजका कारण यसले कमाएको पहिचानलाई प्रवर्दन गर्न सक्दासम्म रेडियो नेपाल प्रभावकारी एवं महत्वपूर्ण रहिरहने छ ।'
विद्यार्थीहरुले रेडियो नेपालका प्राविधिक अमृतध्वज जोसीसमक्ष विभिन्न प्रश्नहरु पनि तेर्
विद्यार्थीहरु लिएर रेडियो नेपालको कार्यालयमा पुगेका विश्वविद्यालयका नेपाली विषयका शिक्षक रामचन्द्र पौड्यालमा भने संगीतप्रतिको मोह एकाएक बढ्यो । संगीतले मानिसलाई जस्तोसुकै परिस्थितिमा पनि साथ दिन्छ भन्दै उनी पनि रेकर्डिङ स्टुडियोभित्र होर्मोनियम बजाउन थाले । कार्यालयबाट बाहिरिँदा उनी भन्दै थिए - 'संगीत सिक्ने रहर त सानैदेखिको हो । तर, समय र परिस्थितिले यतातिर डोर् यायो । अब बुढेशकालमै भए पनि एउटा हार्मोनियम चाहीं किन्ने सोचमा छु ।'
1 comment:
"meena rana" hoina, "meera rana" hunu parne.
Post a Comment